Advertisement

बैतडीको दशरथचन्द नगरपालिकाद्वारा नगर वस सञ्चालनमा

Advertisement

बैतडी – बैतडीको दशरथचन्द नगरपालिकाले तेश्रो स्थापना दिवस तथा २९ औं वार्षिकोत्सवको अवसर पारेर नगर वस सेवा सञ्चालनमा ल्याएको छ।
स्थापना दिवसको अवसरमा चैत २२ गते सरसफाइ कार्यक्रम आयोजना गरिनुका साथै, चैत २४ गते नगर सभाहलमा अन्तरक्रियात्मक कार्यक्रम गरिएको थियो।
नगर प्रमुख पुष्करराज जोशी (लख्खाभाइ)को अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्याय रहेका थिए। नगर उपप्रमुख कौशिला चन्द, वडा अध्यक्षहरू, कार्यपालिका सदस्य, कर्मचारी तथा सर्वसाधारणको समेत उल्लेखनीय उपस्थिति रहेको थियो।
यसै अवसरमा केही दिनअघि खरिद गरिएको नगर वस सेवाको विधिवत पूजाआजासहित उद्घाटन गरिएको छ। नगर वसलाई गढी क्षेत्रबाट सुरु गरी वडा नं. १ मुस्याचोर, वडा नं. ९ र ११ को सिमानासम्म संचालन गरिएको हो।
नगर प्रमुख जोशीले नयाँ वर्षदेखि नियमित रूपमा सेवा सञ्चालन गरिने जानकारी दिँदै भने, “चुनावको बेलामा नागरिक सामु गरेको प्रतिबद्धता पूरा गर्न पाउँदा निकै खुसी लागेको छ। नगरबासीको इच्छा अनुसार नगरपालिका निरन्तर काम गर्दै जान्छ भन्ने विश्वास दिलाउन चाहन्छु।”
नगरपालिकाले वस सेवा सञ्चालन गर्न ‘नगर वस सेवा सञ्चालन कार्यविधि २०८०’ पारित गरिसकेको र सोही अनुसार सेवा अगाडि बढाइने पनि जनाइएको छ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

ए.सी.जी. ग्रुपकाे CEO मा निशा चौधरी नियुक्त, 

  काठमाडौँ : २०८३ भदौ ६ गते (२२ अगस्ट२०२६) गतेका दिन बसेको बैठकले ए.सी.जी. ग्रुपले आफ्नो संस्थागत विकास, व्यवस्थापन प्रणाल...
जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीमा गेटामा रक्तदान कार्यक्रम आयोजना

जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीमा गेटामा रक्तदान कार्यक्रम आयोजना

धनगढी- राष्ट्रिय विभूति एवम् मानवतावादी चिन्तक जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीको अवसरमा कैलालीको गेटामा विशेष रक्तदान कार्य...
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार पदमा डा. दीर्घराज जोशीको उम्मेदवारी

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार पदमा डा. दीर्घराज जोशीको उम्मेदवारी

जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार (कुलसचिव) पदका लागि १५ जनाले उम्मेदवारी दिएका छन्। प्रतिष्ठानले सार्वजन...
केदारस्युँ-९ मा रास्वपाबाट मल्लको उम्मेदवारी दिने तयारी

केदारस्युँ-९ मा रास्वपाबाट मल्लको उम्मेदवारी दिने तयारी

बझाङ- बझाङको केदारस्युँ गाउँपालिका- ९ को वडाध्यक्ष पदका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट धिरेन्द्र मल्लले उम्मेदवारी ...
जन्मदिनको अवसरमा समाजसेवी थापाद्वारा प्रतिक्षालय निर्माण गरी हस्तान्तरण

जन्मदिनको अवसरमा समाजसेवी थापाद्वारा प्रतिक्षालय निर्माण गरी हस्तान्तरण

अछाम- अछामको चौरपाटी गाउँपालिका-१ सिउँडी खातिवाडा निवासी समाजसेवी तथा सिउँडी माध्यमिक विद्यालयका पूर्व विद्यालय व्यवस्थापन समिति अ...
कैलालीको भजनीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

कैलालीको भजनीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

धनगढी- कैलालीको भजनी नगरपालिका–४ कुडीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। बुधबार राति करिब ९ बजे धनौराबाट भजनीतर्फ...
आज देशभर वर्षाको सम्भावना, तीन प्रदेशमा भारी वर्षाको चेतावनी

आज देशभर वर्षाको सम्भावना, तीन प्रदेशमा भारी वर्षाको चेतावनी

काठमाडौं- देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास रहेको छ।...
ट्रम्पद्वारा इरानमाथि थप कडा आर्थिक प्रतिबन्धको चेतावनी

ट्रम्पद्वारा इरानमाथि थप कडा आर्थिक प्रतिबन्धको चेतावनी

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि पुनः कडा आर्थिक प्रतिबन्ध लगाउने चेतावनी दिएका छन्। दुई देशबीच पाँच महिन...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज