Advertisement

बझाङको छडिभेल झरना आन्तरिक पर्यटकको आकर्षणमा

Advertisement

बझाङ- बझाङको थलारा गाउँपालिका–८ बिस्खेतस्थित छडिभेल झरना पछिल्लो समय आन्तरिक पर्यटकको लोकप्रिय गन्तव्य बन्दै गएको छ। छडिभवानी मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूहको संरक्षणमा रहेको यो झरना क्षेत्रमा बझाङका विभिन्न स्थानबाट मानिसहरू आउने गरेका छन्।

पर्यटकहरू झरनामा नुहाउने, फोटो र भिडियो खिच्ने, वनभोज गर्ने लगायतका गतिविधिमा रमाउने गरेका छन्। गर्मीयाममा थलारा, केदारस्यु, दुर्गाथली लगायतका पालिकाबाट दैनिक १०–२० जना पर्यटक पुग्ने गरेको स्थानीय यज्ञराज जोशीले बताए।

थलारा–८ घट्टेखेत निवासी लक्ष्मीराज जोशीका अनुसार पछिल्लो समय टाढाटाढाबाट पनि जिप र मोटरसाइकल चढेर पर्यटक आउने गरेका छन्। गाउँपालिकाको सक्रियतामा पानीको धारा, मन्दिर, प्रतिक्षालय, भिउ टावर, वनभोजका संरचना निर्माण भएपछि पर्यटकको आकर्षण बढेको हो।

वडा अध्यक्ष टिकाराज जोशीले छडिभेल झरना उत्कृष्ट गन्तव्य बन्दै गएको बताउँदै शनिबार र सार्वजनिक बिदामा पर्यटकको उल्लेख्य भिड लाग्ने जानकारी दिए। पूर्वाधार विकासका लागि गाउँपालिका र प्रदेश सरकारबाट बजेट विनियोजन भइसकेको र सडक निर्माणका लागि टेन्डर प्रक्रिया अगाडि बढेको उनले बताए।

छडिभेल झरना सदरमुकाम चैनपुरबाट करिब २५ किलोमिटर पश्चिममा पर्छ। डाडिखेत बेलमाटे चोकदेखि झरनासम्म करिब २ किलोमिटर पैदल हिँड्नुपर्छ। झरना क्षेत्र प्राकृतिक सौन्दर्यसँगै धार्मिक महत्वसमेत बोकेको छ।

स्कन्द पुराणको मानस खण्डअनुसार यहाँ संख्यश शिवको वास रहेको उल्लेख छ। महाशिवरात्रिमा भक्तजनहरू शिवको पूजा गर्न यहाँ पुग्ने गर्छन्। स्थानीयहरूले बर्तबन्धजस्ता धार्मिक कार्य पनि यहीं गर्ने गरेको वडा सदस्य ईश्वरराज जोशीले जानकारी दिए।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

ए.सी.जी. ग्रुपकाे CEO मा निशा चौधरी नियुक्त, 

  काठमाडौँ : २०८३ भदौ ६ गते (२२ अगस्ट२०२६) गतेका दिन बसेको बैठकले ए.सी.जी. ग्रुपले आफ्नो संस्थागत विकास, व्यवस्थापन प्रणाल...
जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीमा गेटामा रक्तदान कार्यक्रम आयोजना

जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीमा गेटामा रक्तदान कार्यक्रम आयोजना

धनगढी- राष्ट्रिय विभूति एवम् मानवतावादी चिन्तक जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीको अवसरमा कैलालीको गेटामा विशेष रक्तदान कार्य...
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार पदमा डा. दीर्घराज जोशीको उम्मेदवारी

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार पदमा डा. दीर्घराज जोशीको उम्मेदवारी

जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार (कुलसचिव) पदका लागि १५ जनाले उम्मेदवारी दिएका छन्। प्रतिष्ठानले सार्वजन...
केदारस्युँ-९ मा रास्वपाबाट मल्लको उम्मेदवारी दिने तयारी

केदारस्युँ-९ मा रास्वपाबाट मल्लको उम्मेदवारी दिने तयारी

बझाङ- बझाङको केदारस्युँ गाउँपालिका- ९ को वडाध्यक्ष पदका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट धिरेन्द्र मल्लले उम्मेदवारी ...
जन्मदिनको अवसरमा समाजसेवी थापाद्वारा प्रतिक्षालय निर्माण गरी हस्तान्तरण

जन्मदिनको अवसरमा समाजसेवी थापाद्वारा प्रतिक्षालय निर्माण गरी हस्तान्तरण

अछाम- अछामको चौरपाटी गाउँपालिका-१ सिउँडी खातिवाडा निवासी समाजसेवी तथा सिउँडी माध्यमिक विद्यालयका पूर्व विद्यालय व्यवस्थापन समिति अ...
कैलालीको भजनीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

कैलालीको भजनीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

धनगढी- कैलालीको भजनी नगरपालिका–४ कुडीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। बुधबार राति करिब ९ बजे धनौराबाट भजनीतर्फ...
आज देशभर वर्षाको सम्भावना, तीन प्रदेशमा भारी वर्षाको चेतावनी

आज देशभर वर्षाको सम्भावना, तीन प्रदेशमा भारी वर्षाको चेतावनी

काठमाडौं- देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास रहेको छ।...
ट्रम्पद्वारा इरानमाथि थप कडा आर्थिक प्रतिबन्धको चेतावनी

ट्रम्पद्वारा इरानमाथि थप कडा आर्थिक प्रतिबन्धको चेतावनी

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि पुनः कडा आर्थिक प्रतिबन्ध लगाउने चेतावनी दिएका छन्। दुई देशबीच पाँच महिन...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज