Advertisement

नीतिगत अन्योलमा गेटा मेडिकल कलेज, कर्मचारी तलबविहीन

Advertisement

धनगढी– छ अर्ब ५८ करोड रुपैयाँ खर्चिएर तयार गरिएको कैलालीको गेटा मेडिकल कलेज अझै सञ्चालनमा आउन सकेको छैन। सरकारी बेवास्ता, नीतिगत अन्योल र राजनीतिक दाउपेचका कारण कलेज अन्योलमा परेको हो।

२०७३ सालमा सुरु गरिएको कलेजको संरचना ५१ हेक्टरमा फैलिएको छ, जसमा ६ सय शय्याको अस्पताल र ४२ वटा अन्य भवन तयार अवस्थामा छन्। एमबिबिएस पढाइको लागि आवश्यक फर्निसिङसमेत पूरा भइसकेको छ।

तर, अहिलेसम्म तीन जना प्रमुख फेरिइसकेका छन् र ६३ जना करार तथा ज्यालादारी कर्मचारी पुसदेखि तलबविहीन अवस्थामा काम गरिरहेका छन्। अस्थायी दरबन्दी स्वीकृत नहुनु र मन्त्रालयबीचको समन्वय अभावले सेवा विस्तार गर्न नसकिएको हो।

२०८० असारमा सरकारले १०० शय्याको अस्पताल सञ्चालन गर्ने निर्णय गरे पनि स्वास्थ्य मन्त्रालयले ५० शय्याको मात्र अस्थायी स्वीकृति दिएको छ। अस्पताल भने स्वास्थ्य मन्त्रालय मातहत सञ्चालनमा आइसकेको छ, तर अन्य संरचना अझै शिक्षा मन्त्रालय अन्तर्गत छन्।

पूर्वाधार विकास समिति अन्तर्गतको कार्यालय प्रमुख सेवानिवृत्त भएपछि हाल एक जना मात्र इन्जिनियरले भवनको रेखदेख गरिरहेका छन्। लामो समयदेखि प्रयोगविहीन रहेको कलेजको निरीक्षण हालका प्रधानमन्त्रीदेखि पूर्वप्रधानमन्त्रीसम्मले गरिसकेका छन्।

केही दिनअघि कैलाली पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीले यो वर्षभित्रै कलेज सञ्चालन हुने गरी प्रक्रिया अघि बढेको बताएका छन्। सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको रूपमा सञ्चालन गर्न तयार पारिएको विधेयक प्रतिनिधि सभामा विचाराधीन अवस्थामा छ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बझाङको बुङ्गल नगरपालिका–३ तिपधारमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन गरिएको छ। भरत मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले परमा...
अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

धनगढी- अछामको ढकारी गाउँपालिका–३, तालीका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने भएका छन्। बाढीबाट प्रभावित नागरिकको दुःखलाई मध्यनजर...
कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

धनगढी- कैलालीका युवा करन साउदले बाढीपहिरोबाट प्रभावित परिवारको पीडालाई मध्यनजर गर्दै यस वर्ष व्यक्तिगत रूपमा दसैँ नमनाउने निर्णय ग...
दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

बझाङ: दुर्गाथली गाउँपालिकामा आगामी स्थानीय नेतृत्वको चर्चा चलिरहँदा नेकपा एमालेका एक युवा नेता महेश जोशी अध्यक्ष पदका बलिया दाबेदा...
सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

धनगढी- सुदूरपश्चिम प्रदेशमा पहिलोपटक एमबीबीएस अध्यापन हुने भएको छ। कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्या...
सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

धनगढी- सुदूरपश्चिम विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकाय, डडेल्धुराको डीनमा सहप्राध्यापक डा. डबल बहादुर धामी नियुक्त भएका छन्। ब...
अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

काठमाण्डौ- नेपाल टेलिकमको नयाँ सिमकार्ड लिन अब कार्यालयमै पुग्नुपर्ने बाध्यता हट्ने भएको छ। सरकारले अनलाइन आवेदनमार्फत घरमै सिमकार...
भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

काठमाडौँ- भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका ४ हजार १०८ परिवारलाई सरकारले प्रतिपरिवार ४५ हजार रुपैयाँका दरले नगद स...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज