Advertisement

बाजुरा र दार्चुलामा सवारी दुर्घटना,, २ जना घाइते

Advertisement

धनगढी- बाजुरा र दार्चुलामा सवारी दुर्घटना हुँदा २ जना घाइते भएका छन् । बाजुरामा मंगलवार दिउँसो करिब साढे ४ बजेको समयमा बडीमालिका नगरपालिका ६ बिरेखोला नजिकै मोटरसाइकल दुर्घटनामा हुँदा एक जना घाइते भएका छन् ।

जिल्लाको बुढीगंगा नगरपालिका ९ जुवापानीका अन्दाजी २२ बर्षका राजेन्द्र सिंहले चलाएको मोटरसाइकल दुर्घटना हुँदा चालक सिंह गम्भीर घाइते भएका हुन । सदरमुकाम मार्तडीबाट जादैँ गरेको अवस्थामा सिंहले चलाएको सु.प. प्र ०१–०११ प ६९४० नम्बरको मोटरसाइकल अन्यन्त्रित भएर दुर्घटना हुँदा उनी गम्भीर घाइते भएका प्रहरीले जनाएको छ । उनको टाउको, खुट्टामा चोट लागेको छ ।
घाइते युवकको अहिले जिल्ला अस्पतालमा उपचार भइरहेको र अवस्था गम्भीर रहेको बताइएको छ ।

यस्तै दार्चुलामा जीपले मोटरसाइकललाई ठक्कर दिदा एक जना घाईते भएका छन् ।
जिल्लाको महाकाली राजमार्ग अन्तरगत मालिकार्जुन गाउँपालिका- १ बेतमा गोकुलेश्वरबाट दार्चुलातर्फ जाँदै गरेको दलिसिंह खत्रीले चलाएको सु.प.प्र.०१००१ ज १५८३ नम्बरको जीपले विपरित दिशाबाट आउदै गरेको  मालिकार्जुन गाउँपालिका-१ का ६७ वर्षीय दुर्गासिंह सामन्तले चलाएको लु ३७ प १८७७ नम्बरको मोटरसाइकललाई ठक्कर दिदा चालक सामन्त घाईते भएको  जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक एवम् सूचना अधिकारी कान्तीराज जोशीले जानकारी दिए ।

मोटरसाईकल चालक सामन्तको टाउको र खुट्टामा चोट लागेको छ । उनलाई उपचारको लागी जिल्ला अस्पताल दार्चुला पठाइएको छ । त्यस्तै जीप चालक खत्री र जीपलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

ए.सी.जी. ग्रुपकाे CEO मा निशा चौधरी नियुक्त, 

  काठमाडौँ : २०८३ भदौ ६ गते (२२ अगस्ट२०२६) गतेका दिन बसेको बैठकले ए.सी.जी. ग्रुपले आफ्नो संस्थागत विकास, व्यवस्थापन प्रणाल...
जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीमा गेटामा रक्तदान कार्यक्रम आयोजना

जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीमा गेटामा रक्तदान कार्यक्रम आयोजना

धनगढी- राष्ट्रिय विभूति एवम् मानवतावादी चिन्तक जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीको अवसरमा कैलालीको गेटामा विशेष रक्तदान कार्य...
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार पदमा डा. दीर्घराज जोशीको उम्मेदवारी

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार पदमा डा. दीर्घराज जोशीको उम्मेदवारी

जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार (कुलसचिव) पदका लागि १५ जनाले उम्मेदवारी दिएका छन्। प्रतिष्ठानले सार्वजन...
केदारस्युँ-९ मा रास्वपाबाट मल्लको उम्मेदवारी दिने तयारी

केदारस्युँ-९ मा रास्वपाबाट मल्लको उम्मेदवारी दिने तयारी

बझाङ- बझाङको केदारस्युँ गाउँपालिका- ९ को वडाध्यक्ष पदका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट धिरेन्द्र मल्लले उम्मेदवारी ...
जन्मदिनको अवसरमा समाजसेवी थापाद्वारा प्रतिक्षालय निर्माण गरी हस्तान्तरण

जन्मदिनको अवसरमा समाजसेवी थापाद्वारा प्रतिक्षालय निर्माण गरी हस्तान्तरण

अछाम- अछामको चौरपाटी गाउँपालिका-१ सिउँडी खातिवाडा निवासी समाजसेवी तथा सिउँडी माध्यमिक विद्यालयका पूर्व विद्यालय व्यवस्थापन समिति अ...
कैलालीको भजनीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

कैलालीको भजनीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

धनगढी- कैलालीको भजनी नगरपालिका–४ कुडीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। बुधबार राति करिब ९ बजे धनौराबाट भजनीतर्फ...
आज देशभर वर्षाको सम्भावना, तीन प्रदेशमा भारी वर्षाको चेतावनी

आज देशभर वर्षाको सम्भावना, तीन प्रदेशमा भारी वर्षाको चेतावनी

काठमाडौं- देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास रहेको छ।...
ट्रम्पद्वारा इरानमाथि थप कडा आर्थिक प्रतिबन्धको चेतावनी

ट्रम्पद्वारा इरानमाथि थप कडा आर्थिक प्रतिबन्धको चेतावनी

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि पुनः कडा आर्थिक प्रतिबन्ध लगाउने चेतावनी दिएका छन्। दुई देशबीच पाँच महिन...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज