Advertisement

ऐश्वर्य क्याम्पसको स्ववियु निर्वाचनमा मौन अवधिमा हस्तक्षेपको आरोप

Advertisement

 

धनगढी— ऐश्वर्य बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनलाई लिएर क्याम्पस प्रशासनमाथि गम्भीर हस्तक्षेप गरेको आरोप लागेको छ। शनिबार राति १२ बजेदेखि लागू मौन अवधिमा क्याम्पस प्रशासन र निर्वाचन अधिकृत खेम पन्तले आचारसंहिता विपरीत गतिविधि गरेको अनेरास्ववियु कैलालीले आरोप लगाएको छ।

अनेरास्ववियु कैलालीका अध्यक्ष कुबेर खड्काका अनुसार निर्वाचन अधिकृत पन्तले मौन अवधिमा विद्यार्थीहरूको व्यक्तिगत विवरण अमुक संगठनलाई उपलब्ध गराउने कार्यमा भूमिका खेलेका छन्। खड्काले पन्तसहित क्याम्पस प्रशासनले कांग्रेस निकट नेविसंघलाई फाइदा पुग्ने गरी हस्तक्षेप गरेको दाबी गरेका छन्। उनका अनुसार, विद्यार्थीको विवरण सार्वजनिक गर्ने, कांग्रेस निकट प्राध्यापकहरू मार्फत विद्यार्थीलाई जिताउन अभिभावकलाई फोन गर्न लगाउने जस्ता गतिविधि भएको प्रमाण प्राप्त भएको छ।

खड्काले यस विषयमा सोमबार बिहान ८ बजेसम्म छानबिन गरी यथार्थ बाहिर नल्याए क्याम्पस प्रशासनविरुद्ध आन्दोलन गर्न बाध्य हुने चेतावनी दिएका छन्।

तर, निर्वाचन अधिकृत खेम पन्तले भने आफूलाई लागेको आरोप पूर्ण रूपमा निराधार भएको दाबी गरेका छन्। उनले विद्यार्थीको व्यक्तिगत विवरण आईटी शाखासँग मात्र हुने र चार दिनसम्म सिस्टम बन्द गर्ने सहमति भइसकेको दाबी गरेका छन्। उनले यस विषयमा छानबिन आवश्यक रहेको स्वीकार्दै आफू पनि सत्यतथ्य बाहिर आउनुपर्ने पक्षमा रहेको बताए।

ऐश्वर्य क्याम्पसमा नेपाल विद्यार्थी संघ (नेविसंघ), अनेरास्ववियु, र अखिल (क्रान्तिकारी) बीच प्रतिस्पर्धा भइरहेको छ। नेविसंघले अध्यक्षमा दीपक भट्ट, अनेरास्ववियुले दीपेन्द्र भट्ट (दिपेन), र अखिल (क्रान्तिकारी) ले विकास बिष्टलाई उम्मेदवार बनाएको छ।

अनेरास्ववियुका दीपेन्द्र भट्ट यसअघि स्ववियु सचिव भइसकेका  र अहिले बलियो प्यानल खडा गर्न सफल देखिएको अनेरास्ववियुले फेरि चुनाव जित्ने  बलियो आधार रहेको  बेला क्याम्पस प्रशासनले हस्तक्षेप गरेको  आरोप अनेरास्वबियु कैलालि का पुर्व अधक्ष्य किशोर शाह ले लगाएका छन ।।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

दुर्घटनामा छोरा गुमाइन् आमाले, घाइते आमा अस्पतालमा; एम्बुलेन्समा इन्धन नहुँदा उद्धारमा ढिलाइ

दुर्घटनामा छोरा गुमाइन् आमाले, घाइते आमा अस्पतालमा; एम्बुलेन्समा इन्धन नहुँदा उद्धारमा ढिलाइ

रमित ओली कैलारी- कैलालीको कैलारी गाउँपालिका–३ स्थित हुलाकी राजमार्गमा मोटरसाइकल दुर्घटनामा परी भजनी नगरपालिका–१ गौनियाका १८ वर्षीय...
बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बझाङको बुङ्गल नगरपालिका–३ तिपधारमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन गरिएको छ। भरत मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले परमा...
अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

धनगढी- अछामको ढकारी गाउँपालिका–३, तालीका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने भएका छन्। बाढीबाट प्रभावित नागरिकको दुःखलाई मध्यनजर...
कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

धनगढी- कैलालीका युवा करन साउदले बाढीपहिरोबाट प्रभावित परिवारको पीडालाई मध्यनजर गर्दै यस वर्ष व्यक्तिगत रूपमा दसैँ नमनाउने निर्णय ग...
दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

बझाङ: दुर्गाथली गाउँपालिकामा आगामी स्थानीय नेतृत्वको चर्चा चलिरहँदा नेकपा एमालेका एक युवा नेता महेश जोशी अध्यक्ष पदका बलिया दाबेदा...
सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

धनगढी- सुदूरपश्चिम प्रदेशमा पहिलोपटक एमबीबीएस अध्यापन हुने भएको छ। कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्या...
सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

धनगढी- सुदूरपश्चिम विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकाय, डडेल्धुराको डीनमा सहप्राध्यापक डा. डबल बहादुर धामी नियुक्त भएका छन्। ब...
अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

काठमाण्डौ- नेपाल टेलिकमको नयाँ सिमकार्ड लिन अब कार्यालयमै पुग्नुपर्ने बाध्यता हट्ने भएको छ। सरकारले अनलाइन आवेदनमार्फत घरमै सिमकार...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज