Advertisement

बाजुराको झुगोलामा निर्माणाधीन पुलको कार्य तीन वर्षको अवधिमा ३० प्रतिशत मात्रै

Advertisement

बाजुरा- बाजुराको हिमाली र मुगुको खत्याड गाउँपालिका बिचमा पर्ने कर्णाली नदीको झुगोलामा निर्माणाधीन पुलको ३० प्रतिशत मात्र काम भएको छ। उक्त पुल निर्माण कार्य तीन वर्षको अवधिमा जम्मा ३० प्रतिशत मात्र काम भएको हो । सो पुल निर्माणका लागि कुशेश्वर कन्ट्रक्सन प्रालिले २०८१ साल मंसिरमा काम सम्पन्न गर्ने गरी २०७९ मंसिरमा ठेक्का सम्झौता भएको थियोे ।

सम्झौता भए अनुसार सो कम्पनीले त्यस ठाउँमा एक सय पाँच मिटर लम्बाई पक्की पुल निर्माण गर्नुपर्ने हो। त्यसका लागि सो कम्पनीले १४ करोड ४९ लाख रुपीयाँमा सम्झौता गरेको पूर्वाधार विकास कार्यालय मुगुले जनाएको छ। बाजुरा र मुगुलाई जोड्ने गरी भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालय कर्णाली प्रदेश सरकारले रकम विनियोजन गरेको थियो।

यो पुल निर्माण भएपछि यहाँको बाजुरादेखि मुगु रारा हुँदै कर्णाली प्रदेशका सबै जिल्ला जोडिने भएका छन्। यो योजना प्रदेश सरकारबाट आएकोले यसको काम कहिले सुरु भएको हो। कहिलेसम्म सम्पन्न गर्नुपर्ने हो त्यो सबै कुरा पूर्वाधार विकास कार्यालयलाई मुगुलाई नै थाहा हुने खत्याड गाउँपालिका अध्यक्ष अजबहादुर मल्लले बताए।

झुगलामा पक्की पुल निर्माण भएसँगै सुदरपश्चिमका नौ वटै जिल्लाका स्थानीयलाई बाजुरा देखि रारा जान निकै सहज हुने हिमाली गाउँपालिका अध्यक्ष गोबिन्द्रबहादुर मल्लले बताए। उनले भने, “अहिले यहाँ बेलीव्रीज छ। त्यसैबाट बाजुरा देखि मुगुसम्म स्थानीय आउजाउ गर्ने गरेका छन्। पक्की पुल निर्माण भएपछि यहाँका स्थानीय व्यापारी तथा बाहिरबाट आउने पर्यटकलाई समेत निकै सहज हुने हिमाली गाउँपालिका अध्यक्ष मल्लले बताए। अहिले यो ठाउँमा बेलिब्रिज पुल निर्माण भएको छ। यसैबाट बाजुरादेखि मुगुमा सवारी समाधन सुचारु हुँदै आएका छन्।

पक्की पुल निर्माण भएपछि बाजुरा देखि मुगु रारा जान निकै सजह हुने स्थानीय बताउँछन। २०७८ सालमा सम्झौता भएपनि सरकारले डिजाईन स्टिमेट निर्माण गर्दा निकै ढिलाई गरेपछि पुल निर्माणको काममा ढिलाई भएको कुशेश्वर कन्ट्रक्सन प्रालि काठमाडौंका ठेकेदार जयराज घलले बताए। उनले भने, “अरु भन्दा कर्णाली नदिमा पुल निर्माण गर्न निकै गाह्रो छ।

यहाँ असारदेखि भदौसम्म पानीको निकै बहाव बढ्छ। पुस बल्ल त्यो पानीको बहाव घट्छ। अर्को यहाँ काम गर्दा केही समान बिग्रीयो भने पनि त्यो समान सपारेर यहाँसम्म पुगाउँन तीन चार महिना लाग्छ। अहिले एक वर्षको म्याद पुन थपिदिएको छ।“ आगामी २०८२ सालको चैतभित्र पुल निर्माणको काम सम्पन्न गर्ने गरी यती बेला काम तीब्र रुपमा भइरहेको ठेकेदार घलेले बताए।

ठेकेदार कम्पनीले सम्झौता गरे अनुसारको काम सम्पन्न नगरेकोले अहिले फेरि म्याद थपेको छ। अहिले एक पील्लरको काम सकेर अर्को बिचको पील्लरको काम सुरु भएको पुर्वाधार विकास कार्यालय मुगुका कार्यालय प्रमुख कृष्ण चापागार्ईंले बताए। उनले भने, “पुलको निर्माणको डिजाइन गर्दा नै धेरै समय लाग्यो। एक वर्ष त्यसरी नै गयो। एक वर्षपछि बल्ल डिजाइन पुरा भयो। ठेकेदार कम्पनीले त्यसपछि मात्र पुलको काम पनि सुरु गर्‍यो। अहिले फेरि म्याद थपिदिएको छ।“ त्यो म्याद अनुसारमा नै काम सम्पन्न गर्ने गरी ठेकेदार कम्पनीले काम गरिहरको प्रमुख चापागाईले बताए।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बझाङको बुङ्गल नगरपालिका–३ तिपधारमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन गरिएको छ। भरत मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले परमा...
अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

धनगढी- अछामको ढकारी गाउँपालिका–३, तालीका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने भएका छन्। बाढीबाट प्रभावित नागरिकको दुःखलाई मध्यनजर...
कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

धनगढी- कैलालीका युवा करन साउदले बाढीपहिरोबाट प्रभावित परिवारको पीडालाई मध्यनजर गर्दै यस वर्ष व्यक्तिगत रूपमा दसैँ नमनाउने निर्णय ग...
दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

बझाङ: दुर्गाथली गाउँपालिकामा आगामी स्थानीय नेतृत्वको चर्चा चलिरहँदा नेकपा एमालेका एक युवा नेता महेश जोशी अध्यक्ष पदका बलिया दाबेदा...
सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

धनगढी- सुदूरपश्चिम प्रदेशमा पहिलोपटक एमबीबीएस अध्यापन हुने भएको छ। कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्या...
सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

धनगढी- सुदूरपश्चिम विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकाय, डडेल्धुराको डीनमा सहप्राध्यापक डा. डबल बहादुर धामी नियुक्त भएका छन्। ब...
अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

काठमाण्डौ- नेपाल टेलिकमको नयाँ सिमकार्ड लिन अब कार्यालयमै पुग्नुपर्ने बाध्यता हट्ने भएको छ। सरकारले अनलाइन आवेदनमार्फत घरमै सिमकार...
भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

काठमाडौँ- भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका ४ हजार १०८ परिवारलाई सरकारले प्रतिपरिवार ४५ हजार रुपैयाँका दरले नगद स...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज