धनगढी- कैलालीमा फागु पूर्णिमा (होली) पर्वलाई मर्यादित तवरले मनाउन आग्रह गरेको छ । जिल्ला प्रशासन कार्यालयले फागु पूर्णिमा (होली) लाई मर्यादित तवरले मनाउन आग्रह गरेको हो ।
आज प्रशासनले एक सूचना जारी गर्दै अवाञ्छित गतिविधि नगरि सभ्य, मर्यादित र हर्षोल्लासका साथ होली मनाउन आग्रह गरेको छ ।
जारी सूचनामा जथाभाबी रङ्ग लगाउने, कोही कसैको इच्छा विपरीत हानिकारक बस्तु दल्ने, प्लास्टिकजन्य लोला तथा पानी छ्याप्ने, मादक पदार्थ सेवन गरी सवारी चलाउने, बाटोमा हिँड्ने व्यक्तिहरूलाई अभद्र व्यवहार गर्ने, नशालु पदार्थको सेवनगरी सार्वजनिक स्थलमा नाचगान तथा हो-हल्ला गर्ने, डोरीले बाटो छेकेर पैसा उठाउने, दुःख, हैरानी दिने, बाटो अवरोध गरी सवारी साधनबाट रकम असुल्ने जस्ता सार्वजनिक शान्ति सु-व्यवस्थामा खलल पु¥याउने खालका कानुन विपरीतका क्रियाकलापहरू नगर्न भनिएको छ ।
साथै बेलुकी ९ बजे सम्म मात्रै होली मनाउन आग्रह गरिएको छ । सूचनाको उल्लङ्घन गरेको पाइएमा प्रचलित कानुन बमोजिम कारबाही हुने समेत सूचनामा उल्लेख छ ।


