Advertisement

१६ वर्षमै डिभोर्सको पीडा- मिस पविको जीवन कथा, आँसु र आशाको संगालो

Advertisement

काठमाडौं- चर्चित टिकटकर तथा मोडल पवित्रा साकी (मिस पवि)ले १६ वर्षको उमेरमै डिभोर्स भएको खुलासा गरेकी छन्। हालै एक युट्युब अन्तर्वार्तामा उनले आफ्ना व्यक्तिगत संघर्ष, पीडा र जीवनबाट सिकेका पाठबारे खुलेर बोलेकी हुन्।

उनले कानुनी रूपमा विवाह नभए पनि वैवाहिक सम्बन्ध टुटेको बताइन्। “म उसलाई कहिल्यै नराम्रो भन्न चाहन्न,” उनले भनिन्, “जे भयो, सकियो। पछुतो छैन। त्यो अनुभवबाट जीवनका धेरै कुरा सिकेँ, अगाडि बढ्नुपर्छ भन्ने थाहा पाएँ।”

डिभोर्सको कुरामा मात्रै अल्झिरहनु ठीक होइन भन्ने धारणा राख्ने मिस पविले, विगतमा बसेर रोइरहने र दोषारोपण गरिरहनु व्यर्थ भएको बताउँछिन्। “त्यस समय म बच्चै थिएँ। अहिले २५ वर्षकी भइसकेकी छु, धेरै कुरा बुझ्न थालेकी छु,” उनले भनिन्।

उनी भन्छिन्, “कतिपटक सुसाइड गर्ने प्रयास पनि गरेँ। म आएको समाजमा त्यस्ता घटनालाई सहज रूपमा लिइँदैन। तर समयसँगै ती सबै कुराहरू कट्दै गए।”
मिस पविले आफ्नो जीवनमा धेरै सकारात्मक काम गरे पनि समाजले सधैं नराम्रो पक्ष मात्र कोट्याउने गुनासो गरेकी छन्।

“मैले धेरै राम्रो कुरा पनि गरेकी छु। तर मान्छेले सधैं नराम्रो कुरालाई मात्र देख्छन्,” उनले भनिन्, “त्यो घटना मेरो जीवनको ठूलो दशा थियो, जुन अब कटिसकेको छ।”

स्मृतिमा हराउँदै उनले भनिन्, “अहिले फर्केर हेर्दा, त्यो बेला सानो लाग्छ। स्कुलका साथीहरू पनि अब साथमा छैनन्,” भन्दै उनले भावुक हुँदै आँसु पनि बगाइन्।

हाल मिस पवि टेलिभिजन शो ‘कमेडी दरबार’ मा ब्यस्त छन्। उनले केही समयअघि मात्र फिल्म ‘माग्ने राजा’ को छायांकन पूरा गरेकी छन्, जुन चाँडै सार्वजनिक हुने तयारीमा छ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बझाङको बुङ्गल नगरपालिका–३ तिपधारमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन गरिएको छ। भरत मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले परमा...
अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

धनगढी- अछामको ढकारी गाउँपालिका–३, तालीका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने भएका छन्। बाढीबाट प्रभावित नागरिकको दुःखलाई मध्यनजर...
कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

धनगढी- कैलालीका युवा करन साउदले बाढीपहिरोबाट प्रभावित परिवारको पीडालाई मध्यनजर गर्दै यस वर्ष व्यक्तिगत रूपमा दसैँ नमनाउने निर्णय ग...
दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

बझाङ: दुर्गाथली गाउँपालिकामा आगामी स्थानीय नेतृत्वको चर्चा चलिरहँदा नेकपा एमालेका एक युवा नेता महेश जोशी अध्यक्ष पदका बलिया दाबेदा...
सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

धनगढी- सुदूरपश्चिम प्रदेशमा पहिलोपटक एमबीबीएस अध्यापन हुने भएको छ। कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्या...
सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

धनगढी- सुदूरपश्चिम विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकाय, डडेल्धुराको डीनमा सहप्राध्यापक डा. डबल बहादुर धामी नियुक्त भएका छन्। ब...
अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

काठमाण्डौ- नेपाल टेलिकमको नयाँ सिमकार्ड लिन अब कार्यालयमै पुग्नुपर्ने बाध्यता हट्ने भएको छ। सरकारले अनलाइन आवेदनमार्फत घरमै सिमकार...
भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

काठमाडौँ- भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका ४ हजार १०८ परिवारलाई सरकारले प्रतिपरिवार ४५ हजार रुपैयाँका दरले नगद स...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज