Advertisement

बझाङको छडिभेल झरना आन्तरिक पर्यटकको आकर्षणमा

Advertisement

बझाङ- बझाङको थलारा गाउँपालिका–८ बिस्खेतस्थित छडिभेल झरना पछिल्लो समय आन्तरिक पर्यटकको लोकप्रिय गन्तव्य बन्दै गएको छ। छडिभवानी मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूहको संरक्षणमा रहेको यो झरना क्षेत्रमा बझाङका विभिन्न स्थानबाट मानिसहरू आउने गरेका छन्।

पर्यटकहरू झरनामा नुहाउने, फोटो र भिडियो खिच्ने, वनभोज गर्ने लगायतका गतिविधिमा रमाउने गरेका छन्। गर्मीयाममा थलारा, केदारस्यु, दुर्गाथली लगायतका पालिकाबाट दैनिक १०–२० जना पर्यटक पुग्ने गरेको स्थानीय यज्ञराज जोशीले बताए।

थलारा–८ घट्टेखेत निवासी लक्ष्मीराज जोशीका अनुसार पछिल्लो समय टाढाटाढाबाट पनि जिप र मोटरसाइकल चढेर पर्यटक आउने गरेका छन्। गाउँपालिकाको सक्रियतामा पानीको धारा, मन्दिर, प्रतिक्षालय, भिउ टावर, वनभोजका संरचना निर्माण भएपछि पर्यटकको आकर्षण बढेको हो।

वडा अध्यक्ष टिकाराज जोशीले छडिभेल झरना उत्कृष्ट गन्तव्य बन्दै गएको बताउँदै शनिबार र सार्वजनिक बिदामा पर्यटकको उल्लेख्य भिड लाग्ने जानकारी दिए। पूर्वाधार विकासका लागि गाउँपालिका र प्रदेश सरकारबाट बजेट विनियोजन भइसकेको र सडक निर्माणका लागि टेन्डर प्रक्रिया अगाडि बढेको उनले बताए।

छडिभेल झरना सदरमुकाम चैनपुरबाट करिब २५ किलोमिटर पश्चिममा पर्छ। डाडिखेत बेलमाटे चोकदेखि झरनासम्म करिब २ किलोमिटर पैदल हिँड्नुपर्छ। झरना क्षेत्र प्राकृतिक सौन्दर्यसँगै धार्मिक महत्वसमेत बोकेको छ।

स्कन्द पुराणको मानस खण्डअनुसार यहाँ संख्यश शिवको वास रहेको उल्लेख छ। महाशिवरात्रिमा भक्तजनहरू शिवको पूजा गर्न यहाँ पुग्ने गर्छन्। स्थानीयहरूले बर्तबन्धजस्ता धार्मिक कार्य पनि यहीं गर्ने गरेको वडा सदस्य ईश्वरराज जोशीले जानकारी दिए।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बझाङको बुङ्गल नगरपालिका–३ तिपधारमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन गरिएको छ। भरत मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले परमा...
अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

धनगढी- अछामको ढकारी गाउँपालिका–३, तालीका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने भएका छन्। बाढीबाट प्रभावित नागरिकको दुःखलाई मध्यनजर...
कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

धनगढी- कैलालीका युवा करन साउदले बाढीपहिरोबाट प्रभावित परिवारको पीडालाई मध्यनजर गर्दै यस वर्ष व्यक्तिगत रूपमा दसैँ नमनाउने निर्णय ग...
दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

बझाङ: दुर्गाथली गाउँपालिकामा आगामी स्थानीय नेतृत्वको चर्चा चलिरहँदा नेकपा एमालेका एक युवा नेता महेश जोशी अध्यक्ष पदका बलिया दाबेदा...
सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

धनगढी- सुदूरपश्चिम प्रदेशमा पहिलोपटक एमबीबीएस अध्यापन हुने भएको छ। कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्या...
सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

धनगढी- सुदूरपश्चिम विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकाय, डडेल्धुराको डीनमा सहप्राध्यापक डा. डबल बहादुर धामी नियुक्त भएका छन्। ब...
अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

काठमाण्डौ- नेपाल टेलिकमको नयाँ सिमकार्ड लिन अब कार्यालयमै पुग्नुपर्ने बाध्यता हट्ने भएको छ। सरकारले अनलाइन आवेदनमार्फत घरमै सिमकार...
भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

काठमाडौँ- भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका ४ हजार १०८ परिवारलाई सरकारले प्रतिपरिवार ४५ हजार रुपैयाँका दरले नगद स...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज