Advertisement

धनगढीमा जारी सीप तथा रोजगार मेला सम्पन्न, तालिम लिएकालाई प्रमाणपत्र प्रदान

Advertisement

धनगढी- कैलालीको धनगढी उपमहानगरपालिकामा जारी सीप तथा रोजगार मेला सम्पन्न भएको छ । धनगढी उपमहानगरपालिकाले वडा नम्बर १ को खुला मञ्चमा आयोजना गरेको उक्त मेला शनिबार सम्पन्न गरिएको हो ।
मेलामा सहभागि प्रशिक्षार्थी र प्रशिक्षकहरुलाई प्रमाण–पत्र प्रदान गर्दै मेलाको समापन भएको थियो । कार्यक्रममा प्रमुख अतिथी तथा उपप्रमुख कन्दकला रानाले सीप तथा रोजगार मेलाले गर्दा आफूहरुमा आत्मानिर्भर मात्रै नभई आत्माबल समेत बढेको बताइन् । उनले मेलाले गर्दा उपमहनगरपालिकाको मात्रै नभई सुदूरपश्चिमकै आर्थिक समृद्धि भएको बताइन् ।
अहिले कयौँ युवाहरु विदेश पलायन गरिरहेका बेला मेलाले गर्दा उपमहनगरपालिका प्रति आर्कषण समेत बढेको उनले बताइन् । मेलाले गर्दा उपमहनगरपालिकाको ठूलो महत्वपूर्ण विकास र योजना सफल भएको उनले बताइन् । उनले आग्रामी वर्षहरुमा पनि मेलालाई निरन्तरता दिने बताइन् ।
उपमहानगरपालिकाले फागुन ८ गतेदेखि सञ्चालित विभिन्न आठ वटा विधामा २९ वटा प्रकारका तालिमहरु सुदूरपश्चिमका नौ जिल्लाका ३९ स्थानीय तहका युवाहरुलाई सीप तालिम प्रदान गरेको थियो । तालिममा सहभागी हुनेमा ५ सय ७० जना पुरुष र ४ सय ७० जना महिला छन् ।
तालिका लागि सुदूरपश्चिमका ८८ स्थानीय तहबाट आवेदन दिएका ४ हजार ८ सय ३० जनामध्ये अन्तिम छनौटमा परेका १ हजार ४० जना युवाहरुले सीप सिकेका हुन् ।
छनौट युवाहरुलाई तालिम अवधि भर एक महिना सीप तालिम दिइएको थियो । सीप तथा रोजगार मेलामा मोबाइल तथा सीसीटीभी मर्मत, बिल्डिङ इलेक्ट्रिकल, एसी तथा रेफ्रिजेरेटर मर्मत, अटो क्याड, हार्डवेयर नेटवर्किङ, ग्राफिक्स डिजाइनिङ, डिजिटल मार्केटिङ, पुरोहित तालिम, इसीडी वालविकास शिक्षक, फेसन डिजाइन, एडभान्स टेलरिङ, हेयर कटिङ तथा स्टाइलिङ, नाई (बार्बर), एडभान्स ब्युटिसियन, प्लम्बिङ, वेल्डिङ, इलेक्ट्रिक भेहिकल (ईभी) मर्मत तथा लेखा व्यवस्थापन तालिम सञ्चालन गरिएको थियो । यस्तै सांस्कृतिक पोसाक निर्माण, बेतबाँस क्राफ्ट, टायल तथा मार्बल फिक्स्चर, डकर्मी, मोटरसाइकल तथा स्कुटर मर्मत, रिसेप्सनिष्ट, वेटर, कफी बारिस्टा, हाउस पेन्टिङ, फर्निचर तथा फास्टफुड कुकिङ तालिम सञ्चालन गरिएको थियो । सीप तथा रोजगार मेलाका लागि २ करोड ५० लाख रुपैयाँ खर्च भएको उपमहानगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

ए.सी.जी. ग्रुपकाे CEO मा निशा चौधरी नियुक्त, 

  काठमाडौँ : २०८३ भदौ ६ गते (२२ अगस्ट२०२६) गतेका दिन बसेको बैठकले ए.सी.जी. ग्रुपले आफ्नो संस्थागत विकास, व्यवस्थापन प्रणाल...
जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीमा गेटामा रक्तदान कार्यक्रम आयोजना

जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीमा गेटामा रक्तदान कार्यक्रम आयोजना

धनगढी- राष्ट्रिय विभूति एवम् मानवतावादी चिन्तक जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीको अवसरमा कैलालीको गेटामा विशेष रक्तदान कार्य...
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार पदमा डा. दीर्घराज जोशीको उम्मेदवारी

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार पदमा डा. दीर्घराज जोशीको उम्मेदवारी

जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार (कुलसचिव) पदका लागि १५ जनाले उम्मेदवारी दिएका छन्। प्रतिष्ठानले सार्वजन...
केदारस्युँ-९ मा रास्वपाबाट मल्लको उम्मेदवारी दिने तयारी

केदारस्युँ-९ मा रास्वपाबाट मल्लको उम्मेदवारी दिने तयारी

बझाङ- बझाङको केदारस्युँ गाउँपालिका- ९ को वडाध्यक्ष पदका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट धिरेन्द्र मल्लले उम्मेदवारी ...
जन्मदिनको अवसरमा समाजसेवी थापाद्वारा प्रतिक्षालय निर्माण गरी हस्तान्तरण

जन्मदिनको अवसरमा समाजसेवी थापाद्वारा प्रतिक्षालय निर्माण गरी हस्तान्तरण

अछाम- अछामको चौरपाटी गाउँपालिका-१ सिउँडी खातिवाडा निवासी समाजसेवी तथा सिउँडी माध्यमिक विद्यालयका पूर्व विद्यालय व्यवस्थापन समिति अ...
कैलालीको भजनीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

कैलालीको भजनीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

धनगढी- कैलालीको भजनी नगरपालिका–४ कुडीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। बुधबार राति करिब ९ बजे धनौराबाट भजनीतर्फ...
आज देशभर वर्षाको सम्भावना, तीन प्रदेशमा भारी वर्षाको चेतावनी

आज देशभर वर्षाको सम्भावना, तीन प्रदेशमा भारी वर्षाको चेतावनी

काठमाडौं- देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास रहेको छ।...
ट्रम्पद्वारा इरानमाथि थप कडा आर्थिक प्रतिबन्धको चेतावनी

ट्रम्पद्वारा इरानमाथि थप कडा आर्थिक प्रतिबन्धको चेतावनी

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि पुनः कडा आर्थिक प्रतिबन्ध लगाउने चेतावनी दिएका छन्। दुई देशबीच पाँच महिन...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज