Advertisement

बझाङमा जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

Advertisement

नरेश बिष्ट बझाङ- बझाङमा जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । स्वास्थका लागि खेलकुद, रास्ट्रका लागि खेलकुद, बझाङको एकता , खेलकुद बिकाशका लागि हाम्रो प्रतिबद्धता, भन्ने मुल नाराका साथ केदारस्यूँ गाउँपालिका ९ झोतामा १५ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरुभएको हो ।

जिल्ला खेलकुद समिति अध्यक्ष पुष्पलाल रोकायाको अध्यक्षतामा सुरुभएको कार्यक्रममा पूर्वमन्त्री तथा प्रतिनिधिसभा सदस्य भानुभक्त जोशी प्रमुख अतिथि रहनुभएको थियो।
प्रतियोगिता उद्घाटन कार्यक्रममा विशिष्ट अतिथि क्षेत्र नं १ का प्रदेशसभा सदस्य दमन बहादुर भण्डारी रहनुभएको थियोे ।

कार्यक्रममा १२ वटै स्थानीय तहका प्रमुख उपप्रमुख , वडाध्यक्ष, विभिन्न सरकारी कार्यालय प्रमुख, सुरक्षाकर्मी, पत्रकार तथा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

त्यस्तै, १२ वटै पालिकाबाट सहभागी विद्यार्थी खेलाडीहरू तथा स्थानीय दर्शकहरूको समेत बाक्लो उपस्थिती रहेको थियो।

उद्घाटन समारोहपूर्व सहभागी खेलाडीहरूले झोता बजारबाट भैरव माध्यमिक विद्यालयसम्म आकर्षक र्‍याली निकालेका थिए। उद्घाटन कार्यक्रममा मार्चपास, राष्ट्रिय गान, स्वागत मन्तव्य तथा विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो।

कार्यक्रमका प्रमुख अतिथि प्रतिनिधि सभा सदस्य जोशीले यस्ता कार्यक्रमहरू विद्यार्थीहरूमा आत्मविश्वास, अनुशासन र देशभक्तिको भावना विकास गर्न प्रभावकारी हुने बताए । उनलेे ग्रामीण क्षेत्रका लुकेका प्रतिभा उजागर गर्न प्रतियोगिता सहयोगी हुने विश्वास व्यक्त गरे । यस्तै आफू निर्वाचित भए यता बझाङ जिल्लाको समग्र विकासलाई प्राथमिकतामा राखेको समेत बताए
खेलहरू भोलि (सोमबार) देखि सञ्चालन हुने छन्। राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता चैत २७ गतेसम्म सञ्चालन हुने आयोजक समितिले जनाएको छ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बझाङको बुङ्गल नगरपालिका–३ तिपधारमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन गरिएको छ। भरत मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले परमा...
अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

धनगढी- अछामको ढकारी गाउँपालिका–३, तालीका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने भएका छन्। बाढीबाट प्रभावित नागरिकको दुःखलाई मध्यनजर...
कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

धनगढी- कैलालीका युवा करन साउदले बाढीपहिरोबाट प्रभावित परिवारको पीडालाई मध्यनजर गर्दै यस वर्ष व्यक्तिगत रूपमा दसैँ नमनाउने निर्णय ग...
दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

बझाङ: दुर्गाथली गाउँपालिकामा आगामी स्थानीय नेतृत्वको चर्चा चलिरहँदा नेकपा एमालेका एक युवा नेता महेश जोशी अध्यक्ष पदका बलिया दाबेदा...
सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

धनगढी- सुदूरपश्चिम प्रदेशमा पहिलोपटक एमबीबीएस अध्यापन हुने भएको छ। कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्या...
सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

धनगढी- सुदूरपश्चिम विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकाय, डडेल्धुराको डीनमा सहप्राध्यापक डा. डबल बहादुर धामी नियुक्त भएका छन्। ब...
अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

काठमाण्डौ- नेपाल टेलिकमको नयाँ सिमकार्ड लिन अब कार्यालयमै पुग्नुपर्ने बाध्यता हट्ने भएको छ। सरकारले अनलाइन आवेदनमार्फत घरमै सिमकार...
भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

काठमाडौँ- भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका ४ हजार १०८ परिवारलाई सरकारले प्रतिपरिवार ४५ हजार रुपैयाँका दरले नगद स...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज