Advertisement

शिष्टाचारको ‘पाठ पढाउने’ प्रधानमन्त्री केपी ओलीको प्राज्ञिक शपथमा यस्तो आसन !

Advertisement

काठमाडौ : राष्ट्रपति, प्रधानमन्त्रीलगायत उच्चपदस्थलाई मिडियाले ‘तिमी’ सम्बोधन गरेको भनेर प्रधानमन्त्री केपी ओलीले पटक–पटक सार्वजनिक समारोहमै आलोचना गर्ने गरेका छन् । गत बुधबार मात्रै पनि गोरखापत्रको १२५औँ वार्षिकोत्सव समारोहमा सञ्चारमाध्यमलाई व्यंग्य हान्दै उनले प्रश्न गरे, ‘गोरखापत्रले राष्ट्रपतिले भन्नुभो भन्छ कि भने भन्छ, त्योचाहिँ मैले याद गर्‍या छैन । … नातिसँग कुरा गरेर राष्ट्रपतिले उद्घाटन गरे ! यो नेपाली भाषा होइन ।’

तर, शिष्टाचारको पाठ सिकाउँदै हिँड्ने ओली आफैँ भने प्रायः अशिष्ट व्यवहार देखाउँछन् । शनिबार बालुवाटारमा भएको विदुषी योगमाया हिमालयन आयुर्वेद विश्वविद्यालयका नवनियुक्त पदाधिकारीको पद तथा गोपनीयताको शपथग्रहण समारोहमा प्रधानमन्त्री ओलीको आसनले नै उनको शिष्टतालाई मापन गर्छ ।

यो तस्बिरमा विश्वविद्यालयका कुलपति प्रा.डा. रमेशकुमार ढुंगेलले रजिस्ट्रार डा. डम्बरध्वज चेम्जोङलाई शपथ खुवाउँदै छन् । शिष्टाचारका हिसाबले प्राज्ञिक व्यक्तित्वहरूको शपथमा उभिनुपर्ने प्रधानमन्त्री कुर्सीमा बसेका मात्रै छैनन्, आसन नै अस्वाभाविक छ ।

सोही समारोहमा शिक्षामन्त्री रघुजी पन्तले विश्वविद्यालयका अध्यक्ष डा. अर्जुन कार्की र अध्यक्ष कार्कीले कुलपति ढुंगेललाई शपथ खुवाउँदा पनि प्रधानमन्त्री यस्तै आसनमा थिए ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बझाङको बुङ्गल नगरपालिका–३ तिपधारमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन गरिएको छ। भरत मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले परमा...
अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

धनगढी- अछामको ढकारी गाउँपालिका–३, तालीका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने भएका छन्। बाढीबाट प्रभावित नागरिकको दुःखलाई मध्यनजर...
कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

धनगढी- कैलालीका युवा करन साउदले बाढीपहिरोबाट प्रभावित परिवारको पीडालाई मध्यनजर गर्दै यस वर्ष व्यक्तिगत रूपमा दसैँ नमनाउने निर्णय ग...
दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

बझाङ: दुर्गाथली गाउँपालिकामा आगामी स्थानीय नेतृत्वको चर्चा चलिरहँदा नेकपा एमालेका एक युवा नेता महेश जोशी अध्यक्ष पदका बलिया दाबेदा...
सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

धनगढी- सुदूरपश्चिम प्रदेशमा पहिलोपटक एमबीबीएस अध्यापन हुने भएको छ। कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्या...
सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

धनगढी- सुदूरपश्चिम विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकाय, डडेल्धुराको डीनमा सहप्राध्यापक डा. डबल बहादुर धामी नियुक्त भएका छन्। ब...
अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

काठमाण्डौ- नेपाल टेलिकमको नयाँ सिमकार्ड लिन अब कार्यालयमै पुग्नुपर्ने बाध्यता हट्ने भएको छ। सरकारले अनलाइन आवेदनमार्फत घरमै सिमकार...
भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

काठमाडौँ- भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका ४ हजार १०८ परिवारलाई सरकारले प्रतिपरिवार ४५ हजार रुपैयाँका दरले नगद स...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज