Advertisement

कुटपिटमा परेका पत्रकार मिश्रसंग छलफल, महासंघद्वारा दोषीलाई कारबाहीको माग

Advertisement

धनगढी- कैलालीमा समाचार लेखेको भन्दै कुटपिटमा परेका पत्रकार प्रकाश मिश्रसंग नेपाल पत्रकार महासंघले छलफल गरेको छ । कुटपिटपछि घाइते पत्रकार मिश्रसंग नेपाल पत्रकार महासंघ कैलालीको टोली सुुखड पुगेर घटनाबारे छलफल गरेको हो ।
छलफलको क्रममा पीडित पत्रकार मिश्रले दोषीलाई कारवाही हुनुपर्ने बताए ।
“समाचार लेखेकै कारण म माथी कुटपिट भएको छ” पत्रकार मिश्रले छलफलमा भने, “यस्तालाई कडा कारवाही हुनुुपर्छ । दोषीलाई कारवाहीका लागि महासंघले साथ दिनुपर्छ ।

नेपाल पत्रकार महासंघ कैलालीका अध्यक्ष श्रवण देउवाले समाचार लेखेकै भरमा पत्रकार माथि कुुटपिट हुनु दु:खद घटना भएको बताए । समाचारमा विमती भए कानुुनी प्रकृयामा जाने बाटो खुला हुँदाहुँदै पत्रकारमाथी भौतिक आक्रमणमा उत्रिनु गलत हो“ देउवाले भने, ”पत्रकार माथी आक्रमण गर्नेलाई कानुनी कठघरमा उभ्याउनु जरुरी छ ।

नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेशका निवर्तमान अध्यक्ष योगेश रावल, नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समितिका सदस्य भिमबहादुर चौधरी, नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य जमुना न्यूूरेका साथै मसुरिया, पहलमानपुर, सुखड, बौनिया, जोशीपुरका पत्रकारहरुको छलफलमा सहभागिता रहेको नेपाल पत्रकार महासंघ कैलालीका कार्यसमिति सदस्य बिरेन्द्र शाहले जानकारी दिए ।
धनगढीबाट प्रकाशित अनुमोदन दैनिकमा चैत ४ गते मिश्रको बाइलाइलनमा कैलालीको सिमली जंगलमा विदेशी नागरिकको रहस्यमय जमघट शीर्षकमा समाचार प्रकाशित भएको थियो । उक्त समाचारलाई लिएर घोडाघोडीमा रहेको ओजुवा क्याफेका संचालक डबलबहादुर शाह र पहलमानपुरमा रहेको सिर्जना होटेलका संचालक चेतबहादुर सिंहले घोडाघोडी नगरपालिका वडा नम्बर १० पहलमानपुरमा कुटपिट गरेको पीडित पत्रकार मिश्रले महासंघलाई जानकारी गराएका थिए ।
पत्रकार मिश्रले इलाका प्रहरी कार्यालय सुखडमा किटानी जाहेरी दिएका छन् भने पिडक डबलबहादुर शाह प्रहरी थुनामा रहेका छन् भने चेतबहादुर सिंह फरार रहेका छन् ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बझाङको बुङ्गल नगरपालिका–३ तिपधारमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन गरिएको छ। भरत मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले परमा...
अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

धनगढी- अछामको ढकारी गाउँपालिका–३, तालीका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने भएका छन्। बाढीबाट प्रभावित नागरिकको दुःखलाई मध्यनजर...
कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

धनगढी- कैलालीका युवा करन साउदले बाढीपहिरोबाट प्रभावित परिवारको पीडालाई मध्यनजर गर्दै यस वर्ष व्यक्तिगत रूपमा दसैँ नमनाउने निर्णय ग...
दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

बझाङ: दुर्गाथली गाउँपालिकामा आगामी स्थानीय नेतृत्वको चर्चा चलिरहँदा नेकपा एमालेका एक युवा नेता महेश जोशी अध्यक्ष पदका बलिया दाबेदा...
सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

धनगढी- सुदूरपश्चिम प्रदेशमा पहिलोपटक एमबीबीएस अध्यापन हुने भएको छ। कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्या...
सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

धनगढी- सुदूरपश्चिम विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकाय, डडेल्धुराको डीनमा सहप्राध्यापक डा. डबल बहादुर धामी नियुक्त भएका छन्। ब...
अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

काठमाण्डौ- नेपाल टेलिकमको नयाँ सिमकार्ड लिन अब कार्यालयमै पुग्नुपर्ने बाध्यता हट्ने भएको छ। सरकारले अनलाइन आवेदनमार्फत घरमै सिमकार...
भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

काठमाडौँ- भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका ४ हजार १०८ परिवारलाई सरकारले प्रतिपरिवार ४५ हजार रुपैयाँका दरले नगद स...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज