Advertisement

नयाँ शैक्षिक सत्रका लागि चैत १२ गतेदेखि पुस्तक वितरण गरिँदै

Advertisement

काठमाडौं- नयाँ शैक्षिक सत्रका लागि चैत १२ गतेदेखि पुस्तक वितरण सुरु गरिने भएको छ । सानोठिमीस्थित जनक शिक्षा सामग्री केन्द्रको गोदाममा रहेका किताब पाठ्यक्रम विकास केन्द्र र जनक शिक्षाको समन्वयमा वितरण सुरु गर्न लागिएको हो ।
पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक इमनारायण श्रेष्ठका अनुसार गत शुक्रबार बसेको बैठकले चैत १२ गतदेखि वितरण गर्ने निर्णय गरेको थियोे ।
‘गत वर्ष चैत १५ गतेबाट पुस्तक वितरण सुरु गरिएको थियो । जनक शिक्षाको प्रबन्ध–निर्देशक नियुक्त हुन बाँकी रहेकाले आर्थिक पक्ष केही प्रभावित हुन सक्ने श्रेष्ठले बताए । तैपनि पुस्तक वितरण समयमै सम्पन्न गर्ने योजना रहेको उनको भनाइ छ।

हाल कक्षा नौ र १० का लागि सात विषय, कक्षा चारदेखि आठसम्मका लागि ६ विषय र कक्षा एकदेखि तीनसम्मका लागि चार विषयका पुस्तक छापिएका छन् । तर, कक्षा एक, दुई र चारका केही पुस्तक भने जनक शिक्षाले यस वर्ष छापेको छैन ।
नयाँ शैक्षिक सत्र ०८१/८२ का लागि जनक शिक्षाले कुल एक करोड ७० लाख पुस्तक छापेको छ । जनक शिक्षा सामग्री केन्द्रका निर्देशक तिलबहादुर अधिकारीका अनुसार कक्षाअनुसार औसत २५ देखि ३० लाख थान पुस्तक आवश्यक पर्ने हुन्छ ।

वैशाखको पहिलो सातासम्म किताब वितरण गरि सक्ने लक्ष्य छ ।
पुस्तक वितरणमा मुख्य विक्रेता जनक शिक्षा सामग्री केन्द्र हुनेछ । सातै प्रदेशमा यसका कार्यालय छन् । केन्द्रले सातै प्रदेशका कार्यालयमा किताब पुर्‍याउनेछ । त्यहाँबाट जिल्ला–जिल्लामा ढुवानी हुनेछ ।
ढुवानी गर्नका लागि ढुवानीकर्ता तथा एजेन्ट तोकिएको छ । यसपटक देशभर एक हजार दुई सय एजेन्टले पुस्तक ढुवानी गर्नेछन् । उनीहरूले किताब विद्यालय–विद्यालयसम्म पुर्‍याउनेछन् ।

सरकारी विद्यालयमा कक्षा एकदेखि १२ सम्म पढ्ने विद्यार्थीले निःशुल्क पुस्तक पाउँछन् ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बझाङको बुङ्गल नगरपालिका–३ तिपधारमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन गरिएको छ। भरत मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले परमा...
अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

धनगढी- अछामको ढकारी गाउँपालिका–३, तालीका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने भएका छन्। बाढीबाट प्रभावित नागरिकको दुःखलाई मध्यनजर...
कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

धनगढी- कैलालीका युवा करन साउदले बाढीपहिरोबाट प्रभावित परिवारको पीडालाई मध्यनजर गर्दै यस वर्ष व्यक्तिगत रूपमा दसैँ नमनाउने निर्णय ग...
दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

बझाङ: दुर्गाथली गाउँपालिकामा आगामी स्थानीय नेतृत्वको चर्चा चलिरहँदा नेकपा एमालेका एक युवा नेता महेश जोशी अध्यक्ष पदका बलिया दाबेदा...
सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

धनगढी- सुदूरपश्चिम प्रदेशमा पहिलोपटक एमबीबीएस अध्यापन हुने भएको छ। कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्या...
सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

धनगढी- सुदूरपश्चिम विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकाय, डडेल्धुराको डीनमा सहप्राध्यापक डा. डबल बहादुर धामी नियुक्त भएका छन्। ब...
अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

काठमाण्डौ- नेपाल टेलिकमको नयाँ सिमकार्ड लिन अब कार्यालयमै पुग्नुपर्ने बाध्यता हट्ने भएको छ। सरकारले अनलाइन आवेदनमार्फत घरमै सिमकार...
भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

काठमाडौँ- भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका ४ हजार १०८ परिवारलाई सरकारले प्रतिपरिवार ४५ हजार रुपैयाँका दरले नगद स...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज