Advertisement

प्रमुख प्रशासकीय अधिकृतमाथि कुटपिट गर्ने ऐडी पक्राउ

Advertisement

बझाङ— बझाङको छबिसपाथिभेरा गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत संजय कुमार यादवमाथि कुटपिट गर्ने मुकेश ऐडी पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी एवं प्रहरी निरीक्षक लोकेन्द्र ठगुन्नाका अनुसार ऐडीलाई शुक्रबार साँझ करिब ५ बजेको समयमा चैनपुरबाट पक्राउ गरिएको हो। पक्राउपछि उनलाई अहिले जिल्ला प्रहरी कार्यालय बझाङको हिरासतमा राखिएको छ।

छविसपाथिभेरा गाउँपालिका-२ का स्थानीय समेत रहेका करिब ३०–३१ वर्षीय ऐडीले यादवमाथि बेलले प्रहार गरेका थिए।

प्रशासकीय अधिकृत यादवमाथि शारीरिक आक्रमण भएको सूचना पाएलगत्तै अनुसन्धान सुरु गरिएको र प्रारम्भिक अनुसन्धानपछि घटनामा संलग्न रहेको पुष्टि भएपछि ऐडीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
घटनाको थप अनुसन्धान भइरहेको र कानुनी प्रक्रियाअनुसार आवश्यक कारबाही अघि बढाइने प्रहरीले जनाएको छ। कुटपिटको कारण, घटनाको विस्तृत विवरण तथा अन्य संलग्नता भए/नभएको विषयमा भने अझै खुलाइएको छैन।
प्रमुख प्रशासकीय अधिकृतमाथि आक्रमणको घटनाले स्थानीय तहमा शान्ति सुरक्षाको अवस्था र कर्मचारी सुरक्षासम्बन्धी चिन्ता थपिएको छ। स्थानीय प्रशासनले घटनालाई गम्भीर रूपमा लिँदै दोषीलाई कानुनी दायरामा ल्याइने प्रतिबद्धता जनाएको छ।

किन कुटिए यादव
छबिसपाथिभेरा गाउँपालिकाले ऐडीको गाडी आफ्नो कार्यालयको काममा प्रयोग गरेको थियोे । शुक्रबार ऐडी सोही आफ्नो गाडी प्रयोग गरेबापतको भुक्तानी लिन भनि कार्यालयमा पुगे । त्यसपछि भुक्तानी नदिएको भन्दै आक्रोश व्यक्त गर्दै यादवमाथि कुटपिट गरेका पाइएको छ। स्थानीयवासीहरूले कुटपिट रोक्ने प्रयास गरे पनि ऐडीले यादवलाई बेलले लगातार प्रहार गरेका थिए। घटनापछि  ऐडी फरार भएका थिए ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बझाङको बुङ्गल नगरपालिका–३ तिपधारमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन गरिएको छ। भरत मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले परमा...
अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

धनगढी- अछामको ढकारी गाउँपालिका–३, तालीका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने भएका छन्। बाढीबाट प्रभावित नागरिकको दुःखलाई मध्यनजर...
कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

धनगढी- कैलालीका युवा करन साउदले बाढीपहिरोबाट प्रभावित परिवारको पीडालाई मध्यनजर गर्दै यस वर्ष व्यक्तिगत रूपमा दसैँ नमनाउने निर्णय ग...
दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

बझाङ: दुर्गाथली गाउँपालिकामा आगामी स्थानीय नेतृत्वको चर्चा चलिरहँदा नेकपा एमालेका एक युवा नेता महेश जोशी अध्यक्ष पदका बलिया दाबेदा...
सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

धनगढी- सुदूरपश्चिम प्रदेशमा पहिलोपटक एमबीबीएस अध्यापन हुने भएको छ। कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्या...
सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

धनगढी- सुदूरपश्चिम विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकाय, डडेल्धुराको डीनमा सहप्राध्यापक डा. डबल बहादुर धामी नियुक्त भएका छन्। ब...
अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

काठमाण्डौ- नेपाल टेलिकमको नयाँ सिमकार्ड लिन अब कार्यालयमै पुग्नुपर्ने बाध्यता हट्ने भएको छ। सरकारले अनलाइन आवेदनमार्फत घरमै सिमकार...
भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

काठमाडौँ- भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका ४ हजार १०८ परिवारलाई सरकारले प्रतिपरिवार ४५ हजार रुपैयाँका दरले नगद स...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज