Advertisement

स्ववियु उम्मेदवार अम्बिका चौधरीलाई धम्की: “डराएको छैन, अडिग छु”

Advertisement

धनगढी – धनगढीमा रहेको कैलाली बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा सभापति पदकी उम्मेदवार अम्बिका चौधरीले आफूलाई अराजक समूहले पटक–पटक धम्की दिएको खुलासा गरेकी छन्। नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ (नेविसंघ) बाट बिद्रोह गर्दै स्वतन्त्र उम्मेदवारी दिएकी चौधरीले धम्कीका बाबजुद पनि आफ्नो उम्मेदवारी कायम रहेको स्पष्ट पारिन्।
“म अत्यन्त दुःखी छु, तर डराएकी छैन, हिम्मत हारेकी छैन,” चौधरीले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको अपिलमा भनेकी छन्, “धम्की, लोभ र प्रलोभन सबै आयो, तर म अडिग छु।”
उनले निर्वाचनमा स्वतन्त्र, निष्पक्ष र विवेकयुक्त मतदानको आग्रह गर्दै भनिन्, “कसैले पनि डर, धम्की वा लोभमा परेर आफ्नो मतदान अधिकार गुमाउनु हुँदैन। परिवर्तन आफैंबाट सुरु गर्नुपर्छ।”
चौधरीले महिला र चौधरी समुदायको प्रतिनिधित्व गर्ने भएकै कारण आफूलाई उम्मेदवारीका लागि अवरोध सिर्जना गरिएको आरोप पनि लगाइन्। “मलाई टिकटबाट वञ्चित गरियो, तर म टुटिनँ। म विद्यार्थीहरूको आशा र भरोसाका लागि उम्मेदवार बनेकी हुँ,” उनले भनिन्।
उनले केही व्यक्तिहरूले आफू उम्मेदवारी फिर्ता लिएको भन्दै झूठा प्रचार गरेर चरित्र हत्या गर्न खोजेको आरोपसमेत लगाएकी छन्।
अन्त्यमा, उनले उम्मेदवारी फिर्ता लिएका साथीहरूलाई धन्यवाद दिँदै अझै पनि साथ र सहयोगको अपेक्षा राखेकी छन्।

चौधरी यसअघि नेविसंघबाटै निर्वाचित भएकी थिइन्, तर यसपटक संस्थाले सन्तोष पन्तलाई उम्मेदवार बनाएपछि उनले स्वतन्त्र उम्मेदवारी दिएकी हुन्।
क्याम्पसमा स्ववियु निर्वाचन आगामी चैत २७ गते हुने तय भएको छ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बझाङको बुङ्गल नगरपालिका–३ तिपधारमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन गरिएको छ। भरत मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले परमा...
अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

धनगढी- अछामको ढकारी गाउँपालिका–३, तालीका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने भएका छन्। बाढीबाट प्रभावित नागरिकको दुःखलाई मध्यनजर...
कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

धनगढी- कैलालीका युवा करन साउदले बाढीपहिरोबाट प्रभावित परिवारको पीडालाई मध्यनजर गर्दै यस वर्ष व्यक्तिगत रूपमा दसैँ नमनाउने निर्णय ग...
दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

बझाङ: दुर्गाथली गाउँपालिकामा आगामी स्थानीय नेतृत्वको चर्चा चलिरहँदा नेकपा एमालेका एक युवा नेता महेश जोशी अध्यक्ष पदका बलिया दाबेदा...
सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

धनगढी- सुदूरपश्चिम प्रदेशमा पहिलोपटक एमबीबीएस अध्यापन हुने भएको छ। कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्या...
सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

धनगढी- सुदूरपश्चिम विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकाय, डडेल्धुराको डीनमा सहप्राध्यापक डा. डबल बहादुर धामी नियुक्त भएका छन्। ब...
अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

काठमाण्डौ- नेपाल टेलिकमको नयाँ सिमकार्ड लिन अब कार्यालयमै पुग्नुपर्ने बाध्यता हट्ने भएको छ। सरकारले अनलाइन आवेदनमार्फत घरमै सिमकार...
भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

काठमाडौँ- भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका ४ हजार १०८ परिवारलाई सरकारले प्रतिपरिवार ४५ हजार रुपैयाँका दरले नगद स...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज