Advertisement

बान्नीकी चैतलीको अवसरमा बडा स्तरीय खुल्ला क्रिकेट प्रतियोगिता हुने

Advertisement

बझाङ- सुदूरपश्चिमको धार्मिक तथा ऐतिहासिक चर्चित बान्नीकी चैतली मेलाको अवसरमा क्रिकेट प्रतियोगिताको आयोजना गरिएको छ ।
जिल्लाको छबिसपाथिभेरा गाउँपालिका–३ मा लाग्ने उक्त मेलाको अवसरमा आदर्श युवा क्लब बान्नीकोटले बडा स्तरीय खुल्ला क्रिकेट प्रतियोगिता आयोजना गर्न लागेको हो ।

प्रतियोगितामा प्रथम हुने टिमले नगद ८१ हजार ६२० र द्वितीय टिमले ३५ हजार ६२० प्राप्त गर्नेछन् ।

टिम दर्ता समय २७ गते १२ बजेसम्म रहेको छ, भने खेल सोही दिन १ बजेबाट सुरु हुनेछ । टिम दर्ता शुल्क ४ हजार रुपैयाँ तोकिएको छ।
उत्कृष्ट ब्याट्सम्यान र उत्कृष्ट बलरलाई पनि विशेष पुरस्कार प्रदान गरिने क्रिकेट संयोजक हिक्मत बोहराले जानकारी दिए । छ। टिम दर्ता गर्दा आफू बडामा बसोबास गरेको प्रमाण खुल्ने कागज अनिवार्य पेस गर्नुपर्नेछ।

बान्नीकी चैतली मेलाको किंवदन्ती

यो मेला हरेक वर्ष चैत शुक्ल त्रयोदशीका दिन बान्निकोटमा लाग्ने गर्दछ ।
परापूर्वकालमा महिषासुर दानवले बान्नी मष्टा देवतालार्ई पासोमा पारेको र मष्टालाई दानवको पासोबाट बचाउनका लागी सुर्मादेवी प्रकट भई दानवको बध गरेको खुसीयालीमा बान्नीकी चैतली मेला लाग्ने गरेको त्यहाँका स्थानिवासीहरू बताउँछन् । स्थानीयहरूका अनुसार राक्षसलाई मारी सकेपछि सुर्मा देवीले राक्षस (दानव) को टाउको काटी भकुन्डो बनाएर खेलेको, पेटको छाला निकालेर दमाहा बाजा बनाएको र हातका औँलाको (गजा) दमाह बजाउने काठको छडी बनाएको हुँदा यसैलाई आधार मानी विजय उत्सव मनाउने गरेको बताउँछन् ।
सुर्मा देवीले भाला प्रहार गरेर दानवको बध गरेको प्रतिकका रूपमा चैत्र औँशीका दिन जंगलमा गई सल्लोको झन्डै १७ मिटर स्थानीय भाषामा कांकर ल्याउने गरेको (लिङ्गो) चैत शुक्ल त्रयोदशीका दिन तोलेनी भन्ने ठाँउमा हिँडाउने चलन रहीआएको छ ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बझाङको बुङ्गल नगरपालिका–३ तिपधारमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन गरिएको छ। भरत मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले परमा...
अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

धनगढी- अछामको ढकारी गाउँपालिका–३, तालीका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने भएका छन्। बाढीबाट प्रभावित नागरिकको दुःखलाई मध्यनजर...
कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

धनगढी- कैलालीका युवा करन साउदले बाढीपहिरोबाट प्रभावित परिवारको पीडालाई मध्यनजर गर्दै यस वर्ष व्यक्तिगत रूपमा दसैँ नमनाउने निर्णय ग...
दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

बझाङ: दुर्गाथली गाउँपालिकामा आगामी स्थानीय नेतृत्वको चर्चा चलिरहँदा नेकपा एमालेका एक युवा नेता महेश जोशी अध्यक्ष पदका बलिया दाबेदा...
सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

धनगढी- सुदूरपश्चिम प्रदेशमा पहिलोपटक एमबीबीएस अध्यापन हुने भएको छ। कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्या...
सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

धनगढी- सुदूरपश्चिम विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकाय, डडेल्धुराको डीनमा सहप्राध्यापक डा. डबल बहादुर धामी नियुक्त भएका छन्। ब...
अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

काठमाण्डौ- नेपाल टेलिकमको नयाँ सिमकार्ड लिन अब कार्यालयमै पुग्नुपर्ने बाध्यता हट्ने भएको छ। सरकारले अनलाइन आवेदनमार्फत घरमै सिमकार...
भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

काठमाडौँ- भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका ४ हजार १०८ परिवारलाई सरकारले प्रतिपरिवार ४५ हजार रुपैयाँका दरले नगद स...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज