Advertisement

प्रमुख प्रशासकीय अधिकृतमाथि कुटपिट गर्ने ऐडी पक्राउ

Advertisement

बझाङ— बझाङको छबिसपाथिभेरा गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत संजय कुमार यादवमाथि कुटपिट गर्ने मुकेश ऐडी पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी एवं प्रहरी निरीक्षक लोकेन्द्र ठगुन्नाका अनुसार ऐडीलाई शुक्रबार साँझ करिब ५ बजेको समयमा चैनपुरबाट पक्राउ गरिएको हो। पक्राउपछि उनलाई अहिले जिल्ला प्रहरी कार्यालय बझाङको हिरासतमा राखिएको छ।

छविसपाथिभेरा गाउँपालिका-२ का स्थानीय समेत रहेका करिब ३०–३१ वर्षीय ऐडीले यादवमाथि बेलले प्रहार गरेका थिए।

प्रशासकीय अधिकृत यादवमाथि शारीरिक आक्रमण भएको सूचना पाएलगत्तै अनुसन्धान सुरु गरिएको र प्रारम्भिक अनुसन्धानपछि घटनामा संलग्न रहेको पुष्टि भएपछि ऐडीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
घटनाको थप अनुसन्धान भइरहेको र कानुनी प्रक्रियाअनुसार आवश्यक कारबाही अघि बढाइने प्रहरीले जनाएको छ। कुटपिटको कारण, घटनाको विस्तृत विवरण तथा अन्य संलग्नता भए/नभएको विषयमा भने अझै खुलाइएको छैन।
प्रमुख प्रशासकीय अधिकृतमाथि आक्रमणको घटनाले स्थानीय तहमा शान्ति सुरक्षाको अवस्था र कर्मचारी सुरक्षासम्बन्धी चिन्ता थपिएको छ। स्थानीय प्रशासनले घटनालाई गम्भीर रूपमा लिँदै दोषीलाई कानुनी दायरामा ल्याइने प्रतिबद्धता जनाएको छ।

किन कुटिए यादव
छबिसपाथिभेरा गाउँपालिकाले ऐडीको गाडी आफ्नो कार्यालयको काममा प्रयोग गरेको थियोे । शुक्रबार ऐडी सोही आफ्नो गाडी प्रयोग गरेबापतको भुक्तानी लिन भनि कार्यालयमा पुगे । त्यसपछि भुक्तानी नदिएको भन्दै आक्रोश व्यक्त गर्दै यादवमाथि कुटपिट गरेका पाइएको छ। स्थानीयवासीहरूले कुटपिट रोक्ने प्रयास गरे पनि ऐडीले यादवलाई बेलले लगातार प्रहार गरेका थिए। घटनापछि  ऐडी फरार भएका थिए ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

ए.सी.जी. ग्रुपकाे CEO मा निशा चौधरी नियुक्त, 

  काठमाडौँ : २०८३ भदौ ६ गते (२२ अगस्ट२०२६) गतेका दिन बसेको बैठकले ए.सी.जी. ग्रुपले आफ्नो संस्थागत विकास, व्यवस्थापन प्रणाल...
जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीमा गेटामा रक्तदान कार्यक्रम आयोजना

जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीमा गेटामा रक्तदान कार्यक्रम आयोजना

धनगढी- राष्ट्रिय विभूति एवम् मानवतावादी चिन्तक जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीको अवसरमा कैलालीको गेटामा विशेष रक्तदान कार्य...
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार पदमा डा. दीर्घराज जोशीको उम्मेदवारी

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार पदमा डा. दीर्घराज जोशीको उम्मेदवारी

जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार (कुलसचिव) पदका लागि १५ जनाले उम्मेदवारी दिएका छन्। प्रतिष्ठानले सार्वजन...
केदारस्युँ-९ मा रास्वपाबाट मल्लको उम्मेदवारी दिने तयारी

केदारस्युँ-९ मा रास्वपाबाट मल्लको उम्मेदवारी दिने तयारी

बझाङ- बझाङको केदारस्युँ गाउँपालिका- ९ को वडाध्यक्ष पदका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट धिरेन्द्र मल्लले उम्मेदवारी ...
जन्मदिनको अवसरमा समाजसेवी थापाद्वारा प्रतिक्षालय निर्माण गरी हस्तान्तरण

जन्मदिनको अवसरमा समाजसेवी थापाद्वारा प्रतिक्षालय निर्माण गरी हस्तान्तरण

अछाम- अछामको चौरपाटी गाउँपालिका-१ सिउँडी खातिवाडा निवासी समाजसेवी तथा सिउँडी माध्यमिक विद्यालयका पूर्व विद्यालय व्यवस्थापन समिति अ...
कैलालीको भजनीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

कैलालीको भजनीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

धनगढी- कैलालीको भजनी नगरपालिका–४ कुडीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। बुधबार राति करिब ९ बजे धनौराबाट भजनीतर्फ...
आज देशभर वर्षाको सम्भावना, तीन प्रदेशमा भारी वर्षाको चेतावनी

आज देशभर वर्षाको सम्भावना, तीन प्रदेशमा भारी वर्षाको चेतावनी

काठमाडौं- देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास रहेको छ।...
ट्रम्पद्वारा इरानमाथि थप कडा आर्थिक प्रतिबन्धको चेतावनी

ट्रम्पद्वारा इरानमाथि थप कडा आर्थिक प्रतिबन्धको चेतावनी

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि पुनः कडा आर्थिक प्रतिबन्ध लगाउने चेतावनी दिएका छन्। दुई देशबीच पाँच महिन...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज