Advertisement

बाजुरा र दार्चुलामा सवारी दुर्घटना,, २ जना घाइते

Advertisement

धनगढी- बाजुरा र दार्चुलामा सवारी दुर्घटना हुँदा २ जना घाइते भएका छन् । बाजुरामा मंगलवार दिउँसो करिब साढे ४ बजेको समयमा बडीमालिका नगरपालिका ६ बिरेखोला नजिकै मोटरसाइकल दुर्घटनामा हुँदा एक जना घाइते भएका छन् ।

जिल्लाको बुढीगंगा नगरपालिका ९ जुवापानीका अन्दाजी २२ बर्षका राजेन्द्र सिंहले चलाएको मोटरसाइकल दुर्घटना हुँदा चालक सिंह गम्भीर घाइते भएका हुन । सदरमुकाम मार्तडीबाट जादैँ गरेको अवस्थामा सिंहले चलाएको सु.प. प्र ०१–०११ प ६९४० नम्बरको मोटरसाइकल अन्यन्त्रित भएर दुर्घटना हुँदा उनी गम्भीर घाइते भएका प्रहरीले जनाएको छ । उनको टाउको, खुट्टामा चोट लागेको छ ।
घाइते युवकको अहिले जिल्ला अस्पतालमा उपचार भइरहेको र अवस्था गम्भीर रहेको बताइएको छ ।

यस्तै दार्चुलामा जीपले मोटरसाइकललाई ठक्कर दिदा एक जना घाईते भएका छन् ।
जिल्लाको महाकाली राजमार्ग अन्तरगत मालिकार्जुन गाउँपालिका- १ बेतमा गोकुलेश्वरबाट दार्चुलातर्फ जाँदै गरेको दलिसिंह खत्रीले चलाएको सु.प.प्र.०१००१ ज १५८३ नम्बरको जीपले विपरित दिशाबाट आउदै गरेको  मालिकार्जुन गाउँपालिका-१ का ६७ वर्षीय दुर्गासिंह सामन्तले चलाएको लु ३७ प १८७७ नम्बरको मोटरसाइकललाई ठक्कर दिदा चालक सामन्त घाईते भएको  जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक एवम् सूचना अधिकारी कान्तीराज जोशीले जानकारी दिए ।

मोटरसाईकल चालक सामन्तको टाउको र खुट्टामा चोट लागेको छ । उनलाई उपचारको लागी जिल्ला अस्पताल दार्चुला पठाइएको छ । त्यस्तै जीप चालक खत्री र जीपलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बझाङको बुङ्गल नगरपालिका–३ तिपधारमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन गरिएको छ। भरत मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले परमा...
अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

धनगढी- अछामको ढकारी गाउँपालिका–३, तालीका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने भएका छन्। बाढीबाट प्रभावित नागरिकको दुःखलाई मध्यनजर...
कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

धनगढी- कैलालीका युवा करन साउदले बाढीपहिरोबाट प्रभावित परिवारको पीडालाई मध्यनजर गर्दै यस वर्ष व्यक्तिगत रूपमा दसैँ नमनाउने निर्णय ग...
दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

बझाङ: दुर्गाथली गाउँपालिकामा आगामी स्थानीय नेतृत्वको चर्चा चलिरहँदा नेकपा एमालेका एक युवा नेता महेश जोशी अध्यक्ष पदका बलिया दाबेदा...
सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

धनगढी- सुदूरपश्चिम प्रदेशमा पहिलोपटक एमबीबीएस अध्यापन हुने भएको छ। कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्या...
सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

धनगढी- सुदूरपश्चिम विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकाय, डडेल्धुराको डीनमा सहप्राध्यापक डा. डबल बहादुर धामी नियुक्त भएका छन्। ब...
अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

काठमाण्डौ- नेपाल टेलिकमको नयाँ सिमकार्ड लिन अब कार्यालयमै पुग्नुपर्ने बाध्यता हट्ने भएको छ। सरकारले अनलाइन आवेदनमार्फत घरमै सिमकार...
भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

काठमाडौँ- भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका ४ हजार १०८ परिवारलाई सरकारले प्रतिपरिवार ४५ हजार रुपैयाँका दरले नगद स...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज