Advertisement

बझाङको थलारामा कर्मचारिले नै खोलेको अवैध औषधि पसल प्रशासनद्वारा सिलबन्दी

Advertisement

बझाङ – थलारा गाउँपालिकामा कर्मचारी भएर काम गर्दै आएकी जुन ऐर कडायत आफैँ नियम मिच्ने गम्भीर आरोपमा मुछिएकी छन् । २६ वर्षदेखि सि. अनमी पदमा कार्यरत ऐर कडायतले “कुशल मेडिकल” नामक पसल खोली अबैध रुपमा औषधि बिक्री गर्दै आएकी थिइन् । न त फार्मेसी सम्बन्धी आवश्यक अध्ययन गरेको, न त कानुनी दर्ता प्रक्रिया पूरा गरिएको — यस्ता गम्भीर अनियमितताका बाबजुद उनले औषधि बिक्री वितरण गर्दै आएकी थिइन् ।

नियमन गर्ने जिम्मेवारी पाएका व्यक्तिले आफैँ नियमको खिल्ली उडाएको भन्दै स्थानिय स्तरमा चर्को विरोध सुरु भएको छ । शुक्रबार स्वास्थ्य कार्यालयका सहायक फर्मासिस्ट द्वारिका जोशी, सहायक प्रमुख जिल्ला अधिकारी सत्य कुमारी जोशी, जिल्ला प्रहरी कार्यालयका प्रतिनिधि र स्थानीय जनप्रतिनिधिको रोहबरमा “कुशल मेडिकल” पसल सिलबन्दी गरिएको छ । नेपालको औषधि सम्बन्धी ऐन, २०३५ अनुसार कुनै पनि व्यक्ति वा संस्थाले औषधि बिक्री वितरण गर्नुअघि फार्मेसी अध्ययन गरेको हुनुपर्छ र सम्बन्धित निकायबाट अनुमति प्राप्त गर्नुपर्छ । तर ऐर कडायतले यी सबै कानुनी प्रक्रियाको उल्लंघन गरेकी पुष्टि भएको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी सत्य कुमारी जोशीका अनुसार जिल्लाभर अवैध रूपमा सञ्चालनमा रहेका दर्ता नभएका औषधि पसलहरुमा कारबाही अभियान तीव्र पारिएको छ। जोशी भन्छिन्, “स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रमा यस्तो लापरवाही सह्य हुँदैन। जुनसुकै व्यक्ति वा हैसियतमा बसे पनि कानुन सबैका लागि बराबर हो ।”

थलारा गाउँपालिका र खोलि बजारका स्थानीय बासिन्दाहरुले कर्मचारीले नै यस्तो अनियमितता गर्नु लज्जास्पद भएको प्रतिक्रिया दिएका छन् । “हाम्रो स्वास्थ्यको संरक्षण गर्ने जिम्मा पाएका व्यक्तिहरुले नै जब स्वार्थका लागि जनताको ज्यानसँग खेलवाड गर्छन्, तब हामीलाई कसलाई विश्वास गर्ने?” एक स्थानिय बासिन्दाले आक्रोश पोखे ।

जनस्वास्थ्यको सवालमा कुनै पनि सम्झौता नगरिने स्पष्ट सन्देश अधिकारीहरुले दिएका छन् । कानुनमाथि आस्था गुम्न नदिन र दोषीलाई दण्डित गर्न यो घटना एउटा महत्वपूर्ण उदाहरण बन्नेछ कि भन्ने आशा गरिएको छ ।

 

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बझाङको बुङ्गल नगरपालिका–३ तिपधारमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन गरिएको छ। भरत मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले परमा...
अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

धनगढी- अछामको ढकारी गाउँपालिका–३, तालीका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने भएका छन्। बाढीबाट प्रभावित नागरिकको दुःखलाई मध्यनजर...
कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

धनगढी- कैलालीका युवा करन साउदले बाढीपहिरोबाट प्रभावित परिवारको पीडालाई मध्यनजर गर्दै यस वर्ष व्यक्तिगत रूपमा दसैँ नमनाउने निर्णय ग...
दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

बझाङ: दुर्गाथली गाउँपालिकामा आगामी स्थानीय नेतृत्वको चर्चा चलिरहँदा नेकपा एमालेका एक युवा नेता महेश जोशी अध्यक्ष पदका बलिया दाबेदा...
सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

धनगढी- सुदूरपश्चिम प्रदेशमा पहिलोपटक एमबीबीएस अध्यापन हुने भएको छ। कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्या...
सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

धनगढी- सुदूरपश्चिम विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकाय, डडेल्धुराको डीनमा सहप्राध्यापक डा. डबल बहादुर धामी नियुक्त भएका छन्। ब...
अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

काठमाण्डौ- नेपाल टेलिकमको नयाँ सिमकार्ड लिन अब कार्यालयमै पुग्नुपर्ने बाध्यता हट्ने भएको छ। सरकारले अनलाइन आवेदनमार्फत घरमै सिमकार...
भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

काठमाडौँ- भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका ४ हजार १०८ परिवारलाई सरकारले प्रतिपरिवार ४५ हजार रुपैयाँका दरले नगद स...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज