Advertisement

बझाङमा पहिलोपटक राष्ट्रिय भलिबल रेफ्री क्याण्डिडेट कोर्ष सुरु

Advertisement

चैनपुर- बझाङमा “स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने मूल नाराका साथ पहिलोपटक राष्ट्रिय स्तरको भलिबल रेफ्री क्याण्डिडेट तालिम सुरु गरिएको छ।

नेपाल भलिबल संघद्वारा आयोजित तथा जिल्ला खेलकुद विकास समिति, बझाङको व्यवस्थापनमा सञ्चालित यो तालिमको उद्घाटन आज सदरमुकाम चैनपुरस्थित जिल्ला समन्वय समितिको सभाहलमा गरिएको हो।

कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति प्रमुख नरबहादुर बोहरा थिए भने विशिष्ट अतिथिका रूपमा प्रमुख जिल्ला अधिकारी कैलाश ठकुराठी, नेपाल भलिबल संघका केन्द्रीय उपाध्यक्ष हर्कसिंह धामी, अन्तर्राष्ट्रिय रेफ्री तथा प्रशिक्षक टहलसिंह थापा, सशस्त्र प्रहरी बल बझाङका डिएसपी दुर्गादत्त भट्टलगायत अन्य विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो।

जिल्ला खेलकुद विकास समितिका अध्यक्ष पुष्पलाल रोकायाका अनुसार, तालिममा १८ वर्षमाथिका इच्छुकहरूले सहभागी हुन पाउने छन्। कार्यक्रमबाट ३० जना राष्ट्रिय स्तरका रेफ्री छनोट गरिनेछ भने प्रदेश र जिल्ला स्तरमा समेत नयाँ रेफ्री उत्पादन गरिनेछ।

७ दिनसम्म सञ्चालन हुने तालिम वैशाख ६ गतेदेखि १३ गतेसम्म चल्नेछ। सहभागीहरूलाई विभिन्न समूहमा बाँडेर नियम, विधि र व्यवहारिक अभ्यासका आधारमा प्रशिक्षण दिइनेछ।

अध्यक्ष रोकायाको विशेष पहल र समर्पणका कारण यो तालिम जस्तो दुर्गम जिल्लामा सम्भव भएको हो। उनले बझाङबाट दक्ष रेफ्री उत्पादन गर्नु ठूलो उपलब्धि भएको बताए।

नेपाल भलिबल संघका उपाध्यक्ष धामीले तालिम सफल बनाउन प्रशिक्षार्थीहरूको सक्रियता आवश्यक रहेको बताए।

यो तालिम बझाङको खेलकुद इतिहासमा मात्र नभई, सुदूरपश्चिमकै खेलकुद विकासमा प्रेरणादायी कदम भएको बताइएको छ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बझाङको बुङ्गल नगरपालिका–३ तिपधारमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन गरिएको छ। भरत मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले परमा...
अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

धनगढी- अछामको ढकारी गाउँपालिका–३, तालीका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने भएका छन्। बाढीबाट प्रभावित नागरिकको दुःखलाई मध्यनजर...
कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

धनगढी- कैलालीका युवा करन साउदले बाढीपहिरोबाट प्रभावित परिवारको पीडालाई मध्यनजर गर्दै यस वर्ष व्यक्तिगत रूपमा दसैँ नमनाउने निर्णय ग...
दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

बझाङ: दुर्गाथली गाउँपालिकामा आगामी स्थानीय नेतृत्वको चर्चा चलिरहँदा नेकपा एमालेका एक युवा नेता महेश जोशी अध्यक्ष पदका बलिया दाबेदा...
सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

धनगढी- सुदूरपश्चिम प्रदेशमा पहिलोपटक एमबीबीएस अध्यापन हुने भएको छ। कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्या...
सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

धनगढी- सुदूरपश्चिम विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकाय, डडेल्धुराको डीनमा सहप्राध्यापक डा. डबल बहादुर धामी नियुक्त भएका छन्। ब...
अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

काठमाण्डौ- नेपाल टेलिकमको नयाँ सिमकार्ड लिन अब कार्यालयमै पुग्नुपर्ने बाध्यता हट्ने भएको छ। सरकारले अनलाइन आवेदनमार्फत घरमै सिमकार...
भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

काठमाडौँ- भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका ४ हजार १०८ परिवारलाई सरकारले प्रतिपरिवार ४५ हजार रुपैयाँका दरले नगद स...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज