Advertisement

आज विश्व क्षयरोग दिवस मनाइँदै, उपचारका दायरामा आउने न्यून

Advertisement

आज मार्च २४ तारिख, विश्व क्षयरोग दिवस मनाइन्छ । क्षयरोग रोग विरुद्ध जनचेतना जगाउने, सरल र सहज रुपमा उपचारको प्रबन्ध गर्ने, गराउने उद्देश्यका साथ यो दिवस मनाउने गरिएको छ ।

यो वर्ष ‘हो, हामी क्षयरोग अन्त्य गर्न सक्छौँ। लगानीको प्रतिबद्धता र सेवा प्रवाहको सुनिश्चतता, आजको आवश्यकता’ भन्ने तय गरिएको छ । यो दिवसले क्षयरोग महामारीको अन्त्यका लागि गरिएका प्रतिबद्धता, प्रयास, तथा उपलब्धीलाई सम्झिने अवसर समेत प्रदान गरेको छ ।
राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रले दिवसका अवसरमा विभिन्न जनचेतनामूलक कार्यक्रमको आयोजना गर्ने तयारी गरेको छ । उक्त रोगका कारण नेपालमा हजारौँ मानिस प्रभावित भइरहेका छन् । विश्वव्यापी रुपमा क्षयरोग अन्त्यका लागि गरिएका हाम्रो साझा तथा सामूहिक संकल्पमा केन्द्र कटिबद्ध रहेको जनाएको छ।

सुदूरपश्चिममा चालू आर्थिक बर्षको १० महिनामा ६४ जनाको मृत्यु, बिरामीको संख्या बढ्दै
सुदूरपश्चिम प्रदेशमा चालू आर्थिक बर्ष २०८१्,,८२ को १० महिनामा ६४ जनाको क्षयरोग (टिभि) संक्रमणबाट मृत्यु भएको छ । सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयले विश्व क्षयरोग दिवसको अवसरमा धनगढीमा भएको कार्यक्रममा यस्तो तथ्यांक सार्वजनिक गरेको हो ।
यस अघिका आर्थिक बर्ष २०८०्०८१ मा १ सय १६ जनाको मृत्यु भएको निर्देशनालयले सार्वजनिक गरेको तथ्यांकमा देखिएको छ । यस्तै आर्थिक बर्ष २०७९्०८० मा २ सय २१ जनाको मृत्यु भएको थियो ।
स्वास्थ्य निर्देशनालय डोटीका क्षयकुष्ट अधिकृत मनोज ओझाले सुदूरपश्चिममा सबै भन्दा बढी क्षयरोगका बिरामीहरु कैलाली र कञ्चनपुरमा रहेको बताए । उनले सरकारले बर्षै पिच्छे बजेट घटाउनाले पनि चुनौति थपिएको बताए । सन् २०५० भित्र मुलुकलाई क्षयरोग मुक्त अभियान लिएको उनले बताए । ८० प्रतिशत बिरामीको फोक्सोमा र बाँकी २० प्रतिशतको मात्र अन्य अंगमा क्षयरोगको संक्रमण देखिने गरेको उनको भनाई रहेको छ । सुदूरपश्चिममा प्रदेशमा ५७ प्रतिशत क्षयरोगका बिरामीहरु अझै पत्ता लगाउन नसकेको निर्देशनालयको तथ्यांक रहेको छ । ४३ प्रतिशत मात्र बिरामीहरु मात्र सम्पर्कमा रहेको जनाएको छ । प्राय क्षयरोगको संक्रमण ६५ बर्ष भन्दा माथिका व्यत्तिहरुमा देखिने गरेको स्वास्थ्यकर्मीहरुको अनुभव रहेको छ ।
यस्तै बरिष्ठ जनस्वास्थ्य अधिकृत तथा स्वास्थ्य कार्यालय प्रमुख रमेश कुँवरले व्यवस्थापन पक्ष केहि फितलो र आफुहरु त्यसमा चुकिरहँदा लक्ष्य अनुसारको काम हुन नसकेको बताए । उनले रहेक तहलाई सबैले प्रश्न गर्न आवश्यक रहेको औल्याए ।
प्रदेशमा क्षयरोगीको संख्या धेरै भएपनि परीक्षण गर्ने गर्न नसकेको स्वास्थ्यमर्कीहरुले नै स्वीकार गरेका छन । समुदायस्तरमा क्षयरोगीहरुले परीक्षणसमेत गर्ने गरेका छैनन् । स्थानीय तहहरुले रोगको पत्ता लगाउन विभिन्न स्वास्थ्य शिविरहरु सञ्चालन गर्दै आएको भए पनि प्राप्त भएको छैन् । प्रदेशमा क्षयरोगीको रोगको पहिचानसमेत नभएर मृत्यु हुँदै आएको छ ।
धनगढी उपमहानगरपालिकामा कार्यरत स्वाथ्यकर्मी कृष्ण पन्तले सबै क्षयरोगीको उपचार नभएको बताए । उनले लक्ष्य अनुसारको कामसमेत नभएको बताए । क्षयरोगीको पहिचान र उपचार निःशुल्क हुन्छ । प्रदेश सरकारले रोगीलाई निःशुल्क औषधि वितरण गर्दै आएको छ । सुदूरपश्चिम प्रदेशभित्र क्षयरोगका कारण वर्षेनि ज्यान गुमाउनेको संख्या घट्न नसकेको तथ्यांक रहेको छ । विश्य क्षयरोग दिवसको अवसरमा स्वाथ्य कार्यालय कैलालीले धनगढीमा रहेको दृष्टी फाउण्डेशन र मानवसेवा आश्रममा रहेकाहरुको स्वास्थ्य समेत परीक्षण गर्ने भएको छ ।

स्वास्थ्यकर्मीका अनुसार क्षयरोग एक सरुवा रोग हो। जुन माइक्रोव्याक्टेरियम ट्युवरकुलोसिसले सुक्ष्म कीटाणुबाट लाग्दछ। यो रोग एक व्यक्तिबाट अर्को व्यक्तिमा श्वासप्रश्वासको माध्यमबाट सर्दछ। एकजना क्षयरोगीले वर्ष दिनमा १५ जनालाई सार्ने गर्दछ।

नियमित खोकी लाग्नु, रुघाखोकी हुनु, खकारमा रगत देखा पर्नु, साँझपख ज्वरो आउनु, राति सुतेको बेलामा पसिना आउनु, तौल घट्दै जानु, खाना नरुच्नु क्षयरोगीमा देखिने लक्षण हुन्। हुन त क्षयरोगमा देखिने प्रारम्भिक लक्षण अन्य रोगमा पनि देखिन्छन्। तर दुई हप्ताभन्दा बढी लगातार खोकी लागिरहेमा भने खकार जाँच गरेर क्षयरोग हो कि होइन भन्ने थाहा पाउन सकिन्छ।

क्षयरोगको निदान औषधिबाटै हुन्छ। यसमा बिरामीले लामो समयसम्म औषधि खानुपर्ने हुन्छ। यसको औषधि देशभरका स्वास्थ्य केन्द्रमा निःशुल्क पाइन्छ। औषधि खाँदा खानेकुरा बार्नुपर्दैन।

नेपालमा भएका क्षयरोगका बिरामीमध्ये ४० प्रतिशत बिरामी उपचारको दायरा बाहिर रहेको राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रको अनुमान छ ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

दुर्घटनामा छोरा गुमाइन् आमाले, घाइते आमा अस्पतालमा; एम्बुलेन्समा इन्धन नहुँदा उद्धारमा ढिलाइ

दुर्घटनामा छोरा गुमाइन् आमाले, घाइते आमा अस्पतालमा; एम्बुलेन्समा इन्धन नहुँदा उद्धारमा ढिलाइ

रमित ओली कैलारी- कैलालीको कैलारी गाउँपालिका–३ स्थित हुलाकी राजमार्गमा मोटरसाइकल दुर्घटनामा परी भजनी नगरपालिका–१ गौनियाका १८ वर्षीय...
बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बझाङको बुङ्गल नगरपालिका–३ तिपधारमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन गरिएको छ। भरत मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले परमा...
अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

धनगढी- अछामको ढकारी गाउँपालिका–३, तालीका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने भएका छन्। बाढीबाट प्रभावित नागरिकको दुःखलाई मध्यनजर...
कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

धनगढी- कैलालीका युवा करन साउदले बाढीपहिरोबाट प्रभावित परिवारको पीडालाई मध्यनजर गर्दै यस वर्ष व्यक्तिगत रूपमा दसैँ नमनाउने निर्णय ग...
दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

बझाङ: दुर्गाथली गाउँपालिकामा आगामी स्थानीय नेतृत्वको चर्चा चलिरहँदा नेकपा एमालेका एक युवा नेता महेश जोशी अध्यक्ष पदका बलिया दाबेदा...
सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

धनगढी- सुदूरपश्चिम प्रदेशमा पहिलोपटक एमबीबीएस अध्यापन हुने भएको छ। कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्या...
सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

धनगढी- सुदूरपश्चिम विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकाय, डडेल्धुराको डीनमा सहप्राध्यापक डा. डबल बहादुर धामी नियुक्त भएका छन्। ब...
अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

काठमाण्डौ- नेपाल टेलिकमको नयाँ सिमकार्ड लिन अब कार्यालयमै पुग्नुपर्ने बाध्यता हट्ने भएको छ। सरकारले अनलाइन आवेदनमार्फत घरमै सिमकार...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज