Advertisement

डोटीमा ३ जनाले पाए घरमै नागरिकता

Advertisement

धनगढी- जिल्ला प्रशासन कार्यालय डोटीले तीन जनालाई घरमै नागरिकता प्रदान गरेको छ । जिल्लाको सायल गाउँपालिका–१ का शारीरिक एवं मानसिक अशक्तता भएका तीन जनालाई आइतबार घरमै पुगेर नेपाली नागरिकताको प्रमाण पत्र प्रदान गरेको हो ।
नागरिकता पाउनेहरुमा स्थानीय ६८ वर्षीय जयबहादुर रोकाया, ६३ वर्षीय पदम बहादुर रोकाया र २१ वर्षीय प्रेम बहादुर देउवा रहेका छन्। उनीहरुले अशक्तताका कारण नागरिकता प्राप्त गर्न सकेका थिएनन्।

शारीरिक र मानसिक रूपमा अशक्त भएका कारण कार्यालयमा आई नागरिकता प्राप्त गर्न नसक्ने अवस्था भएका कारण आइतवार प्रमुख जिल्ला अधिकारी मोहनराज जोशी नेतृत्वको टोलीले उनीहरुलाई घरमै गएर नागरिकता प्रदान गरेको सायल गाउँपालिका–१ का वडाध्यक्ष लालबहादुर रोकायाले जानकारी दिए।
उनले भने, ‘उनीहरुलाई नागरिकता प्रदान गर्न वडाबाट आवश्यक कागजात तयार गरी जिल्ला प्रशासन कार्यालयमा पठाएपछि प्रमुख जिल्ला अधिकारीज्यूले घरमै आएर नागरिकता प्रदान गर्नु भएको हो।’
उनले दुर्गम वडाबाट उनीहरुलाई सदरमुकाम लैजान कठिन भएका कारण प्रमुख जिल्ला अधिकारीको टोली घरमै पुगेको बताए। अपाङ्गता भएका कारण नागरिकता पाउन नसक्ने अवस्था भएको जानकारी पाएपछि सम्पूर्ण कागजात मिलाएर घरमै नागरिकता प्रदान गरेको प्रमुख जिल्ला अधिकारी जोशीले बताए।
सदरमुकाम पुगेर नागरिकता लिन सक्ने अवस्था नभएका कारण घरमै पुगेर नागरिकता उपलब्ध गराउनु परेको उनको भनाइ छ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बझाङको बुङ्गल नगरपालिका–३ तिपधारमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन गरिएको छ। भरत मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले परमा...
अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

धनगढी- अछामको ढकारी गाउँपालिका–३, तालीका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने भएका छन्। बाढीबाट प्रभावित नागरिकको दुःखलाई मध्यनजर...
कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

धनगढी- कैलालीका युवा करन साउदले बाढीपहिरोबाट प्रभावित परिवारको पीडालाई मध्यनजर गर्दै यस वर्ष व्यक्तिगत रूपमा दसैँ नमनाउने निर्णय ग...
दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

बझाङ: दुर्गाथली गाउँपालिकामा आगामी स्थानीय नेतृत्वको चर्चा चलिरहँदा नेकपा एमालेका एक युवा नेता महेश जोशी अध्यक्ष पदका बलिया दाबेदा...
सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

धनगढी- सुदूरपश्चिम प्रदेशमा पहिलोपटक एमबीबीएस अध्यापन हुने भएको छ। कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्या...
सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

धनगढी- सुदूरपश्चिम विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकाय, डडेल्धुराको डीनमा सहप्राध्यापक डा. डबल बहादुर धामी नियुक्त भएका छन्। ब...
अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

काठमाण्डौ- नेपाल टेलिकमको नयाँ सिमकार्ड लिन अब कार्यालयमै पुग्नुपर्ने बाध्यता हट्ने भएको छ। सरकारले अनलाइन आवेदनमार्फत घरमै सिमकार...
भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

काठमाडौँ- भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका ४ हजार १०८ परिवारलाई सरकारले प्रतिपरिवार ४५ हजार रुपैयाँका दरले नगद स...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज