Advertisement

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा वन्यजन्तु उद्धार केन्द्र बन्दै

Advertisement

कञ्चनपुर- शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको पूर्वी क्षेत्र अर्जुनीमा बाघ–चितुवा लगायतका जनावरलाई उद्धार गरी राख्नका लागि वन्यजन्तु उद्धार केन्द्र निर्माण अन्तिम चरणमा पुगेको छ । राष्ट्रिय प्रकृति संरक्षण कोषको एक करोड बढीको लगानीमा दुई उद्धार केन्द्र निर्माण भइरहेका छन् । केन्द्रका लागि पूर्वाधार निर्माण अन्तिम चरणमा पुगेको कोषका कञ्चनपुर कार्यालय प्रमुख लक्ष्मीराज जोशीले बताए ।

“खानेपानी, विद्युत्, सिसिटिभी जडानको कार्य हुन बाँकी छ” उनले भने, “केन्द्रको चारैतिर सडक ९पहुँच मार्ग० निर्माण भइरहेको छ,भने घेरबार राख्ने कार्य हुन बाँकी रहेको छ ।” केन्द्रको भौतिक पूर्वाधार निर्माणको पूरा हुनै लागे पनि अन्य कार्यका लागि दातृ निकायको खोजी गरी रहेको उनले उल्लेख गरे ।“बाघ–चितुवा लगायतका जनावरलाई निकुञ्जको मध्यवर्ती क्षेत्रबाट उद्धार गरेर ल्याएपछि खुवाउने आहाराको व्यवस्थाका लागि पनि आवश्यक बजेटको जोहो मिलाउने कार्य हुन बाँकी छ” कार्यालय प्रमुख जोशीले भने, “त्यसको प्रबन्धका लागि कार्य अगाडि बढाउनु छ ।”

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका सूचना अधिकारी पुरुषोत्तम वाग्लेले केन्द्र निर्माणका लागि निकुञ्ज कार्यालयले प्राविधिक सहयोग र निर्माणका लागि जग्गा व्यवस्थापनसँगै अनुमति दिने कार्य गरेको बताए । “पूर्वाधार निर्माणको सम्पूर्ण कार्य एनटिएनसीले गरेको छ” उनले भने, “एकरदुई महिनाभित्रै केन्द्र पूर्णरुपमा निर्माण भइसक्छ ।”

मध्यवर्ती क्षेत्रबाट उद्धार गरी ल्याउने बाघ–चितुवा लगायतका अन्य जनावरको केन्द्रमा राखेर स्वास्थ्य परीक्षणको कार्यसँगै उपचार गरेपछि सुरक्षित स्थानमा छाडिने उनले बताए । नरभक्षी भएका बाघ–चितुवालाई उद्धार गरेर ल्याएपछि आनीबानीमा सुधार नहुँदासम्म केन्द्रमा राखिने र त्यसपछि सुरक्षित स्थानमा छाडिने उनको भनाइ छ । उनका अनुसार अलपत्र अवस्थामा फेला परेका, अशक्त, घाइते र समस्याग्रस्त जीवजन्तुको उद्धार गरी केन्द्रमा राखेर पालनपोषणको कार्य गरी वासस्थानमा पुनर्स्थापन गर्न सघाउ पुग्ने उनले बताए ।

आधुनिक शैलीमा जीवजन्तुलाई राख्नका लागि निर्माण भइरहेको केन्द्र सुदूरपश्चिम क्षेत्रमा पहिलो रहेको छ । भने चितुवा लगायतका जनावरलाई उद्धार गरी राख्नका लागि डडेल्धुरामा एनटिएनसीले खोर यस अघि नै निर्माण गरी सञ्चालनमा ल्याएको थियो ।

निकुञ्जमा बाघ–चितुवालगायतका जनावरको सङ्ख्यामा वृद्धि भएपछि मध्यवर्ती क्षेत्रका बासिन्दाको खेतबारीमा देखिन थालेका छन् । गत साता बेलौरी नगरपालिकामा र साउन महिनामा दोधारा चाँदनी नगरपालिका क्षेत्रबाट निकुञ्ज कार्यालयले दुई वटा बाघको सकुशल उद्धार गरी सुरक्षित स्थानमा छाडेको छ ।

प्रत्येक महिना निकुञ्जको मध्यवर्ती क्षेत्रका बस्तीमा चितुवा देखिने गरेको छ । निकुञ्ज र कोषको टोलीले उद्धार गरी सुरक्षित स्थानमा छाडने कार्य गर्दै आएका छन् । उद्धार केन्द्र नहुँदा निकुञ्जलाई उद्धार गरिएका जनावर राख्नका लागि समस्या हुँदै आएको थियो ।

केन्द्र निर्माणको कार्यले जीवजन्तुको उद्धार गरी राख्नका लागि सहज हुने भएको छ । यस कार्यले उद्धार गरिएका जीवजन्तुलाई पुरानै वासस्थानमा पुनः स्थापन गराउन पनि सहयोग पुग्ने भएको छ । उद्धार गरी केन्द्रमा राखिएका स्वस्थ वन्यजन्तुलाई शैक्षिक प्रयोजनका लागि अध्ययन अनुसन्धान गर्न सकिने बताइएको छ । रासस 

प्रतिक्रिया

छुटाउनुभयो कि ?

ए.सी.जी. ग्रुपकाे CEO मा निशा चौधरी नियुक्त, 

  काठमाडौँ : २०८३ भदौ ६ गते (२२ अगस्ट२०२६) गतेका दिन बसेको बैठकले ए.सी.जी. ग्रुपले आफ्नो संस्थागत विकास, व्यवस्थापन प्रणाल...
जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीमा गेटामा रक्तदान कार्यक्रम आयोजना

जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीमा गेटामा रक्तदान कार्यक्रम आयोजना

धनगढी- राष्ट्रिय विभूति एवम् मानवतावादी चिन्तक जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीको अवसरमा कैलालीको गेटामा विशेष रक्तदान कार्य...
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार पदमा डा. दीर्घराज जोशीको उम्मेदवारी

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार पदमा डा. दीर्घराज जोशीको उम्मेदवारी

जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार (कुलसचिव) पदका लागि १५ जनाले उम्मेदवारी दिएका छन्। प्रतिष्ठानले सार्वजन...
केदारस्युँ-९ मा रास्वपाबाट मल्लको उम्मेदवारी दिने तयारी

केदारस्युँ-९ मा रास्वपाबाट मल्लको उम्मेदवारी दिने तयारी

बझाङ- बझाङको केदारस्युँ गाउँपालिका- ९ को वडाध्यक्ष पदका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट धिरेन्द्र मल्लले उम्मेदवारी ...
जन्मदिनको अवसरमा समाजसेवी थापाद्वारा प्रतिक्षालय निर्माण गरी हस्तान्तरण

जन्मदिनको अवसरमा समाजसेवी थापाद्वारा प्रतिक्षालय निर्माण गरी हस्तान्तरण

अछाम- अछामको चौरपाटी गाउँपालिका-१ सिउँडी खातिवाडा निवासी समाजसेवी तथा सिउँडी माध्यमिक विद्यालयका पूर्व विद्यालय व्यवस्थापन समिति अ...
कैलालीको भजनीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

कैलालीको भजनीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

धनगढी- कैलालीको भजनी नगरपालिका–४ कुडीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। बुधबार राति करिब ९ बजे धनौराबाट भजनीतर्फ...
आज देशभर वर्षाको सम्भावना, तीन प्रदेशमा भारी वर्षाको चेतावनी

आज देशभर वर्षाको सम्भावना, तीन प्रदेशमा भारी वर्षाको चेतावनी

काठमाडौं- देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास रहेको छ।...
ट्रम्पद्वारा इरानमाथि थप कडा आर्थिक प्रतिबन्धको चेतावनी

ट्रम्पद्वारा इरानमाथि थप कडा आर्थिक प्रतिबन्धको चेतावनी

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि पुनः कडा आर्थिक प्रतिबन्ध लगाउने चेतावनी दिएका छन्। दुई देशबीच पाँच महिन...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज