Advertisement

कञ्चनपुरका स्ववियु निर्वाचन सम्पन्न ६ क्याम्पस मध्य ४ मा नेविसंघ र २ मा अखिल क्रान्तिकारी विजयी

Advertisement

धनगढी- कञ्चनपुरका ६ क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको मतपरिणाम सार्वजनिक भएको छ। त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्गत मंगलबार सम्पन्न स्ववियु निर्वाचनको मतपरिणाम सार्वजनिक भएको हो ।

जिल्लाको दोधारा चाँदनीस्थित भानु बहुमुखी क्याम्पस, बेलडाँडीको रौलेश्वर आदर्श बहुमुखी क्याम्पस, बेलौरीस्थित महाकाली बहुमुखी क्याम्पस, पुनर्वासको जनता बहुमुखी क्याम्पस, कलकत्तास्थित रामपुर बहुमुखी क्याम्पस र गुलरियाको कञ्चन बहुमुखी क्याम्पसको अन्तिम नतिजा सार्वजनिक भएको निर्वाचन समितिले जनाएको छ ।
अन्तिम नतिजा अनुसार ४ क्याम्पसमा नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ (नेविसंघ) निर्वाचित भएको छ, भने २ क्याम्पसमा नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले जित हात पारेको छ ।

विजयी उम्मेदवारहरू
• जनता बहुमुखी क्याम्पस, पुनर्वास: नेविसंघका विकास खड्का प्यानलसहित विजयी।
• रौलेश्वर आदर्श बहुमुखी क्याम्पस, बेलडाँडी: नेविसंघका मोहन जैसी विजयी।
• भानु बहुमुखी क्याम्पस, दोधारा चाँदनी: नेविसंघका सुवास नेगी प्यानलसहित विजयी।
• कञ्चन बहुमुखी क्याम्पस, गुलरिया: नेविसंघका सुनिल ऐर विजयी।
• रामपुर बहुमुखी क्याम्पस, बेलौरी: अखिल क्रान्तिकारीकी रविना राना प्यानलसहित निर्वाचित।
• महाकाली बहुमुखी क्याम्पस, बेलौरी: अखिल क्रान्तिकारीका दीपक चौधरी निर्वाचित।

यसअघि कृष्ण बैजनाथ बहुमुखी क्याम्पस, झलारी र दानेश्वर बहुमुखी क्याम्पसमा निर्विरोध रूपमा स्ववियु नेतृत्व चयन भएको थियो। झलारीस्थित कृष्ण बैजनाथ क्याम्पसमा नेविसंघको सभापतित्वमा अखिल क्रान्तिकारी र अनेरास्ववियुको गठबन्धन भएको थियो। त्यस्तै, दानेश्वर बहुमुखी क्याम्पसमा अनेरास्ववियुको प्यानलै निर्विरोध निर्वाचित भएको थियो।
त्रिवि अन्तर्गत कञ्चनपुरका सिद्धनाथ विज्ञान क्याम्पस, कञ्चन विद्या मन्दिर सामुदायिक कलेज, जनज्योति, घटाल, उदय सरस्वती, वारिधी, बालजागृति लगायत सात क्याम्पसमा निर्वाचन हुन सकेन।

गुलरियामा नेविसंघ र अनेरास्ववियुबीच झडप
गुलरियास्थित कञ्चन बहुमुखी क्याम्पसमा नेपाली कांग्रेस निकट नेविसंघ र नेकपा एमाले निकट अनेरास्ववियुबीच झडप हुँदा मतगणना स्थगित भएको छ। साँझ नेविसंघ र अनेरास्ववियुका विद्यार्थीहरूबीचको विवाद झडपमा परिणत भएपछि मतगणना रोकिएको हो। नेकपा एमाले कृष्णपुरका अध्यक्ष कुबेर खडकाले नेपाली कांग्रेस निकट विद्यार्थीहरूले मदिरा सेवन गरी प्रहरीको आडमा पार्टी कार्यालय तोडफोड गरेको तथा उम्मेदवार राजेन्द्र खडकामाथि कुटपिट गरेको आरोप लगाएका छन्।
यता, नेपाली कांग्रेसका नेता लेखराज भट्टले एमालेभित्रको आन्तरिक गुटबन्दीका कारण नेविसंघमाथि आरोप लगाइएको दाबी गरेका छन्। उनका अनुसार १६ मत गणना बाँकी रहँदा अनेरास्ववियु पराजय निश्चित भएपछि विवाद सिर्जना गरिएको हो।
कञ्चन बहुमुखी क्याम्पसमा नेविसंघ, अनेरास्ववियु, अखिल क्रान्तिकारी, समाजवादी निकट अनेरास्ववियुका उम्मेदवार चुनावी प्रतिस्पर्धामा थिए। कुल ३ सय ९४ मतदाता मध्ये ३ सय ३४ मत खसेको थियो। प्रमुख दल निकट विद्यार्थी संगठनहरूबीच झडप भएपछि अन्य विद्यार्थी संगठनहरू भने निराश भएका छन्।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बिरीजात मेलाको तयारी तीव्र, लोप हुँदै गएको संस्कृति जोगाउन मेलालाई नयाँ स्वरूप दिइँदै

