Advertisement

बझाङमा १२ जना महिलालाई १५ दिने सिलाई कटाई पुनःताजकिय तालिम प्रदान

Advertisement

बझाङ- बझाङमा १५ दिने सिलाई कटाई सम्बन्धी पुनः ताजकिय तालिम सम्पन्न भएको छ।
फागुन २५ गतेदेखि सुरु भएको तालिम आइतबार दलित सहयोग समाजको कार्यालय सदरमुकाम चैनपुरमा सम्पन्न भएको हो।

उक्त पुनः ताजकिय तालिम दलित सहयोग समाज र वर्ल्ड भिजन इन्टरनेशनल नेपालको साझेदारीमा सञ्चालित पोषण तथा उत्थानशील जीविकोपार्जन परियोजना लागू भएको केदारस्यूँ गाउँपालिका वडा नम्बर २, ३, ६, ७ र ८ का १२ जना महिलाले पाएका छन्

पहिला सिलाइ कटाइ सम्बन्धि सामाग्री प्रदान गरिएका उक्त महिलालाई तालिम प्रदान गरिएको परियोजना संयोजक रमेश बहादुर मालीले जानकारी दिए । संयोजक मालीका अनुसार महिलाहरूलाई प्राविधिक ज्ञान र सीप सिकाएर उनीहरूलाई दक्ष बनाउनु तथा आर्थिक रूपमा आत्मनिर्भर बनाउन तालिमको आयोजना गरिएको हो ।

तालिमबाट महिलाहरू प्राविधिक सीप सिक्दै समयको बचत गर्ने अवसर पाएका छन् । बचत भएको समय बालबालिकाको हेरचाह, स्वास्थ्य, शिक्षा र पोषण सुधारमा उपयोग गर्न प्रेरित गरिएको छ।

तालिममा सहभागी निशा नेपालीले वर्ल्ड भिजन इन्टरनेशनल नेपाल र दलित सहयोग समाजलाई धन्यवाद दिँदै भनिन्, “यस तालिमले हाम्रो क्षमता विकासमा सहयोग गरेको छ। अब महिलाहरू पनि सजिलै जीविकोपार्जन गर्न सक्षम हुनेछन्। अझ लामो समयको तालिम भए अझ राम्रो हुने थियो।”

कार्यक्रम समापन दलित सहयोग समाजका सह-सचिव श्याम नेपालीको अध्यक्षतामा भएको थियोे । कार्यक्रममा नागरिक समाजका अगुवा, दलित सहयोग समाजका कार्यकारी निर्देशक, परियोजना संयोजक तथा कर्मचारीको उपस्थिति रहेको थियो।
कार्यक्रमका अध्यक्ष नेपालीले समापन समारोहमा बोल्ने क्रममा “यस तालिमले महिलाहरूलाई सशक्त बनाउने बताए । परिवार र समुदायमा दीर्घकालीन रूपमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।”
उक्त तालिमले महिलाहरूको जीवनमा सहजता ल्याउने, आर्थिक रूपले सक्षम बनाउने र स्थानीयस्तरमा आत्मनिर्भरता बढाउने महत्त्वपूर्ण योगदान दिने विश्वास व्यक्त गरिएको बताउनु भएको थियो।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बझाङको बुङ्गल नगरपालिका–३ तिपधारमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन गरिएको छ। भरत मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले परमा...
अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

धनगढी- अछामको ढकारी गाउँपालिका–३, तालीका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने भएका छन्। बाढीबाट प्रभावित नागरिकको दुःखलाई मध्यनजर...
कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

धनगढी- कैलालीका युवा करन साउदले बाढीपहिरोबाट प्रभावित परिवारको पीडालाई मध्यनजर गर्दै यस वर्ष व्यक्तिगत रूपमा दसैँ नमनाउने निर्णय ग...
दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

बझाङ: दुर्गाथली गाउँपालिकामा आगामी स्थानीय नेतृत्वको चर्चा चलिरहँदा नेकपा एमालेका एक युवा नेता महेश जोशी अध्यक्ष पदका बलिया दाबेदा...
सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

धनगढी- सुदूरपश्चिम प्रदेशमा पहिलोपटक एमबीबीएस अध्यापन हुने भएको छ। कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्या...
सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

धनगढी- सुदूरपश्चिम विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकाय, डडेल्धुराको डीनमा सहप्राध्यापक डा. डबल बहादुर धामी नियुक्त भएका छन्। ब...
अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

काठमाण्डौ- नेपाल टेलिकमको नयाँ सिमकार्ड लिन अब कार्यालयमै पुग्नुपर्ने बाध्यता हट्ने भएको छ। सरकारले अनलाइन आवेदनमार्फत घरमै सिमकार...
भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

काठमाडौँ- भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका ४ हजार १०८ परिवारलाई सरकारले प्रतिपरिवार ४५ हजार रुपैयाँका दरले नगद स...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज