धनगढी- नेपाल पत्रकार महासंघ कैलालीले सरकारलाई ज्ञापनपत्र बुझाएको छ । सोमबार आज कैलालीका प्रमुख जिल्ला अधिकारी गोगन बहादुर हमाल मार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बझाएको हो ।
यही १५ गते काठमाडौमा राजाबादी आन्दोलनको हिंसात्मक आन्दोलनमा आराजक मानिसको भिडले संचारगृह तोडफोड, पत्रकार सुरेश रजकको आगोमा जलेर मृत्यु भएको र पत्रकार माथी हातपात र कुटपिट गरिएकोले सरकारको ध्यानार्कषण गराउन ज्ञापनपत्र बुझाएको अध्यक्ष श्रवण देउबाले जानकारी दिए ।
प्रमुख जिल्ला अधिकारी हमालले ध्यानाकर्षण पत्र बुझ्दै आफूले आजै सो ज्ञापनपत्र माथिल्लो निकायमा पठाईदिने बताए । कैलाली जिल्लामा शान्ती सुरक्षा अमन चयनका साथै पत्रकारको सुरक्षाका लागि आफु कटिबद्ध रहेको उनले बताए ।