बिरीजात मेलाको तयारी तीव्र, लोप हुँदै गएको संस्कृति जोगाउन मेलालाई नयाँ स्वरूप दिइँदै

बझाङ- बझाङको छबिसपाथिभेरा गाउँपालिका-७ मजखोरीमा आयोजना हुन लागेको धार्मिक, ऐतिहासिक तथा सांस्कृतिक बिरीजात मेलाको तयारी तीव्र पारि...
केदारस्यूँमा स्वास्थ्य शाखाको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न, उत्कृष्ट कार्यसम्पादन गर्ने संस्था सम्मानित, स्वयंसेविका तथा इन्चार्जले पाए झोला

केदारस्यूँमा स्वास्थ्य शाखाको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न, उत्कृष्ट कार्यसम्पादन गर्ने संस्था सम्मानित, स्वयंसेविका तथा इन्चार्जले पाए झोला

बझाङ- बझाङको केदारस्यूँ गाउँपालिका स्वास्थ्य शाखाको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न भएको छ। मंगलबार स्वास्थ्य शाखाले आयोजना गरे...

ए.सी.जी. ग्रुपकाे CEO मा निशा चौधरी नियुक्त, 

  काठमाडौँ : २०८३ भदौ ६ गते (२२ अगस्ट२०२६) गतेका दिन बसेको बैठकले ए.सी.जी. ग्रुपले आफ्नो संस्थागत विकास, व्यवस्थापन प्रणाल...
जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीमा गेटामा रक्तदान कार्यक्रम आयोजना

जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीमा गेटामा रक्तदान कार्यक्रम आयोजना

धनगढी- राष्ट्रिय विभूति एवम् मानवतावादी चिन्तक जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीको अवसरमा कैलालीको गेटामा विशेष रक्तदान कार्य...
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार पदमा डा. दीर्घराज जोशीको उम्मेदवारी

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार पदमा डा. दीर्घराज जोशीको उम्मेदवारी

जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार (कुलसचिव) पदका लागि १५ जनाले उम्मेदवारी दिएका छन्। प्रतिष्ठानले सार्वजन...
केदारस्युँ-९ मा रास्वपाबाट मल्लको उम्मेदवारी दिने तयारी

केदारस्युँ-९ मा रास्वपाबाट मल्लको उम्मेदवारी दिने तयारी

बझाङ- बझाङको केदारस्युँ गाउँपालिका- ९ को वडाध्यक्ष पदका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट धिरेन्द्र मल्लले उम्मेदवारी ...
जन्मदिनको अवसरमा समाजसेवी थापाद्वारा प्रतिक्षालय निर्माण गरी हस्तान्तरण

जन्मदिनको अवसरमा समाजसेवी थापाद्वारा प्रतिक्षालय निर्माण गरी हस्तान्तरण

अछाम- अछामको चौरपाटी गाउँपालिका-१ सिउँडी खातिवाडा निवासी समाजसेवी तथा सिउँडी माध्यमिक विद्यालयका पूर्व विद्यालय व्यवस्थापन समिति अ...
कैलालीको भजनीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

कैलालीको भजनीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

धनगढी- कैलालीको भजनी नगरपालिका–४ कुडीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। बुधबार राति करिब ९ बजे धनौराबाट भजनीतर्फ...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज