काठमाडौं- शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले पदबाट राजीनामा दिएकी छन्। सोमबार अपरान्ह प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर उनले राजीनामा पत्र बुझाएकी हुन्।
उनकी प्रेस सल्लाहकार रामजी लम्सालले राजीनामाको पुष्टि गर्दै भने, “प्रधानमन्त्रीज्यूलाई भेटेर बुझाउनुभएको छ। अब स्वीकृत हुन्छ होला।”
देशभरका शिक्षकहरू शिक्षक महासंघको आह्वानमा २० दिनदेखि काठमाडौंमा आन्दोलनरत छन्। यस्तो संवेदनशील समयमा शिक्षामन्त्रीको राजीनामा आएको हो।

