Advertisement

अध्यक्षमा माहाओम राज जोशी: राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ सुदूरपश्चिमको दोश्रो अधिवेशन सम्पन्न

Advertisement

कैलाली: राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ सुदूरपश्चिम प्रदेशको दोश्रो अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ । अधिवेशनले माहाओम राज जोशीलाई सर्वसम्मत रूपमा अध्यक्षमा चयन गरेको छ । अध्यक्ष पदका दावेदार ६ जना रहेका भए पनि अन्ततः सर्वसम्मत निर्णयले जोशी अध्यक्ष चुनिएका हुन् । उपाध्यक्षमा दिपक राज विष्ट, समावेशी उपाध्यक्षमा उषा वलम्पाकी, सचिवमा लक्ष्मी राज जोशी, कोषाध्यक्षमा कुशुम शर्मा, उपसचिवमा नरेन्द्र बहादुर कठायत र समावेशी उपसचिवमा भानुमती राना निर्वाचित भएका छन् ।
महासंघको नयाँ कार्यसमितिमा सदस्यहरूका रूपमा चन्द्र बहादुर विष्ट, आरती वड, मीन बहादुर धामी, लक्ष्मी उपाध्याय, आनन्द प्रशाद भट्ट, जितराज भट्ट, नरेश विष्ट, विकास विष्ट, रुपा जैशी, बल बहादुर बुढा, नरेन्द्र गैरे र साधुराम राना चयन भएका छन् ।
अधिवेशनको प्रमुख अतिथी राष्ट्रिय स्वास्थ्यकर्मी महासंघका केन्द्रिय अध्यक्ष डा. झलक शर्मा गौतम रहेका थिए । उनले आफ्नो मन्तव्यका क्रममा स्वास्थ्यकर्मीहरूको हकहित संरक्षण, पेशागत सुरक्षाको सुनिश्चितता, र गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न महासंघले खेलेको भूमिकाको प्रशंसा गरेका थिए । साथै, उनले नयाँ नेतृत्वलाई सबै प्रदेशका स्वास्थ्यकर्मीहरूको समस्यामा केन्द्रित भई, प्रभावकारी कदम चाल्न आग्रह गरे । उपाध्यक्ष भिम राज सिंहले पनि महासंघको सक्रियता र स्वास्थ्यकर्मीहरूको हितका लागि निरन्तर काम गर्नुपर्ने आवश्यकता औंल्याए ।
विशिष्ट अतिथी नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटि पार्टी सचिव रण बहादुर चन्दले स्वास्थ्यकर्मीहरूलाई राष्ट्र निर्माणको महत्त्वपूर्ण अंगको रूपमा लिँदै, उनीहरूको सुरक्षाका लागि नीतिगत सुधारको खाँचो रहेको बताए । कार्यक्रमको अध्यक्षता राष्ट्रिय स्वास्थ्यकर्मी महासंघका निवर्तमान अध्यक्ष तप्त भण्डारीले गरेका थिए ।
नवनिर्वाचित अध्यक्ष माहाओम राज जोशीले आफ्नो मन्तव्यमा स्वास्थ्यकर्मीहरूको हकहित र समस्याहरू समाधानका लागि नयाँ कार्यसमिति पूर्ण रूपमा समर्पित रहने बताए । उनले भने, ‘स्वास्थ्यकर्मीहरूको हक र अधिकारका लागि हामी निरन्तर लड्नेछौँ। सेवा क्षेत्रको मर्यादा र स्वास्थ्यकर्मीहरूको प्रतिष्ठा जोगाउन सबैको सहकार्य अपरिहार्य छ।’ साथै, उनले स्वास्थ्य सेवामा गुणस्तरीयता र पहुँचलाई सुनिश्चित गर्न सबै सदस्यहरूलाई एकजुट भएर काम गर्न आह्वान गरे ।
राष्ट्रिय स्वास्थ्यकर्मी महासंघको स्थापना २०६२ सालमा भएको हो । यसले स्वास्थ्यकर्मीहरूको पेशागत हक, हित र अधिकारको संरक्षण गर्दै, गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने लक्ष्य राखेको छ । महासंघको प्राथमिक उद्देश्य स्वास्थ्यकर्मीहरूको मर्यादा, पेशागत अधिकार र सेवा सुरक्षालाई सुनिश्चित गर्नु हो ।
महासंघले नेपालभर स्वास्थ्यकर्मीहरूको अधिकार सुनिश्चित गर्न प्रशिक्षण, गोष्ठी र विभिन्न तालिम कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ । साथै, स्वास्थ्य नीति निर्माणमा समेत प्रभावकारी भूमिका खेल्दै आएको छ ।
कार्यक्रममा विभिन्न पत्रकार, स्वास्थ्यकर्मी, तथा समाजका प्रतिष्ठित व्यक्तिहरूको उल्लेखनिय उपस्थिति रहेको थियो । सहभागीहरूले स्वास्थ्य क्षेत्रका चुनौतीहरू, सुधारका उपायहरू, र स्वास्थ्यकर्मीहरूको भूमिका सम्बन्धमा विचार-विमर्श गरेका थिए । प्रमुख अतिथी डा. गौतमले स्वास्थ्य क्षेत्र सुधार र स्वास्थ्यकर्मीहरूको हकहितको पक्षमा महासंघको भूमिका अझ प्रभावकारी बनाउने प्रतिवद्धता व्यक्त गरेका थिए ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बझाङको बुङ्गल नगरपालिका–३ तिपधारमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन गरिएको छ। भरत मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले परमा...
अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

धनगढी- अछामको ढकारी गाउँपालिका–३, तालीका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने भएका छन्। बाढीबाट प्रभावित नागरिकको दुःखलाई मध्यनजर...
कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

धनगढी- कैलालीका युवा करन साउदले बाढीपहिरोबाट प्रभावित परिवारको पीडालाई मध्यनजर गर्दै यस वर्ष व्यक्तिगत रूपमा दसैँ नमनाउने निर्णय ग...
दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

बझाङ: दुर्गाथली गाउँपालिकामा आगामी स्थानीय नेतृत्वको चर्चा चलिरहँदा नेकपा एमालेका एक युवा नेता महेश जोशी अध्यक्ष पदका बलिया दाबेदा...
सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

धनगढी- सुदूरपश्चिम प्रदेशमा पहिलोपटक एमबीबीएस अध्यापन हुने भएको छ। कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्या...
सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

धनगढी- सुदूरपश्चिम विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकाय, डडेल्धुराको डीनमा सहप्राध्यापक डा. डबल बहादुर धामी नियुक्त भएका छन्। ब...
अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

काठमाण्डौ- नेपाल टेलिकमको नयाँ सिमकार्ड लिन अब कार्यालयमै पुग्नुपर्ने बाध्यता हट्ने भएको छ। सरकारले अनलाइन आवेदनमार्फत घरमै सिमकार...
भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

काठमाडौँ- भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका ४ हजार १०८ परिवारलाई सरकारले प्रतिपरिवार ४५ हजार रुपैयाँका दरले नगद स...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज