Advertisement

प्रधानमन्त्री ओलिले गरेको विकास देखेर विरोधिहरु अँत्तालिए- महेश बस्नेत

Advertisement

काठमाडौं : नेकपा (एमाले) का प्रभावशाली नेता तथा पूर्वमन्त्री महेश बस्नेतले केपी शर्मा ओली एमालेको नेतृत्वमा आएपछि एमाले र माओवादी केन्द्र एकता गरेर वामपन्थी एकतालाई अघि बढाएको स्पष्ट पारेका छन् । तर, ओलीले विकासको आँधी बेहरी ल्याएको देखेर विरोधीहरु अत्तालिएको पनि उनको टिप्पणी थियो । उनले नेपालको कम्युनिष्ट आन्दोलनलाई विभाजन गर्नको लागि देशी विदेशी शक्तिमात्रै नभएर आफ्नै पार्टीका नेताहरु पनि लागेको पनि बताए ।

आज (शनिबार)नेपाल निजामति कर्मचारी संगठनको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले आफूहरुले नयाँ ढंगले कम्युनिष्ट आन्दोलनलाई उठाउन थालेको र एमालेप्रति आकर्षण बढेको पनि दाबी गरे । उनले नेपालको कम्युनिष्ट आन्दोलनलाई कार्यकर्ताहरुले एकीकृत गरेर अघि बढाउने पनि प्रतिबद्धता जनाए ।

उनले भने,‘नेपालको कम्युनिष्ट आन्दोलनलाई हामी बलियो बनाउँछौं । म कमरेड प्रचण्डलाई पनि अनुरोध गर्दछु, नेपालको कम्युनिष्ट आन्दोलनलाई शेरबहादुरको हातमा सत्ताको साँचो सुम्पिएर, शेरबहादुर देउवाको पुच्छर बनेर माधव नेपाललाई समेत विखण्डनको एउटा घिनलाग्दो अवस्थामा पुर्याईदिएर तपाईँहरु क्रान्ति र समाजवादको कुरा गर्ने, यो कुरा आज लोकले पत्याईरहेको छैन् । तपाईले आफ्नो राजनीतिक भविष्यलाई उज्जवल बनाउन चाहनुहुन्छ भने, अब म एक्लिँदै छु, माओवादी केन्द्र विघटित हुँदैछ भनेर तपाईँले भन्नुभएको छ, अब तपाईँहरु सेनाविहीन सेनापतिको उपमा पाउँदै हुनुहुनछ, यो दुःखद् परिस्थिति हुनुभन्दा पहिले आफ्नो गल्ती सच्याए, आफ्ना गल्ती स्विकार गरेर यो कम्युनिष्ट आन्दोलनको नेता बन्ने हो भने फेरि पनि नेकपा एमालेमा आवद्ध हुनुहोस, समय आउँछ पर्खिदैन्, बगेको खोला फर्किँदैन् ।’

उनले आजको दिनसम्म प्रचण्ड र माधव नेपालको मूल्य दश प्रतिशतमात्रै घटेको दाबी गरेका छन् । उनले आफ्नो पार्टीको विरुद्ध महागठबन्धन गर्ने काम गरिएको भन्दै आफूहरु देश बनाउनको लागि एकताबद्ध भएर अघि बढ्ने पनि प्रण गरे ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बझाङको बुङ्गल नगरपालिका–३ तिपधारमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन गरिएको छ। भरत मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले परमा...
अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

धनगढी- अछामको ढकारी गाउँपालिका–३, तालीका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने भएका छन्। बाढीबाट प्रभावित नागरिकको दुःखलाई मध्यनजर...
कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

धनगढी- कैलालीका युवा करन साउदले बाढीपहिरोबाट प्रभावित परिवारको पीडालाई मध्यनजर गर्दै यस वर्ष व्यक्तिगत रूपमा दसैँ नमनाउने निर्णय ग...
दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

बझाङ: दुर्गाथली गाउँपालिकामा आगामी स्थानीय नेतृत्वको चर्चा चलिरहँदा नेकपा एमालेका एक युवा नेता महेश जोशी अध्यक्ष पदका बलिया दाबेदा...
सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

धनगढी- सुदूरपश्चिम प्रदेशमा पहिलोपटक एमबीबीएस अध्यापन हुने भएको छ। कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्या...
सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

धनगढी- सुदूरपश्चिम विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकाय, डडेल्धुराको डीनमा सहप्राध्यापक डा. डबल बहादुर धामी नियुक्त भएका छन्। ब...
अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

काठमाण्डौ- नेपाल टेलिकमको नयाँ सिमकार्ड लिन अब कार्यालयमै पुग्नुपर्ने बाध्यता हट्ने भएको छ। सरकारले अनलाइन आवेदनमार्फत घरमै सिमकार...
भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

काठमाडौँ- भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका ४ हजार १०८ परिवारलाई सरकारले प्रतिपरिवार ४५ हजार रुपैयाँका दरले नगद स...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज