Advertisement

जिसस बैतडिका सदस्य भाट माओवादीबाट एमालेमा फर्किए

Advertisement

बैतडी : जिल्ला समन्वय समिति बैतडीका सदस्य प्रेम सिह भाट नेकपा एमालेमा फर्किएका छन् । २०७९ सालको स्थानीय तह निर्वाचनमा नेकपा माओवादी केन्द्रको चुनाव चिन्हबाट पाटन नगरपालिका वडा नम्बर ९ को वडा सदस्यमा निर्वाचित भाट एमाले फर्किएका हुन् ।

भाट जिल्ला समन्वय समितिको निर्वाचनमा माओवादी केन्द्र र काग्रेसको गठबन्धनबाट जिल्ला सदस्य बन्नेका थिए । सदस्य भाटलाई नेकपा एमाले बैतडीका इन्चार्ज लिलाधर भट्ट, जिल्ला अध्यक्ष नरेश विकले संयुक्त रुपमा पार्टीमा खादा लगाएर स्वागत गरेको नेकपा एमाले बैतडीका उपाध्यक्ष लोकेन्द्र भण्डारीले बताए ।

दुई बिद्यालय व्यवस्थापन समिति अध्यक्ष समेत रहेका भाट २०७५ सालमा एमाले निकट पत्रकार संगठन प्रेस चौतारी नेपालबाट पत्रकार महासंघ बैतडीको अध्यक्ष समेत भएका थिए ।

२०७९ सालमा भएका स्थानीय तहको चुनावमा एमालेले वडा अध्यक्षको टिकट अनुकुल व्यक्तीलाई  नदिएपछि माओवादी र काग्रेसको गठबन्धनबाट हसिया हतैडा चुनाव चिन्ह लिएर चुनाव जितेका थिए ।

पार्टीमा प्रवेश गरेपछि बोल्दै उनले आफुले लामो समय नेकपा एमाले बैतडी र वडा कमिटिको लागि काम गरेको बताए । उनले भने, ‘२०७९ को स्थानीय तहको निर्वाचनमा मेरो वडामा म बाहिर कार्यक्रम भएको बेलामा अध्यक्षको उम्मेदवार अरुलाई बनाइयो, सहमती सहकार्य गरिएन् । भन्न लागेको थियो अहिले सबैसंग सरसल्लाह भएको छ, एमाले पार्टी बनाउन लाग्छु । मैलै पार्टी छोडेको हैन’

उनले बुवा राप्रपाबाट वडा सदस्यको उम्मेदवार बन्दा समेत आफुले घरको सबै भोट एमालेका लागि हाल्न लाएको सुनाए । उनले भने, ‘अहिले सम्म म जिसस सदस्य छु अब माओवादी केन्द्रको चुनाव चिन्ह लिएकाले कारबाहिर गर्ला त्यो केही छैन् ।’

माओवादी केन्द्रको चुनाव चिन्हबाट चुनाव जितेपनि उनी माओवादी केन्द्रको कुनै कमिटिमा सक्रिय नरहेका माओवादी केन्द्र बैतडीका संयोजक शंकर भण्डारीले बताए । कारवाहीको बिषयमा पार्टी कमिटिले निर्णय गर्ने आफुले अहिले नै केही भन्न नसक्ने बताए ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बझाङको बुङ्गल नगरपालिका–३ तिपधारमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन गरिएको छ। भरत मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले परमा...
अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

धनगढी- अछामको ढकारी गाउँपालिका–३, तालीका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने भएका छन्। बाढीबाट प्रभावित नागरिकको दुःखलाई मध्यनजर...
कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

धनगढी- कैलालीका युवा करन साउदले बाढीपहिरोबाट प्रभावित परिवारको पीडालाई मध्यनजर गर्दै यस वर्ष व्यक्तिगत रूपमा दसैँ नमनाउने निर्णय ग...
दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

बझाङ: दुर्गाथली गाउँपालिकामा आगामी स्थानीय नेतृत्वको चर्चा चलिरहँदा नेकपा एमालेका एक युवा नेता महेश जोशी अध्यक्ष पदका बलिया दाबेदा...
सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

धनगढी- सुदूरपश्चिम प्रदेशमा पहिलोपटक एमबीबीएस अध्यापन हुने भएको छ। कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्या...
सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

धनगढी- सुदूरपश्चिम विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकाय, डडेल्धुराको डीनमा सहप्राध्यापक डा. डबल बहादुर धामी नियुक्त भएका छन्। ब...
अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

काठमाण्डौ- नेपाल टेलिकमको नयाँ सिमकार्ड लिन अब कार्यालयमै पुग्नुपर्ने बाध्यता हट्ने भएको छ। सरकारले अनलाइन आवेदनमार्फत घरमै सिमकार...
भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

काठमाडौँ- भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका ४ हजार १०८ परिवारलाई सरकारले प्रतिपरिवार ४५ हजार रुपैयाँका दरले नगद स...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज