Advertisement

सुदूरपश्चिमका विद्यालयका लागि १७ लाखभन्दा बढी पाठ्यपुस्तक वितरण, चैत २९ भित्र सबै जिल्लामा पुर्‍याउने लक्ष्य

Advertisement

धनगढी- सुदूरपश्चिम प्रदेशका लागि १७ लाख १६ हजार थान पाठ्यपुस्तक जनक शिक्षा सामग्री केन्द्रले धनगढी पठाएको छ। यो पुस्तकहरू शैक्षिक सत्र २०८२ का लागि आवश्यक हुन्।

सुदूरपश्चिमका ९ वटै जिल्लाका सामुदायिक विद्यालयहरूमा कुल १८ लाख १७ हजार थान पुस्तक आवश्यक पर्ने अनुमान गरिएको छ। हालसम्म १७ लाख १६ हजार थान पुस्तक शनिवारसम्म धनगढीमा पुगेका छन्। शनिवार मात्रै जनक शिक्षा सामग्री केन्द्रले थप दुईवटा गाडी छापाखानाबाट किताब लिएर धनगढी पठाएको छ।
जनक शिक्षा सामग्री केन्द्र, प्रादेशिक कार्यालय धनगढीका अनुसार काठमाडौँबाट आएका गाडीहरू धनगढी पुगेपछि मागअनुसार पुस्तक वितरण कार्य पूरा हुनेछ।

धनगढीमा आएका पुस्तकहरूलाई चैत १७ गतेबाट पहाडी जिल्लाहरूमा पठाउन सुरु गरिएको छ। केन्द्रका प्रमुख रामविनय श्रेष्ठका अनुसार बाजुरा जिल्लाबाट पुस्तक वितरणको काम सुरु गरिएको हो।

हालसम्म पठाइएका पुस्तकको विवरण यस्तो छ:
• बाजुरा: १,०९,२९६ थान
• दार्चुला: ९५,४०६ थान
• बझाङ: ७२,५५० थान
• बैतडी: १,०१,७७३ थान

शुक्रवारसम्म कुल ३ लाख ७९ हजार २५ थान किताब यी चार पहाडी जिल्लाहरूमा पठाइएको छ। डोटी र अछामका लागि भने शनिवार पुस्तक पठाइएको जनाइएको छ।
सुदूरपश्चिममा सूचीबद्ध १९४ जना व्यापारीहरूमार्फत किताब बिक्री–वितरण गरिँदैछ।

जनक शिक्षाले चैत २९ गतेभित्र सबै जिल्लामा किताब पुर्‍याउने लक्ष्य राखेको छ। तर, स्थानीय तह र विद्यालयहरूले समयमै माग नगरेकाले व्यापारीहरूलाई ढुवानीमा समस्या भएको छ। विद्यार्थीको सङ्ख्या यकिन नहुँदा व्यापारीहरूले पनि किताब ल्याउन ढिलाइ गरिरहेका छन्।
नयाँ शैक्षिक सत्रका लागि कक्षा ९ मा अर्थशास्त्र, वैकल्पिक गणित र कम्प्युटर विषय मात्र परिवर्तन गरिएको छ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बझाङको बुङ्गल नगरपालिका–३ तिपधारमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन गरिएको छ। भरत मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले परमा...
अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

धनगढी- अछामको ढकारी गाउँपालिका–३, तालीका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने भएका छन्। बाढीबाट प्रभावित नागरिकको दुःखलाई मध्यनजर...
कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

धनगढी- कैलालीका युवा करन साउदले बाढीपहिरोबाट प्रभावित परिवारको पीडालाई मध्यनजर गर्दै यस वर्ष व्यक्तिगत रूपमा दसैँ नमनाउने निर्णय ग...
दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

बझाङ: दुर्गाथली गाउँपालिकामा आगामी स्थानीय नेतृत्वको चर्चा चलिरहँदा नेकपा एमालेका एक युवा नेता महेश जोशी अध्यक्ष पदका बलिया दाबेदा...
सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

धनगढी- सुदूरपश्चिम प्रदेशमा पहिलोपटक एमबीबीएस अध्यापन हुने भएको छ। कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्या...
सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

धनगढी- सुदूरपश्चिम विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकाय, डडेल्धुराको डीनमा सहप्राध्यापक डा. डबल बहादुर धामी नियुक्त भएका छन्। ब...
अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

काठमाण्डौ- नेपाल टेलिकमको नयाँ सिमकार्ड लिन अब कार्यालयमै पुग्नुपर्ने बाध्यता हट्ने भएको छ। सरकारले अनलाइन आवेदनमार्फत घरमै सिमकार...
भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

काठमाडौँ- भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका ४ हजार १०८ परिवारलाई सरकारले प्रतिपरिवार ४५ हजार रुपैयाँका दरले नगद स...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज