Advertisement

दुर्गम गाउँदेखि भारतको सर्वोच्च अदालतसम्म: खेमराज बुढाको प्रेरणादायी यात्रा

Advertisement

सुदूरपश्चिम नेपालको अति दुर्गम अछामको मेल्लेख गाउँपालिका–३, ठाँटिदरबारमा वि.सं. २०३६ सालमा जन्मिएका खेमराज बुढा अहिले भारतको सर्वोच्च अदालतमा कार्यरत छन्। सगुने बुढा र तुलिदेवी बुढाका पाँच सन्तानमध्ये जेठा खेमराजले हाल भजनी नगरपालिका–२, कैलालीलाई आफ्नो स्थायी ठेगाना बनाएका छन्।

खेमराजले प्रारम्भिक शिक्षा मेल्लेखकै श्री पिपलसैन माध्यमिक विद्यालयमा कक्षा ७ सम्म पुरा गरे। पारिवारिक जिम्मेवारीका कारण वि.सं. २०५६ सालमा पढाइ बीचमै छोडेर उनी १९ वर्षको उमेरमै रोजगारीको खोजीमा भारत पसे। त्यहीँबाट सुरु भयो उनको संघर्षमय जीवनयात्रा।

वि.सं. २०५९ सालमा हरियाणाको सेक्टर २९ स्थित प्रहरी चौकी प्रमुख जितेन्द्र राणासँगको भेटपछि उनले भारत सरकारको सुरक्षा निकायमा सेवा प्रवेश गरे। त्यसपछि वि.सं. २०६२ सालमा दिल्ली प्रहरीका आयुक्त कृष्ण कान्त पालसँग कार्य गर्दै उनले आफ्नो भूमिका थप सशक्त बनाउँदै लगे।

लगातारको समर्पण, इमानदारिता र कडा मेहनतको फलस्वरूप भारत सरकारले उनलाई वि.सं. २०७५ साल फागुन २६ गतेदेखि भारतको सर्वोच्च अदालतमा पदस्थापन गर्‍यो। हाल उनी त्यहाँका ५३औं न्यायाधीश सूर्य कान्तसँग विगत ६ वर्षदेखि कार्यरत छन्। उत्कृष्ट सेवाका लागि माघ २३ गते राष्ट्रपति भवन, नयाँ दिल्लीमा आयोजित सर्वोच्च अदालतको ७५औं वार्षिकोत्सवमा विशेष सम्मानसमेत प्राप्त गरेका छन्।

तर खेमराज केवल एक सफल कर्मचारी मात्र होइनन्, उनी एक सहृदय, सहयोगी र समाजप्रति उत्तरदायी व्यक्ति पनि हुन्। समाजसेवी लक्ष्मी बोगटी कुँवरको माध्यमबाट उनले विपन्न, दुःखी र असहायहरूलाई निरन्तर सहयोग गर्दै आएका छन्। उनी भन्छन्, “संघर्षमै जीवन छ, आफै बाँच्ने मात्र होइन, अरूलाई पनि बाँच्न सहयोग गर्नु मानव धर्म हो।”

उनको परिवारमा श्रीमती, दुई छोराहरू, आमा, बुबा र उनी स्वयं गरी ६ जना सदस्य छन्। आमा–बुबा हाल भजनीमा बसोबास गर्दै छन् भने जेठा छोरा लक्स बुढा जापान जानको तयारीमा काठमाडौँमा अध्ययनरत छन्। खेमराज हाल श्रीमती र कान्छो छोरासँग नयाँ दिल्लीमा बस्दै आएका छन्।

खेमराज बुढाको जीवन एक सामान्य गाउँले किशोरबाट सुरु भई सर्वोच्च अदालतसम्मको प्रेरणादायी यात्रा हो। उनले देखाएका छन्— सीमित साधन, अप्ठ्यारा परिस्थितिमा पनि दृढ संकल्प, मेहनत र इमानदारीले असम्भव जस्तो लाग्ने लक्ष्यहरू पनि प्राप्त गर्न सकिन्छ।

उनको कथा लाखौं युवाहरूका लागि प्रेरणाको स्रोत हो— विशेषतः ती युवाहरूका लागि जो दुर्गम भूगोल, अभाव र बाधाहरूले जीवनमा सफल हुने सपना देख्न हिच्किचाउँछन्। खेमराजको यात्रा यही सन्देश दिन्छ— “जहाँ चाह, त्यहाँ राह।”

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बझाङको बुङ्गल नगरपालिका–३ तिपधारमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन गरिएको छ। भरत मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले परमा...
अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

धनगढी- अछामको ढकारी गाउँपालिका–३, तालीका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने भएका छन्। बाढीबाट प्रभावित नागरिकको दुःखलाई मध्यनजर...
कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

धनगढी- कैलालीका युवा करन साउदले बाढीपहिरोबाट प्रभावित परिवारको पीडालाई मध्यनजर गर्दै यस वर्ष व्यक्तिगत रूपमा दसैँ नमनाउने निर्णय ग...
दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

बझाङ: दुर्गाथली गाउँपालिकामा आगामी स्थानीय नेतृत्वको चर्चा चलिरहँदा नेकपा एमालेका एक युवा नेता महेश जोशी अध्यक्ष पदका बलिया दाबेदा...
सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

धनगढी- सुदूरपश्चिम प्रदेशमा पहिलोपटक एमबीबीएस अध्यापन हुने भएको छ। कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्या...
सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

धनगढी- सुदूरपश्चिम विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकाय, डडेल्धुराको डीनमा सहप्राध्यापक डा. डबल बहादुर धामी नियुक्त भएका छन्। ब...
अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

काठमाण्डौ- नेपाल टेलिकमको नयाँ सिमकार्ड लिन अब कार्यालयमै पुग्नुपर्ने बाध्यता हट्ने भएको छ। सरकारले अनलाइन आवेदनमार्फत घरमै सिमकार...
भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

काठमाडौँ- भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका ४ हजार १०८ परिवारलाई सरकारले प्रतिपरिवार ४५ हजार रुपैयाँका दरले नगद स...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज