Advertisement

धनगढीमा सामुदायिक कुकुरको बन्ध्याकरण अभियान सुरु

Advertisement

धनगढी- कैलालीको धनगढी उपमहानगरपालिकाले सामुदायिक (छाडा छोडिएका) कुकुरको बन्ध्याकरण अभियान सुरु गरेको छ । सामुदायिक कुकुरका कारण समस्या सिर्जना भएपछि उपमहानगरपालिकाले नियन्त्रणका लागि बन्ध्याकरण अभियान अघि बढाएको हो ।

धनगढी उपमहानगरपालिकाले केही वर्षदेखि सामुदायिक कुकुर नियन्त्रण अभियान सञ्चालन गर्दै आएको छ । सामुदायिक कुकुर नियन्त्रणका लागि बन्ध्याकरण सबैभन्दा प्रभावकारी उपाय रहेको उपमहानगरपालिकाले जनाएको छ ।

उपमहानगरपालिकाले यही चैत्र १७ गते आइतबारदेखि सामुदायिक कुकुर बन्ध्याकरण शिविर सञ्चालन गरेको छ । उपमहानगरपालिकाले चार दिन (बुधबार) सम्म सञ्चालन हुने शिविरमा दुई सय ८० वटा सामुदायिक कुकुरको बन्ध्याकरण गर्ने लक्ष्य लिएको जनाएको छ । उपमहानगरपालिका कार्यालयका अनुसार शिविर सञ्चालन गरेको पहिलो दिन आइतबार ९५ वटा सामुदायिक कुकुरको बन्ध्याकरण गरिएको छ ।

उपमहानगरपालिका पशुसेवा शाखा प्रमुख डाक्टर समीरकुमार ठाकुरले चार दिनसम्म चल्ने शिविरमा छाडा छोडिएका कुकुरहरूको मात्र बन्ध्याकरण गरिनेछ । छाडा छोडिएका कुकुरहरूको संख्या नियन्त्रण गर्न उपमहानगरपालिकाले हरेक वर्ष बध्याकरण शिविर आयोजना गर्दै आएको पशुसेवा शाखा प्रमुख ठाकुरले बताए ।

 

प्रतिक्रिया

छुटाउनुभयो कि ?

दुर्घटनामा छोरा गुमाइन् आमाले, घाइते आमा अस्पतालमा; एम्बुलेन्समा इन्धन नहुँदा उद्धारमा ढिलाइ

दुर्घटनामा छोरा गुमाइन् आमाले, घाइते आमा अस्पतालमा; एम्बुलेन्समा इन्धन नहुँदा उद्धारमा ढिलाइ

रमित ओली कैलारी- कैलालीको कैलारी गाउँपालिका–३ स्थित हुलाकी राजमार्गमा मोटरसाइकल दुर्घटनामा परी भजनी नगरपालिका–१ गौनियाका १८ वर्षीय...
बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बझाङको बुङ्गल नगरपालिका–३ तिपधारमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन गरिएको छ। भरत मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले परमा...
अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

धनगढी- अछामको ढकारी गाउँपालिका–३, तालीका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने भएका छन्। बाढीबाट प्रभावित नागरिकको दुःखलाई मध्यनजर...
कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

धनगढी- कैलालीका युवा करन साउदले बाढीपहिरोबाट प्रभावित परिवारको पीडालाई मध्यनजर गर्दै यस वर्ष व्यक्तिगत रूपमा दसैँ नमनाउने निर्णय ग...
दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

बझाङ: दुर्गाथली गाउँपालिकामा आगामी स्थानीय नेतृत्वको चर्चा चलिरहँदा नेकपा एमालेका एक युवा नेता महेश जोशी अध्यक्ष पदका बलिया दाबेदा...
सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

धनगढी- सुदूरपश्चिम प्रदेशमा पहिलोपटक एमबीबीएस अध्यापन हुने भएको छ। कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्या...
सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

धनगढी- सुदूरपश्चिम विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकाय, डडेल्धुराको डीनमा सहप्राध्यापक डा. डबल बहादुर धामी नियुक्त भएका छन्। ब...
अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

काठमाण्डौ- नेपाल टेलिकमको नयाँ सिमकार्ड लिन अब कार्यालयमै पुग्नुपर्ने बाध्यता हट्ने भएको छ। सरकारले अनलाइन आवेदनमार्फत घरमै सिमकार...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज