Advertisement

कैलाली र कञ्चनपुरका रानाथारू समुदायमा खखडेहरा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक विदा

Advertisement

धनगढी- कैलाली र कञ्चनपुरका राना थारू समुदायले परम्परागत ‘खखडेहरा पर्व’ उल्लासपूर्वक मनाउँदैछन् ।
आज शुक्रबार यी क्षेत्रमा बसोबास गर्ने राना थारू समुदायले परम्परागत होली पर्वको अन्तिम दिनलाई खखडेहरा पर्वका रूपमा मनाउने परम्परा रहिआएको छ।
सुदूरपश्चिम प्रदेश सरकारले यो पर्वका अवसरमा सार्वजनिक विदा दिएको छ। राना थारू समुदायका नागरिकहरूको दीर्घायु, रोगव्याधीबाट मुक्ति तथा नकारात्मक शक्तिबाट बचाउन यो पर्व मनाइने गरिएको छ।

राना थारू समुदायमा फागु पूर्णिमादेखि एक महिनासम्म परम्परागत शैलीमा होली मनाइने चलन छ। यस अवधिमा प्रत्येक राति होली मनाइन्छ। खखडेहरा पर्वको दिन बिहानै गाउँभरिका मानिसहरू खखडेहरा फुटाउन जाने परम्परा छ। खखडेहरा फुटाउने क्रममा गाग्रो, लोटा, खपटेलका टुक्रा, माटोको मट्याङ्ग्रा, सात प्रकारका अन्न तथा सुकेको गोबर जस्ता सामग्री आवश्यक पर्छ।
राना थारू समुदायका हरेक घरबाट मानिसहरू बिहानै खप्टोमा माटोको भाँडा, सुइरो गाँसिएको मट्याङ्ग्रा बोकेर रोगव्याध, भूतप्रेत तथा अन्य नकारात्मक तत्वलाई गाउँबाहिर लगेर विसर्जन गर्ने परम्परा रहिआएको छ। खखडेहरा फुटाइसकेपछि घर फर्किंदा पछाडि फर्केर नहेर्नु पर्ने मान्यता रहेको छ।
पर्व सकिएपछि, होलीमा चलाइएको धुलो (खरानी) लिएर गाउँका भलमन्सा, प्रधान, अगुवा लगायतका व्यक्तिहरूलाई टीका लगाई आशीर्वाद लिने र खुसी साटासाट गर्ने चलन रहेको छ। गर्मी बढेसँगै विभिन्न प्राकृतिक प्रकोप नआउन् भन्ने कामनासहित सामूहिक रूपमा यो पर्व मनाइन्छ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बझाङको बुङ्गल नगरपालिका–३ तिपधारमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन गरिएको छ। भरत मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले परमा...
अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

धनगढी- अछामको ढकारी गाउँपालिका–३, तालीका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने भएका छन्। बाढीबाट प्रभावित नागरिकको दुःखलाई मध्यनजर...
कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

धनगढी- कैलालीका युवा करन साउदले बाढीपहिरोबाट प्रभावित परिवारको पीडालाई मध्यनजर गर्दै यस वर्ष व्यक्तिगत रूपमा दसैँ नमनाउने निर्णय ग...
दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

बझाङ: दुर्गाथली गाउँपालिकामा आगामी स्थानीय नेतृत्वको चर्चा चलिरहँदा नेकपा एमालेका एक युवा नेता महेश जोशी अध्यक्ष पदका बलिया दाबेदा...
सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

धनगढी- सुदूरपश्चिम प्रदेशमा पहिलोपटक एमबीबीएस अध्यापन हुने भएको छ। कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्या...
सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

धनगढी- सुदूरपश्चिम विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकाय, डडेल्धुराको डीनमा सहप्राध्यापक डा. डबल बहादुर धामी नियुक्त भएका छन्। ब...
अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

काठमाण्डौ- नेपाल टेलिकमको नयाँ सिमकार्ड लिन अब कार्यालयमै पुग्नुपर्ने बाध्यता हट्ने भएको छ। सरकारले अनलाइन आवेदनमार्फत घरमै सिमकार...
भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

काठमाडौँ- भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका ४ हजार १०८ परिवारलाई सरकारले प्रतिपरिवार ४५ हजार रुपैयाँका दरले नगद स...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज