Advertisement

अधिकृत कुटपिट घटनाको विरोधमा कर्मचारी एकजुट, दोषीलाई कारबाहीको माग

Advertisement

धनगढी- बझाङको छबिसपाथिभेरा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत संजय कुमार यादवमाथि भएको कुटपिट तथा दुर्व्यवहारको घटना प्रति सरकारी कर्मचारीहरू आक्रोशित भएका छन्।
बिहीबार छविसपाथिभेरा गाउँपालिका-२ का स्थानीय करिब ३०–३१ वर्षीय मुकेश ऐडीले यादवमाथि बेलले हानी कुटपिट गरेका थिए ।
घटनाका क्रममा यादवको टाउको, कान र शरीरमा चोट लागेको छ।
जिल्ला प्रहरी कार्यालयका अनुसार जिप चालक ऐडीले पालिकाले आफ्नो गाडी प्रयोग गरेबापतको भुक्तानी नदिएको भन्दै आक्रोश व्यक्त गर्दै यादवमाथि कुटपिट गरेका पाइएको छ।

गाउँपालिकाको कार्यालयमा कार्यरत कर्मचारीहरूमाथि हातपात तथा दुर्व्यवहार भएको भन्दै राष्ट्रिय कर्मचारी ट्रेड युनियनले विरोध जनाएको छ।
यस घटनाले सरकारी कार्यालयमा कार्यरत कर्मचारीहरूको सुरक्षाप्रति गम्भीर प्रश्न खडा गरेको छ। कर्मचारी युनियनले दोषीलाई कानुनी दायरामा ल्याई कारबाही गर्न माग गर्दै जिल्ला प्रशासन कार्यालयलाई ज्ञापनपत्र बुझाएको छ।
युनियनका प्रतिनिधिहरूले यदि दोषीलाई कानुनी कारबाही नगरिए भविष्यमा यस्ता घटनाहरू अझै दोहोरिने खतरा रहेको बताएका छन्। साथै, सरकारी कर्मचारीहरूको सुरक्षाका लागि थप प्रभावकारी कदम चाल्न प्रशासनसँग माग गरिएको छ।
सरकारी कार्यसम्पादनमा अवरोध पुर्‍याउने, कर्मचारीमाथि दुर्व्यवहार गर्ने कार्य अमान्य र अक्षम्य रहेको भन्दै पीडित पक्षले न्यायको माग गरेको छ। प्रशासनले छानबिन प्रक्रिया अघि बढाएको जनाएको छ।

 

 

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बझाङको बुङ्गल नगरपालिका–३ तिपधारमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन गरिएको छ। भरत मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले परमा...
अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

धनगढी- अछामको ढकारी गाउँपालिका–३, तालीका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने भएका छन्। बाढीबाट प्रभावित नागरिकको दुःखलाई मध्यनजर...
कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

धनगढी- कैलालीका युवा करन साउदले बाढीपहिरोबाट प्रभावित परिवारको पीडालाई मध्यनजर गर्दै यस वर्ष व्यक्तिगत रूपमा दसैँ नमनाउने निर्णय ग...
दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

बझाङ: दुर्गाथली गाउँपालिकामा आगामी स्थानीय नेतृत्वको चर्चा चलिरहँदा नेकपा एमालेका एक युवा नेता महेश जोशी अध्यक्ष पदका बलिया दाबेदा...
सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

धनगढी- सुदूरपश्चिम प्रदेशमा पहिलोपटक एमबीबीएस अध्यापन हुने भएको छ। कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्या...
सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

धनगढी- सुदूरपश्चिम विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकाय, डडेल्धुराको डीनमा सहप्राध्यापक डा. डबल बहादुर धामी नियुक्त भएका छन्। ब...
अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

काठमाण्डौ- नेपाल टेलिकमको नयाँ सिमकार्ड लिन अब कार्यालयमै पुग्नुपर्ने बाध्यता हट्ने भएको छ। सरकारले अनलाइन आवेदनमार्फत घरमै सिमकार...
भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

काठमाडौँ- भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका ४ हजार १०८ परिवारलाई सरकारले प्रतिपरिवार ४५ हजार रुपैयाँका दरले नगद स...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज