Advertisement

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा वन्यजन्तु उद्धार केन्द्र बन्दै

Advertisement

कञ्चनपुर- शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको पूर्वी क्षेत्र अर्जुनीमा बाघ–चितुवा लगायतका जनावरलाई उद्धार गरी राख्नका लागि वन्यजन्तु उद्धार केन्द्र निर्माण अन्तिम चरणमा पुगेको छ । राष्ट्रिय प्रकृति संरक्षण कोषको एक करोड बढीको लगानीमा दुई उद्धार केन्द्र निर्माण भइरहेका छन् । केन्द्रका लागि पूर्वाधार निर्माण अन्तिम चरणमा पुगेको कोषका कञ्चनपुर कार्यालय प्रमुख लक्ष्मीराज जोशीले बताए ।

“खानेपानी, विद्युत्, सिसिटिभी जडानको कार्य हुन बाँकी छ” उनले भने, “केन्द्रको चारैतिर सडक ९पहुँच मार्ग० निर्माण भइरहेको छ,भने घेरबार राख्ने कार्य हुन बाँकी रहेको छ ।” केन्द्रको भौतिक पूर्वाधार निर्माणको पूरा हुनै लागे पनि अन्य कार्यका लागि दातृ निकायको खोजी गरी रहेको उनले उल्लेख गरे ।“बाघ–चितुवा लगायतका जनावरलाई निकुञ्जको मध्यवर्ती क्षेत्रबाट उद्धार गरेर ल्याएपछि खुवाउने आहाराको व्यवस्थाका लागि पनि आवश्यक बजेटको जोहो मिलाउने कार्य हुन बाँकी छ” कार्यालय प्रमुख जोशीले भने, “त्यसको प्रबन्धका लागि कार्य अगाडि बढाउनु छ ।”

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका सूचना अधिकारी पुरुषोत्तम वाग्लेले केन्द्र निर्माणका लागि निकुञ्ज कार्यालयले प्राविधिक सहयोग र निर्माणका लागि जग्गा व्यवस्थापनसँगै अनुमति दिने कार्य गरेको बताए । “पूर्वाधार निर्माणको सम्पूर्ण कार्य एनटिएनसीले गरेको छ” उनले भने, “एकरदुई महिनाभित्रै केन्द्र पूर्णरुपमा निर्माण भइसक्छ ।”

मध्यवर्ती क्षेत्रबाट उद्धार गरी ल्याउने बाघ–चितुवा लगायतका अन्य जनावरको केन्द्रमा राखेर स्वास्थ्य परीक्षणको कार्यसँगै उपचार गरेपछि सुरक्षित स्थानमा छाडिने उनले बताए । नरभक्षी भएका बाघ–चितुवालाई उद्धार गरेर ल्याएपछि आनीबानीमा सुधार नहुँदासम्म केन्द्रमा राखिने र त्यसपछि सुरक्षित स्थानमा छाडिने उनको भनाइ छ । उनका अनुसार अलपत्र अवस्थामा फेला परेका, अशक्त, घाइते र समस्याग्रस्त जीवजन्तुको उद्धार गरी केन्द्रमा राखेर पालनपोषणको कार्य गरी वासस्थानमा पुनर्स्थापन गर्न सघाउ पुग्ने उनले बताए ।

आधुनिक शैलीमा जीवजन्तुलाई राख्नका लागि निर्माण भइरहेको केन्द्र सुदूरपश्चिम क्षेत्रमा पहिलो रहेको छ । भने चितुवा लगायतका जनावरलाई उद्धार गरी राख्नका लागि डडेल्धुरामा एनटिएनसीले खोर यस अघि नै निर्माण गरी सञ्चालनमा ल्याएको थियो ।

निकुञ्जमा बाघ–चितुवालगायतका जनावरको सङ्ख्यामा वृद्धि भएपछि मध्यवर्ती क्षेत्रका बासिन्दाको खेतबारीमा देखिन थालेका छन् । गत साता बेलौरी नगरपालिकामा र साउन महिनामा दोधारा चाँदनी नगरपालिका क्षेत्रबाट निकुञ्ज कार्यालयले दुई वटा बाघको सकुशल उद्धार गरी सुरक्षित स्थानमा छाडेको छ ।

प्रत्येक महिना निकुञ्जको मध्यवर्ती क्षेत्रका बस्तीमा चितुवा देखिने गरेको छ । निकुञ्ज र कोषको टोलीले उद्धार गरी सुरक्षित स्थानमा छाडने कार्य गर्दै आएका छन् । उद्धार केन्द्र नहुँदा निकुञ्जलाई उद्धार गरिएका जनावर राख्नका लागि समस्या हुँदै आएको थियो ।

केन्द्र निर्माणको कार्यले जीवजन्तुको उद्धार गरी राख्नका लागि सहज हुने भएको छ । यस कार्यले उद्धार गरिएका जीवजन्तुलाई पुरानै वासस्थानमा पुनः स्थापन गराउन पनि सहयोग पुग्ने भएको छ । उद्धार गरी केन्द्रमा राखिएका स्वस्थ वन्यजन्तुलाई शैक्षिक प्रयोजनका लागि अध्ययन अनुसन्धान गर्न सकिने बताइएको छ । रासस 

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बझाङको बुङ्गल नगरपालिका–३ तिपधारमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन गरिएको छ। भरत मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले परमा...
अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

धनगढी- अछामको ढकारी गाउँपालिका–३, तालीका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने भएका छन्। बाढीबाट प्रभावित नागरिकको दुःखलाई मध्यनजर...
कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

धनगढी- कैलालीका युवा करन साउदले बाढीपहिरोबाट प्रभावित परिवारको पीडालाई मध्यनजर गर्दै यस वर्ष व्यक्तिगत रूपमा दसैँ नमनाउने निर्णय ग...
दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

बझाङ: दुर्गाथली गाउँपालिकामा आगामी स्थानीय नेतृत्वको चर्चा चलिरहँदा नेकपा एमालेका एक युवा नेता महेश जोशी अध्यक्ष पदका बलिया दाबेदा...
सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

धनगढी- सुदूरपश्चिम प्रदेशमा पहिलोपटक एमबीबीएस अध्यापन हुने भएको छ। कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्या...
सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

धनगढी- सुदूरपश्चिम विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकाय, डडेल्धुराको डीनमा सहप्राध्यापक डा. डबल बहादुर धामी नियुक्त भएका छन्। ब...
अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

काठमाण्डौ- नेपाल टेलिकमको नयाँ सिमकार्ड लिन अब कार्यालयमै पुग्नुपर्ने बाध्यता हट्ने भएको छ। सरकारले अनलाइन आवेदनमार्फत घरमै सिमकार...
भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

काठमाडौँ- भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका ४ हजार १०८ परिवारलाई सरकारले प्रतिपरिवार ४५ हजार रुपैयाँका दरले नगद स...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज