Advertisement

आईपीएलमा कोलकाताको सानदार जित, धोनीको कप्तानीमा चेन्नई आठ विकेटले पराजित

Advertisement

काठमाडौं- भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) मा कोलकाता नाइट राइडर्सले चेन्नई सुपर किङ्सलाई आठ विकेटले पराजित गरेको छ।

महेन्द्रसिंह धोनी कप्तानीमा फर्किएको दिनमै चेन्नईले हार बेहोरेको हो। नियमित कप्तान ऋतुराज गायकवाड कुहिनाको चोटका कारण प्रतियोगिताबाट बाहिरिएपछि धोनीले नेतृत्व सम्हालेका थिए।

चेन्नईले दिएको १०४ रनको लक्ष्य कोलकाताले १० ओभर एक बलमा दुई विकेट गुमाउँदै १०७ रन बनाउँदै सजिलै पार गर्‍यो। सुनील नारायणले ४४ रन बनाउँदै जितमा महत्वपूर्ण योगदान दिए भने क्विन्टन डि ककले २३ रन जोडे।

चेन्नईतर्फ नूर अहमद र अन्सुल कामबोजले समान एक–एक विकेट लिए। त्यसअघि, एमए चिदम्बरम स्टेडियम, चेपौकमा टस हारेर पहिले ब्याटिङ गरेको चेन्नईले ९ विकेट गुमाएर १०३ रन मात्र बनाउन सक्यो।

चेन्नईका शिवम दुबेले अविजित ३१ रन बनाए भने विजय शंकरले २९ रन जोडे। कोलकाताका सुनील नारायणले तीन विकेट, हर्षित राना र वरुण चक्रवर्तीले दुई–दुई विकेट, र वैभव अरोरा तथा मोइन अलीले एक–एक विकेट लिए।

यस जितसँगै कोलकाता तेस्रो स्थानमा उक्लिँदै ६ खेलबाट ६ अङ्क जोड्न सफल भएको छ। लगातार पाँच खेलमा पराजित भएको चेन्नई दुई अङ्कसहित नवौं स्थानमा छ।

आईपीएलमा आज लखनउ सुपर जायन्ट्सले गुजरात टाइटन्ससँग र सनराइजर्स हैदराबादले पन्जाब किङ्ससँग प्रतिस्पर्धा गर्नेछन्।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बझाङको बुङ्गल नगरपालिका–३ तिपधारमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन गरिएको छ। भरत मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले परमा...
अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

धनगढी- अछामको ढकारी गाउँपालिका–३, तालीका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने भएका छन्। बाढीबाट प्रभावित नागरिकको दुःखलाई मध्यनजर...
कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

धनगढी- कैलालीका युवा करन साउदले बाढीपहिरोबाट प्रभावित परिवारको पीडालाई मध्यनजर गर्दै यस वर्ष व्यक्तिगत रूपमा दसैँ नमनाउने निर्णय ग...
दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

बझाङ: दुर्गाथली गाउँपालिकामा आगामी स्थानीय नेतृत्वको चर्चा चलिरहँदा नेकपा एमालेका एक युवा नेता महेश जोशी अध्यक्ष पदका बलिया दाबेदा...
सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

धनगढी- सुदूरपश्चिम प्रदेशमा पहिलोपटक एमबीबीएस अध्यापन हुने भएको छ। कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्या...
सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

धनगढी- सुदूरपश्चिम विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकाय, डडेल्धुराको डीनमा सहप्राध्यापक डा. डबल बहादुर धामी नियुक्त भएका छन्। ब...
अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

काठमाण्डौ- नेपाल टेलिकमको नयाँ सिमकार्ड लिन अब कार्यालयमै पुग्नुपर्ने बाध्यता हट्ने भएको छ। सरकारले अनलाइन आवेदनमार्फत घरमै सिमकार...
भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

काठमाडौँ- भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका ४ हजार १०८ परिवारलाई सरकारले प्रतिपरिवार ४५ हजार रुपैयाँका दरले नगद स...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज