Advertisement

जिसस बैतडिका सदस्य भाट माओवादीबाट एमालेमा फर्किए

Advertisement

बैतडी : जिल्ला समन्वय समिति बैतडीका सदस्य प्रेम सिह भाट नेकपा एमालेमा फर्किएका छन् । २०७९ सालको स्थानीय तह निर्वाचनमा नेकपा माओवादी केन्द्रको चुनाव चिन्हबाट पाटन नगरपालिका वडा नम्बर ९ को वडा सदस्यमा निर्वाचित भाट एमाले फर्किएका हुन् ।

भाट जिल्ला समन्वय समितिको निर्वाचनमा माओवादी केन्द्र र काग्रेसको गठबन्धनबाट जिल्ला सदस्य बन्नेका थिए । सदस्य भाटलाई नेकपा एमाले बैतडीका इन्चार्ज लिलाधर भट्ट, जिल्ला अध्यक्ष नरेश विकले संयुक्त रुपमा पार्टीमा खादा लगाएर स्वागत गरेको नेकपा एमाले बैतडीका उपाध्यक्ष लोकेन्द्र भण्डारीले बताए ।

दुई बिद्यालय व्यवस्थापन समिति अध्यक्ष समेत रहेका भाट २०७५ सालमा एमाले निकट पत्रकार संगठन प्रेस चौतारी नेपालबाट पत्रकार महासंघ बैतडीको अध्यक्ष समेत भएका थिए ।

२०७९ सालमा भएका स्थानीय तहको चुनावमा एमालेले वडा अध्यक्षको टिकट अनुकुल व्यक्तीलाई  नदिएपछि माओवादी र काग्रेसको गठबन्धनबाट हसिया हतैडा चुनाव चिन्ह लिएर चुनाव जितेका थिए ।

पार्टीमा प्रवेश गरेपछि बोल्दै उनले आफुले लामो समय नेकपा एमाले बैतडी र वडा कमिटिको लागि काम गरेको बताए । उनले भने, ‘२०७९ को स्थानीय तहको निर्वाचनमा मेरो वडामा म बाहिर कार्यक्रम भएको बेलामा अध्यक्षको उम्मेदवार अरुलाई बनाइयो, सहमती सहकार्य गरिएन् । भन्न लागेको थियो अहिले सबैसंग सरसल्लाह भएको छ, एमाले पार्टी बनाउन लाग्छु । मैलै पार्टी छोडेको हैन’

उनले बुवा राप्रपाबाट वडा सदस्यको उम्मेदवार बन्दा समेत आफुले घरको सबै भोट एमालेका लागि हाल्न लाएको सुनाए । उनले भने, ‘अहिले सम्म म जिसस सदस्य छु अब माओवादी केन्द्रको चुनाव चिन्ह लिएकाले कारबाहिर गर्ला त्यो केही छैन् ।’

माओवादी केन्द्रको चुनाव चिन्हबाट चुनाव जितेपनि उनी माओवादी केन्द्रको कुनै कमिटिमा सक्रिय नरहेका माओवादी केन्द्र बैतडीका संयोजक शंकर भण्डारीले बताए । कारवाहीको बिषयमा पार्टी कमिटिले निर्णय गर्ने आफुले अहिले नै केही भन्न नसक्ने बताए ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बिरीजात मेलाको तयारी तीव्र, लोप हुँदै गएको संस्कृति जोगाउन मेलालाई नयाँ स्वरूप दिइँदै

बिरीजात मेलाको तयारी तीव्र, लोप हुँदै गएको संस्कृति जोगाउन मेलालाई नयाँ स्वरूप दिइँदै

बझाङ- बझाङको छबिसपाथिभेरा गाउँपालिका-७ मजखोरीमा आयोजना हुन लागेको धार्मिक, ऐतिहासिक तथा सांस्कृतिक बिरीजात मेलाको तयारी तीव्र पारि...
केदारस्यूँमा स्वास्थ्य शाखाको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न, उत्कृष्ट कार्यसम्पादन गर्ने संस्था सम्मानित, स्वयंसेविका तथा इन्चार्जले पाए झोला

केदारस्यूँमा स्वास्थ्य शाखाको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न, उत्कृष्ट कार्यसम्पादन गर्ने संस्था सम्मानित, स्वयंसेविका तथा इन्चार्जले पाए झोला

बझाङ- बझाङको केदारस्यूँ गाउँपालिका स्वास्थ्य शाखाको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न भएको छ। मंगलबार स्वास्थ्य शाखाले आयोजना गरे...

ए.सी.जी. ग्रुपकाे CEO मा निशा चौधरी नियुक्त, 

  काठमाडौँ : २०८३ भदौ ६ गते (२२ अगस्ट२०२६) गतेका दिन बसेको बैठकले ए.सी.जी. ग्रुपले आफ्नो संस्थागत विकास, व्यवस्थापन प्रणाल...
जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीमा गेटामा रक्तदान कार्यक्रम आयोजना

जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीमा गेटामा रक्तदान कार्यक्रम आयोजना

धनगढी- राष्ट्रिय विभूति एवम् मानवतावादी चिन्तक जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीको अवसरमा कैलालीको गेटामा विशेष रक्तदान कार्य...
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार पदमा डा. दीर्घराज जोशीको उम्मेदवारी

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार पदमा डा. दीर्घराज जोशीको उम्मेदवारी

जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार (कुलसचिव) पदका लागि १५ जनाले उम्मेदवारी दिएका छन्। प्रतिष्ठानले सार्वजन...
केदारस्युँ-९ मा रास्वपाबाट मल्लको उम्मेदवारी दिने तयारी

केदारस्युँ-९ मा रास्वपाबाट मल्लको उम्मेदवारी दिने तयारी

बझाङ- बझाङको केदारस्युँ गाउँपालिका- ९ को वडाध्यक्ष पदका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट धिरेन्द्र मल्लले उम्मेदवारी ...
जन्मदिनको अवसरमा समाजसेवी थापाद्वारा प्रतिक्षालय निर्माण गरी हस्तान्तरण

जन्मदिनको अवसरमा समाजसेवी थापाद्वारा प्रतिक्षालय निर्माण गरी हस्तान्तरण

अछाम- अछामको चौरपाटी गाउँपालिका-१ सिउँडी खातिवाडा निवासी समाजसेवी तथा सिउँडी माध्यमिक विद्यालयका पूर्व विद्यालय व्यवस्थापन समिति अ...
कैलालीको भजनीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

कैलालीको भजनीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

धनगढी- कैलालीको भजनी नगरपालिका–४ कुडीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। बुधबार राति करिब ९ बजे धनौराबाट भजनीतर्फ...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज