Advertisement

सुरेश धामीको नेतृत्वमा वाईसीएल गौरीगङ्गा नगर कमिटी गठन

Advertisement

कैलाली: नेकपा माओवादी केन्द्रको भातृ संगठन वाईसीएल नेपाल, गौरीगङ्गा नगरपालिकाको अध्यक्षमा सुरेश धामी सर्वसम्मत चयन भएका छन्। आज सम्पन्न नगरस्तरीय अधिवेशनले धामीको नेतृत्वमा ५५ सदस्यीय नगर कमिटी गठन गरेको हो ।

कार्यक्रमको अध्यक्षता नवनिर्वाचित अध्यक्ष सुरेश धामीले गरेका थिए भने प्रमुख अतिथिका रूपमा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य कृष्णकुमार चौधरी ‘कुन्दन’को विशेष उपस्थिति रहेको थियो । कार्यक्रममा वाईसीएलको भूमिकाबारे विभिन्न तहका नेताहरूले धारणा राखेका थिए। कार्यक्रमको सञ्चालन नरेश भुलले गरेका थिए ।

गौरीगङ्गा नगरपालिका इन्चार्ज नवीन धामीले वाईसीएलले गणतन्त्रको रक्षा तथा भ्रष्टाचारविरुद्ध अग्रणी भूमिका खेल्नुपर्ने बताए । उनले स्थानीय सरकारका गतिविधिमा निगरानी राख्नुपर्ने र आगामी २०८४ मा वाईसीएललाई माओवादी सेनाको रुपमा खडा गर्ने योजनासमेत सार्वजनिक गरे ।

वाईसीएलका केन्द्रीय उपमहासचिव बिश्वले अबको युवा संगठनलाई अर्थतन्त्रसँग जोड्दै उत्पादनशील बनाउनुपर्ने धारणा राखे । उनले युवा देशको मेरुदण्ड भएको र त्यसलाई मजबुत बनाउनुपर्नेमा जोड दिए ।

नगर प्रमुख तथा पार्टीका प्रदेश सदस्य देवी कडेलले आफ्नो कार्यकालमा युवालाई आत्मनिर्भर बनाउँदै नगरपालिकाको सञ्चालनमा वाईसीएलसँग सहकार्य गरेर अगाडि बढ्ने प्रतिबद्धता जनाए । उनले वाईसीएललाई हरेक क्षेत्रमा सहयोग गर्ने प्रतिवद्धता पनि व्यक्त गरे ।

पार्टीका केन्द्रीय सदस्य लक्षीराम आचार्यले २०६४ सालको वाईसीएलको सक्रियतालाई सम्झाउँदै सोही शैलीमा अगाडि बढ्नुपर्ने धारणा राखे । प्रमुख अतिथि तथा संविधानसभा सदस्य कुन्दनले वाईसीएलले हरेक तहमा नेतृत्व निर्माणमा अग्रसर हुनुपर्ने र युवाहरुलाई रोजगारीसँग जोड्नुपर्ने बताए ।

वाईसीएल गौरीगङ्गा नगर कमिटीको नेतृत्व:

अध्यक्ष: सुरेश धामी

उपाध्यक्ष: अमित नेपाली, पार्वती चौधरी

सचिव: नरेश भुल

सह–सचिव: भीम भुल, दिपेश चौधरी

कोषाध्यक्ष: सुरज आउजी

५५ सदस्यीय नगर कमिटीले आगामी दिनमा युवा परिचालन, स्थानीय सरकारको अनुगमन तथा सामाजिक रूपान्तरणमा अग्रणी भूमिका खेल्ने लक्ष्य राखेको छ।

 

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बझाङको बुङ्गल नगरपालिका–३ तिपधारमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन गरिएको छ। भरत मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले परमा...
अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

धनगढी- अछामको ढकारी गाउँपालिका–३, तालीका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने भएका छन्। बाढीबाट प्रभावित नागरिकको दुःखलाई मध्यनजर...
कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

धनगढी- कैलालीका युवा करन साउदले बाढीपहिरोबाट प्रभावित परिवारको पीडालाई मध्यनजर गर्दै यस वर्ष व्यक्तिगत रूपमा दसैँ नमनाउने निर्णय ग...
दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

बझाङ: दुर्गाथली गाउँपालिकामा आगामी स्थानीय नेतृत्वको चर्चा चलिरहँदा नेकपा एमालेका एक युवा नेता महेश जोशी अध्यक्ष पदका बलिया दाबेदा...
सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

धनगढी- सुदूरपश्चिम प्रदेशमा पहिलोपटक एमबीबीएस अध्यापन हुने भएको छ। कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्या...
सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

धनगढी- सुदूरपश्चिम विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकाय, डडेल्धुराको डीनमा सहप्राध्यापक डा. डबल बहादुर धामी नियुक्त भएका छन्। ब...
अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

काठमाण्डौ- नेपाल टेलिकमको नयाँ सिमकार्ड लिन अब कार्यालयमै पुग्नुपर्ने बाध्यता हट्ने भएको छ। सरकारले अनलाइन आवेदनमार्फत घरमै सिमकार...
भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

काठमाडौँ- भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका ४ हजार १०८ परिवारलाई सरकारले प्रतिपरिवार ४५ हजार रुपैयाँका दरले नगद स...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज