Advertisement

ऐश्वर्य क्याम्पस स्ववियु निर्वाचन : तीन विद्यार्थी संगठनबीच प्रतिस्पर्धा , अनेरास्ववियु बलियो दावेदार

Advertisement

धनगढी, चैत ३ – धनगढीस्थित ऐश्वर्य बहुमुखी क्याम्पसको आगामी ५ चैतमा हुने स्ववियु (स्वतन्त्र विद्यार्थी युनियन) निर्वाचनमा तीन विद्यार्थी संगठनबीच प्रतिस्पर्धा हुने भएको छ। नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ (नेविसंघ), एमाले निकट अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) र माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीबीच चुनावी भिडन्त हुन लागेको हो।

नेविसंघले अध्यक्ष पदका लागि दिपक भट्ट लाई उम्मेदवार बनाएको छ भने अनेरास्ववियुले दिपेन्द्र भट्ट (दिपेन) लाई अघि सारेको छ। त्यस्तै, अखिल क्रान्तिकारीले विकास  बिस्ट लाई अध्यक्ष पदमा उम्मेदवारी दिएको छ।

अनेरास्ववियु बलियो दावेदार

अनेरास्ववियुका अध्यक्ष पदका उम्मेदवार दिपेन्द्र भट्ट यसअघि स्ववियु सचिवको भूमिकामा रहेर काम गरिसकेका छन्। उनको नेतृत्वमा मजबुत प्यानल खडा भएकाले अनेरास्ववियुले पुनः जित निकाल्ने दाबी गरेको छ।

भट्टको प्यानलमा उपाध्यक्षमा उमेश बम, सचिवमा प्रदीप खड्का, सहसचिवमा खगेन्द्र बुढा र कोषाध्यक्षमा जुनु चौधरी रहेका छन्। क्षेत्रीय तथा भौगोलिक सन्तुलन मिलाएर उम्मेदवार चयन गरिएको दाबी गर्दै अनेरास्ववियुले पूर्ण प्यानलसहित विजयी हुने दाबी गरेको छ।

अध्यक्षका उम्मेदवार दिपेन्द्र भट्ट विद्यार्थी राजनीति तथा हकहितका मुद्दामा लामो समयदेखि क्रियाशील छन्। उनी अनेरास्ववियुको प्रदेश कमिटी सदस्य समेत हुन्। भट्टले भने, “हाम्रो जित सुनिश्चित छ। विद्यार्थीका हक, अधिकार र सुविधाका लागि लामो समयदेखि संघर्ष गरिरहेका छौँ। विद्यार्थीहरूको माया र समर्थनले हामीलाई जित दिलाउनेछ।”

यसअघि पनि ऐश्वर्य क्याम्पसमा अनेरास्ववियुले चुनाव जितेको थियो। अघिल्लो कार्यकालमा अध्यक्ष कुबेर खड्काको नेतृत्वमा अनेरास्ववियुले स्ववियु चलाएको थियो, जसले गर्दा यस पटक पनि सो संगठनलाई फाइदा पुग्ने अनुमान गरिएको छ।

चुनावी एजेन्डा

चुनावलाई लक्षित गरी विद्यार्थी संगठनहरूले आफ्ना एजेन्डा सार्वजनिक गरिसकेका छन्। प्रमुख मुद्दाहरू निम्न छन् :

1. शैक्षिक सुधार – नियमित कक्षा सञ्चालन, पाठ्यक्रम सुधार, पुस्तकालय तथा प्रयोगशालाको स्तरोन्नति।

2. विद्यार्थी सुविधाहरूको विस्तार – छात्रवृत्ति, यातायात सुविधा, छात्रावासको व्यवस्था।

3. पूर्वाधार विकास – सफा क्याम्पस, शुद्ध खानेपानी, इन्टरनेट जडान, उचित शौचालय सुविधा।

4. विद्यार्थी अधिकारको रक्षा – परीक्षा शुल्क व्यवस्थापन, पुनरावलोकन प्रणाली सुधार, प्रशासनिक पारदर्शिता।

5. खेलकुद तथा अतिरिक्त क्रियाकलाप – वार्षिक खेलकुद प्रतियोगिता, सांस्कृतिक कार्यक्रम आयोजना, क्लबहरूको स्थापना।

6. रोजगारी तथा व्यवसायिक क्षमता विकास – इन्टर्नसिप, तालिम कार्यक्रम सञ्चालन, उद्योग–क्याम्पस सम्बन्ध सुधार।

स्ववियु निर्वाचनले क्याम्पसको विद्यार्थी राजनीति तातिएको छ। तीन संगठनबीच तीव्र प्रतिस्पर्धा रहेकाले अन्तिम नतिजा कस्तो आउँछ भन्ने प्रतीक्षा गरिएको छ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

दुर्घटनामा छोरा गुमाइन् आमाले, घाइते आमा अस्पतालमा; एम्बुलेन्समा इन्धन नहुँदा उद्धारमा ढिलाइ

दुर्घटनामा छोरा गुमाइन् आमाले, घाइते आमा अस्पतालमा; एम्बुलेन्समा इन्धन नहुँदा उद्धारमा ढिलाइ

रमित ओली कैलारी- कैलालीको कैलारी गाउँपालिका–३ स्थित हुलाकी राजमार्गमा मोटरसाइकल दुर्घटनामा परी भजनी नगरपालिका–१ गौनियाका १८ वर्षीय...
बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बझाङको बुङ्गल नगरपालिका–३ तिपधारमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन गरिएको छ। भरत मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले परमा...
अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

धनगढी- अछामको ढकारी गाउँपालिका–३, तालीका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने भएका छन्। बाढीबाट प्रभावित नागरिकको दुःखलाई मध्यनजर...
कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

धनगढी- कैलालीका युवा करन साउदले बाढीपहिरोबाट प्रभावित परिवारको पीडालाई मध्यनजर गर्दै यस वर्ष व्यक्तिगत रूपमा दसैँ नमनाउने निर्णय ग...
दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

बझाङ: दुर्गाथली गाउँपालिकामा आगामी स्थानीय नेतृत्वको चर्चा चलिरहँदा नेकपा एमालेका एक युवा नेता महेश जोशी अध्यक्ष पदका बलिया दाबेदा...
सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

धनगढी- सुदूरपश्चिम प्रदेशमा पहिलोपटक एमबीबीएस अध्यापन हुने भएको छ। कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्या...
सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

धनगढी- सुदूरपश्चिम विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकाय, डडेल्धुराको डीनमा सहप्राध्यापक डा. डबल बहादुर धामी नियुक्त भएका छन्। ब...
अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

काठमाण्डौ- नेपाल टेलिकमको नयाँ सिमकार्ड लिन अब कार्यालयमै पुग्नुपर्ने बाध्यता हट्ने भएको छ। सरकारले अनलाइन आवेदनमार्फत घरमै सिमकार...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज