Advertisement

कञ्चनपुरका स्ववियु निर्वाचन सम्पन्न ६ क्याम्पस मध्य ४ मा नेविसंघ र २ मा अखिल क्रान्तिकारी विजयी

Advertisement

धनगढी- कञ्चनपुरका ६ क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको मतपरिणाम सार्वजनिक भएको छ। त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्गत मंगलबार सम्पन्न स्ववियु निर्वाचनको मतपरिणाम सार्वजनिक भएको हो ।

जिल्लाको दोधारा चाँदनीस्थित भानु बहुमुखी क्याम्पस, बेलडाँडीको रौलेश्वर आदर्श बहुमुखी क्याम्पस, बेलौरीस्थित महाकाली बहुमुखी क्याम्पस, पुनर्वासको जनता बहुमुखी क्याम्पस, कलकत्तास्थित रामपुर बहुमुखी क्याम्पस र गुलरियाको कञ्चन बहुमुखी क्याम्पसको अन्तिम नतिजा सार्वजनिक भएको निर्वाचन समितिले जनाएको छ ।
अन्तिम नतिजा अनुसार ४ क्याम्पसमा नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ (नेविसंघ) निर्वाचित भएको छ, भने २ क्याम्पसमा नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले जित हात पारेको छ ।

विजयी उम्मेदवारहरू
• जनता बहुमुखी क्याम्पस, पुनर्वास: नेविसंघका विकास खड्का प्यानलसहित विजयी।
• रौलेश्वर आदर्श बहुमुखी क्याम्पस, बेलडाँडी: नेविसंघका मोहन जैसी विजयी।
• भानु बहुमुखी क्याम्पस, दोधारा चाँदनी: नेविसंघका सुवास नेगी प्यानलसहित विजयी।
• कञ्चन बहुमुखी क्याम्पस, गुलरिया: नेविसंघका सुनिल ऐर विजयी।
• रामपुर बहुमुखी क्याम्पस, बेलौरी: अखिल क्रान्तिकारीकी रविना राना प्यानलसहित निर्वाचित।
• महाकाली बहुमुखी क्याम्पस, बेलौरी: अखिल क्रान्तिकारीका दीपक चौधरी निर्वाचित।

यसअघि कृष्ण बैजनाथ बहुमुखी क्याम्पस, झलारी र दानेश्वर बहुमुखी क्याम्पसमा निर्विरोध रूपमा स्ववियु नेतृत्व चयन भएको थियो। झलारीस्थित कृष्ण बैजनाथ क्याम्पसमा नेविसंघको सभापतित्वमा अखिल क्रान्तिकारी र अनेरास्ववियुको गठबन्धन भएको थियो। त्यस्तै, दानेश्वर बहुमुखी क्याम्पसमा अनेरास्ववियुको प्यानलै निर्विरोध निर्वाचित भएको थियो।
त्रिवि अन्तर्गत कञ्चनपुरका सिद्धनाथ विज्ञान क्याम्पस, कञ्चन विद्या मन्दिर सामुदायिक कलेज, जनज्योति, घटाल, उदय सरस्वती, वारिधी, बालजागृति लगायत सात क्याम्पसमा निर्वाचन हुन सकेन।

गुलरियामा नेविसंघ र अनेरास्ववियुबीच झडप
गुलरियास्थित कञ्चन बहुमुखी क्याम्पसमा नेपाली कांग्रेस निकट नेविसंघ र नेकपा एमाले निकट अनेरास्ववियुबीच झडप हुँदा मतगणना स्थगित भएको छ। साँझ नेविसंघ र अनेरास्ववियुका विद्यार्थीहरूबीचको विवाद झडपमा परिणत भएपछि मतगणना रोकिएको हो। नेकपा एमाले कृष्णपुरका अध्यक्ष कुबेर खडकाले नेपाली कांग्रेस निकट विद्यार्थीहरूले मदिरा सेवन गरी प्रहरीको आडमा पार्टी कार्यालय तोडफोड गरेको तथा उम्मेदवार राजेन्द्र खडकामाथि कुटपिट गरेको आरोप लगाएका छन्।
यता, नेपाली कांग्रेसका नेता लेखराज भट्टले एमालेभित्रको आन्तरिक गुटबन्दीका कारण नेविसंघमाथि आरोप लगाइएको दाबी गरेका छन्। उनका अनुसार १६ मत गणना बाँकी रहँदा अनेरास्ववियु पराजय निश्चित भएपछि विवाद सिर्जना गरिएको हो।
कञ्चन बहुमुखी क्याम्पसमा नेविसंघ, अनेरास्ववियु, अखिल क्रान्तिकारी, समाजवादी निकट अनेरास्ववियुका उम्मेदवार चुनावी प्रतिस्पर्धामा थिए। कुल ३ सय ९४ मतदाता मध्ये ३ सय ३४ मत खसेको थियो। प्रमुख दल निकट विद्यार्थी संगठनहरूबीच झडप भएपछि अन्य विद्यार्थी संगठनहरू भने निराश भएका छन्।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बझाङको बुङ्गल नगरपालिका–३ तिपधारमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन गरिएको छ। भरत मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले परमा...
अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

धनगढी- अछामको ढकारी गाउँपालिका–३, तालीका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने भएका छन्। बाढीबाट प्रभावित नागरिकको दुःखलाई मध्यनजर...
कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

धनगढी- कैलालीका युवा करन साउदले बाढीपहिरोबाट प्रभावित परिवारको पीडालाई मध्यनजर गर्दै यस वर्ष व्यक्तिगत रूपमा दसैँ नमनाउने निर्णय ग...
दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

बझाङ: दुर्गाथली गाउँपालिकामा आगामी स्थानीय नेतृत्वको चर्चा चलिरहँदा नेकपा एमालेका एक युवा नेता महेश जोशी अध्यक्ष पदका बलिया दाबेदा...
सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

धनगढी- सुदूरपश्चिम प्रदेशमा पहिलोपटक एमबीबीएस अध्यापन हुने भएको छ। कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्या...
सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

धनगढी- सुदूरपश्चिम विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकाय, डडेल्धुराको डीनमा सहप्राध्यापक डा. डबल बहादुर धामी नियुक्त भएका छन्। ब...
अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

काठमाण्डौ- नेपाल टेलिकमको नयाँ सिमकार्ड लिन अब कार्यालयमै पुग्नुपर्ने बाध्यता हट्ने भएको छ। सरकारले अनलाइन आवेदनमार्फत घरमै सिमकार...
भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

काठमाडौँ- भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका ४ हजार १०८ परिवारलाई सरकारले प्रतिपरिवार ४५ हजार रुपैयाँका दरले नगद स...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज