Advertisement

माओवादी केन्द्र: सुदूरपश्चिमका सह–इन्चार्ज पद खारेज, नयाँ जिम्मेवारीमा भट्ट र मगर

Advertisement

धनगढी– नेकपा (माओवादी केन्द्र) सुदूरपश्चिम प्रदेशका सह–इन्चार्ज खराज भट्ट र बिना मगरको पद खारेज गरिएको छ। पार्टीको केन्द्रीय कार्यालयमा चैत १८ र १९ गते बसेको बैठकले अबदेखि प्रदेशमा सह–इन्चार्ज पद नराख्ने निर्णय गरेपछि उक्त पद खारेज गरिएको हो।

पद खारेज भएपछि उनीहरूलाई प्रदेश समन्वय कार्यालयको सदस्यका रूपमा जिम्मेवारी दिइने भएको छ। बैठकले सह–इन्चार्ज पदमा रहेका नेताहरूलाई प्रदेश समन्वय कार्यालयमा निरन्तर सक्रिय राख्ने निर्णय गरेको छ।

अबदेखि कार्य विभाजनको जिम्मा प्रदेश समन्वय कार्यालयले लिनेछ। आवश्यक परेमा कार्यालय विस्तार गर्न सकिनेछ भने त्यसका लागि प्रदेश कार्यालयको सिफारिसमा केन्द्रीय कार्यालयले अन्तिम निर्णय गर्नेछ।

बैठकले केन्द्रीय समितिप्रति जबाफदेही हुने गरी सदस्यहरूको कार्य विभाजन गर्ने निर्णय पनि गरेको छ। यस क्रममा प्रदेश समन्वय कार्यालयलाई पहिले तय गरिएको मापदण्डअनुसार नै सञ्चालन गरिनेछ।

यसैबीच, केही जिल्लामा नयाँ इन्चार्ज पनि तोकिएको छ। सुदूरपश्चिम प्रदेश अन्तर्गत बाजुरा जिल्लाको इन्चार्जमा मनलाल खत्रीलाई नियुक्त गरिएको छ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बझाङको बुङ्गल नगरपालिका–३ तिपधारमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन गरिएको छ। भरत मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले परमा...
अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

धनगढी- अछामको ढकारी गाउँपालिका–३, तालीका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने भएका छन्। बाढीबाट प्रभावित नागरिकको दुःखलाई मध्यनजर...
कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

धनगढी- कैलालीका युवा करन साउदले बाढीपहिरोबाट प्रभावित परिवारको पीडालाई मध्यनजर गर्दै यस वर्ष व्यक्तिगत रूपमा दसैँ नमनाउने निर्णय ग...
दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

बझाङ: दुर्गाथली गाउँपालिकामा आगामी स्थानीय नेतृत्वको चर्चा चलिरहँदा नेकपा एमालेका एक युवा नेता महेश जोशी अध्यक्ष पदका बलिया दाबेदा...
सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

धनगढी- सुदूरपश्चिम प्रदेशमा पहिलोपटक एमबीबीएस अध्यापन हुने भएको छ। कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्या...
सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

धनगढी- सुदूरपश्चिम विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकाय, डडेल्धुराको डीनमा सहप्राध्यापक डा. डबल बहादुर धामी नियुक्त भएका छन्। ब...
अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

काठमाण्डौ- नेपाल टेलिकमको नयाँ सिमकार्ड लिन अब कार्यालयमै पुग्नुपर्ने बाध्यता हट्ने भएको छ। सरकारले अनलाइन आवेदनमार्फत घरमै सिमकार...
भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

काठमाडौँ- भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका ४ हजार १०८ परिवारलाई सरकारले प्रतिपरिवार ४५ हजार रुपैयाँका दरले नगद स...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज