Advertisement

अत्तरियामा भेटिएको शव अमरगढीका जगदीश कैनीको भएको पुष्टि

Advertisement

धनगढी— कैलालीको अत्तरियामा फेला परेको शवको सनाखत भएको छ। अत्तरियाको दुर्गा मन्दिर परिसरमा हत्या गरी फालिएको अवस्थामा भेटिएको शव डडेल्धुरा, अमरगढी नगरपालिका–७ पोखराका ३५ वर्षीय जगदीश कैनीको भएको पुष्टि भएको हो।

इलाका प्रहरी कार्यालय मालाखेतीका डिएसपी गंगाबहादुर थापाका अनुसार शवको सनाखत मृतकका दाइ राम कैनीले गरेका हुन्। शवको पोस्टमार्टम प्रक्रिया अगाडि बढाइएको छ।

डिएसपी थापाका अनुसार जगदीश कैनी घरपरिवारसँग नियमित सम्पर्कमा नरहने व्यक्ति थिए। “उहाँको स्थायी घर डडेल्धुरामा हो, तर बसोबास स्थायी थिएन,” थापाले भने, “मोबाइल पनि नबोक्ने, परिवारसँग सम्पर्क पनि नगर्ने बानी थियो।”

प्रहरीका अनुसार मृतकको आमा–बुबा, श्रीमती र छोराछोरी छैनन्, तर दाजु–भाउजू छन्।

हत्या कसले र किन गर्यो भन्ने अझै खुल्न सकेको छैन। अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

गत बुधबार (चैत २७) विहान अत्तरियास्थित दुर्गा मन्दिर परिसरमा टाउकोमा ढुंगा प्रहार गरी हत्या गरिएको अवस्थामा शव फेला परेको थियो। अनुहार पहिचान गर्न नसकिने गरी क्षतविक्षत अवस्थामा शव भेटिएको थियो।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बझाङको बुङ्गल नगरपालिका–३ तिपधारमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन गरिएको छ। भरत मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले परमा...
अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

धनगढी- अछामको ढकारी गाउँपालिका–३, तालीका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने भएका छन्। बाढीबाट प्रभावित नागरिकको दुःखलाई मध्यनजर...
कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

धनगढी- कैलालीका युवा करन साउदले बाढीपहिरोबाट प्रभावित परिवारको पीडालाई मध्यनजर गर्दै यस वर्ष व्यक्तिगत रूपमा दसैँ नमनाउने निर्णय ग...
दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

बझाङ: दुर्गाथली गाउँपालिकामा आगामी स्थानीय नेतृत्वको चर्चा चलिरहँदा नेकपा एमालेका एक युवा नेता महेश जोशी अध्यक्ष पदका बलिया दाबेदा...
सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

धनगढी- सुदूरपश्चिम प्रदेशमा पहिलोपटक एमबीबीएस अध्यापन हुने भएको छ। कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्या...
सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

धनगढी- सुदूरपश्चिम विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकाय, डडेल्धुराको डीनमा सहप्राध्यापक डा. डबल बहादुर धामी नियुक्त भएका छन्। ब...
अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

काठमाण्डौ- नेपाल टेलिकमको नयाँ सिमकार्ड लिन अब कार्यालयमै पुग्नुपर्ने बाध्यता हट्ने भएको छ। सरकारले अनलाइन आवेदनमार्फत घरमै सिमकार...
भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

काठमाडौँ- भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका ४ हजार १०८ परिवारलाई सरकारले प्रतिपरिवार ४५ हजार रुपैयाँका दरले नगद स...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज