Advertisement

गौशालामा आहाराको अभाव

Advertisement

धनगढी- कैलालीमा गौशाला सुधार हुँदै गएपनि चौपायालाई आहाराको अभाव हुन थालेको छ ।
जिल्लाको टीकापुर नगरपालिका–५ स्थित गौशालास्तर सुधार हुँदै गए पनि चौपायालाई आहाराको अभाव हुन थालेको हो। टीकापुर नगरपालिकाको मातहतमा रहेको गौशाला सामुदायिक पशुचौपाया व्यवस्थापन तथा प्रवद्र्धन समिति टीकापुरले सञ्चालनको जिम्मा लिएपछि गौशाला व्यवस्थित हुँदै गए पनि सो क्षेत्रका चौपायालाई आहारा अभाव कायमै रहेको छ।
जानकी गाउँपालिका र टीकापुर नगरपालिकाभित्रका  सामुदायिक पशु चौपाया गौशालामा छन्। गौशालामा एक हजारभन्दा बढी चौपायालाई व्यवस्थापन गरिएको छ। विगतमा जानकी गाउँपालिका र टीकापुर नगरपालिकाले छुट्टाछुट्टै गौशाला सञ्चालन गर्दै आएका थिए। ‘दुई पालिकाको संयुक्त चौपाया व्यवस्थापन गर्दा चौपायाको सङ्ख्या दिनप्रतिदिन बढ्दै गएको छ। समितिसँग पर्याप्त स्रोत नहुँदा आहारा पुर्‍याउन समस्या हुँदै आएको छ’, समितिका अध्यक्ष लोकबहादुर बुढा क्षेत्रीले भने, ‘दाताहरूले गरेको सहयोग र गौशालाको केही आम्दानीले जसोतसो चौपायालाई खुवाउन पुगेको छ।’

उनका अनुसार गौशालालाई विभिन्न व्यक्तिहरुले विशेष अवसरमा सहयोग गर्दै आएका छन्। त्यसैगरी गौशालाले प्रशोधित गौमूत्र, मलखाद, गाइको गोबरबाट बनाइएका पूजाका सामग्रीहरु समितिले आम्दानीको स्रोतमा राखेको छ। त्यहाँबाट थोरै भए पनि गौशालालाई आम्दानी हुन्छ।

संरचनागत रुपमा व्यवस्थित बन्दै गए पनि चौपायाको आहाराको व्यवस्थापनमा चुनौती थपिँदै गएको उनको भनाइ छ। खासगरी पर्याप्त मात्रामा परालको व्यवस्थापन हुन नसक्दा आहारा खोज्दै हिँड्नुपरेको बुढाक्षेत्री बताउछन्। ‘हामीसँग पराल धेरै थियो। एक वर्षलाई पुग्छ भनेको पराल छ महिनामै सकियो’, उनी भन्छन्, ‘अझै समय धेरै छ। पराल कतै पाइँदैन। पाइएको ठाउँमा पनि महँगो छ। खरिद गर्नका लागि समितिसँग पैसा छैन।’ चौपायाको आहारा बोक्नका लागि टीकापुरका उद्योगी टीकाराम जैसीले गौशालालाई एउटा ट्याक्टर सहयोग गरेका छन्।

गौशालाबाट हाल दैनिक २० लिटरसम्म दूध बजार पु¥याउन थालिएको छ। ‘दूध दिने गाईलाई छुट्टै राखेर दूध दुहुन थालेका छौँ। त्यसबाट उत्पादित दूध बजार पु–याउँछौँ’, समितिका अध्यक्ष बुढाक्षेत्रीले भने, ‘अन्य व्याउने गाईलाई छुट्टै राखेर हेरचाह भइरहेको छ। अबको केही महिनामा ४० लिटरसम्म दूध बजार लैजाने योजना छ।’ ब्याएका गाईका लागि सीमित जग्गामा घाँसखेती गरिएको छ। जग्गा अभावले त्यो अपुग छ।

टीकापुर नगरपालिकाले गौशाला व्यवस्थापनका लागि वार्षिक २० लाख रकम सहयोग गर्दै आएको छ भने जानकी गाउँपालिकाले पाँच लाख सहयोग गर्दै आएको छ। सहयोग रकमबाट गौशालाका कामदारलाई व्यवस्थापन गर्न सकिएको बुढाक्षेत्री बताउछन्। हाल गौशालामा १० जना कामदार छन्।
नगरपालिकाले सो क्षेत्रमा करोडौँ खर्च गरेको छ। चौपायाको गोबरबाट बायोग्याँस उत्पादन गर्न ग्यास प्लान्ट निर्माण गरेको छ। जैविक मल उत्पादनका लागि दुई भवन छुट्टै छन्। दूध सङ्कलन केन्द्रको भवन निर्माण भएको छ। दूध बजार पु¥याउन एक इलेक्ट्रोनिक रिक्सा गौशालामा छ। फ्रिजको व्यवस्था गरिएको छ। सिसीटिभी क्यामरा जडान गरिएको छ।
गौशाला व्यवस्थित भएपछि किसानलाई राहत मिलेको छ। हिउँदको समयमा लगाएको अन्नबाली जोगाउन मुस्किल हुने किसानले यस वर्ष सामुदायिक छाडा चौपायाको सास्ती खेप्नुपरेन। ‘विगतमा खेतमा त्रिपाल हालेर रातभर चौपायाको चौकिदारी गर्नुपथ्र्यो’, जानकी गाउँपालिका सुवर्णपुरका किसान सञ्जीव चौधरीले भने, ‘यस वर्ष चौपाया देखिएका छैनन्। पहिलेको जस्तो चौपायाले खेती नष्ट गर्छन् कि भन्ने चिन्ता पनि छैन। रासस

प्रतिक्रिया

छुटाउनुभयो कि ?

दुर्घटनामा छोरा गुमाइन् आमाले, घाइते आमा अस्पतालमा; एम्बुलेन्समा इन्धन नहुँदा उद्धारमा ढिलाइ

दुर्घटनामा छोरा गुमाइन् आमाले, घाइते आमा अस्पतालमा; एम्बुलेन्समा इन्धन नहुँदा उद्धारमा ढिलाइ

रमित ओली कैलारी- कैलालीको कैलारी गाउँपालिका–३ स्थित हुलाकी राजमार्गमा मोटरसाइकल दुर्घटनामा परी भजनी नगरपालिका–१ गौनियाका १८ वर्षीय...
बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बझाङको बुङ्गल नगरपालिका–३ तिपधारमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन गरिएको छ। भरत मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले परमा...
अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

धनगढी- अछामको ढकारी गाउँपालिका–३, तालीका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने भएका छन्। बाढीबाट प्रभावित नागरिकको दुःखलाई मध्यनजर...
कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

धनगढी- कैलालीका युवा करन साउदले बाढीपहिरोबाट प्रभावित परिवारको पीडालाई मध्यनजर गर्दै यस वर्ष व्यक्तिगत रूपमा दसैँ नमनाउने निर्णय ग...
दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

बझाङ: दुर्गाथली गाउँपालिकामा आगामी स्थानीय नेतृत्वको चर्चा चलिरहँदा नेकपा एमालेका एक युवा नेता महेश जोशी अध्यक्ष पदका बलिया दाबेदा...
सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

धनगढी- सुदूरपश्चिम प्रदेशमा पहिलोपटक एमबीबीएस अध्यापन हुने भएको छ। कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्या...
सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

धनगढी- सुदूरपश्चिम विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकाय, डडेल्धुराको डीनमा सहप्राध्यापक डा. डबल बहादुर धामी नियुक्त भएका छन्। ब...
अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

काठमाण्डौ- नेपाल टेलिकमको नयाँ सिमकार्ड लिन अब कार्यालयमै पुग्नुपर्ने बाध्यता हट्ने भएको छ। सरकारले अनलाइन आवेदनमार्फत घरमै सिमकार...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज