Advertisement

बझाङमा मनाइयो अन्तराष्ट्रिय नारी दिवस,,महिलामाथि महिलाबाटै विभेद सांसद: जोशी

Advertisement

सुरेन्द्र खत्री बझाङ-
बझाङमा पनि अन्तर्राष्ट्रिय नारी दिवस मनाइएको छ । जिल्लाको १२ वटै स्थानीय तहमा विभिन्न कार्यक्रम सहित १ सय १५ औं अन्तराष्ट्रिय नारी दिवस मनाइएको हो ।
सोही कार्यक्रम जयपृथ्वी नगरपालिकामा समेत धुमधामका साथ मनाइएको छ । जयपृथ्वी नगरपालिका महिला विकास समुहले सामाजिक विकास कार्यालय बझाङ, अन्य जिल्लामा सामाजिक विकासका लागि सञ्चालित ८ गैरसरकारी संस्थाहरू सँगको सहकार्यमा  नारी दिवस मनाएको जनाइएको छ ।

आज विहान सदरमुकाम चैनपुर बजार परिक्रमा गर्दै सुरु भएको र्यालीमा लैङ्गिक हिंसा अन्त्य गरौ , छोराछोरी बराबरी जस्ता नारा लगाउँदै नगरपालिका पुगेर विभिन्न जनचेतनामूलक कार्यक्रमहरू गरेर समापन गरिएको छ ।

जयपृथ्वी नगरपालिका महिला विकास समुहकी अध्यक्ष रमा देवी जोशीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथी एकिकृत समाजवादीका नेता, सांसद तथा पुर्वमन्त्रि भानुभक्त जोशी रहनुभएको थियोे । त्यस्तै अतिथिमा नगरपालिकाका प्रमुख , अन्य जनप्रतिनिधि, विभिन्न दलका नेताकार्यकर्ता रहेका थिए ।
प्रमुख अतिथी जोशीले महिला अध्ययनशिल मेहनती भएको र महिलाहरुले नेतृत्व गरेको ठाउँमा भ्रष्टाचार नभएको सुशासन कायम भएको बताए । उनले भने कतिपयको घरमा महिलाहरु माथि महिलाबाटै विभेद हुने भएकाले यसलाई हटाउ अभियान थाल्नुपर्ने समेत बताए । कार्यक्रममा महिलाहरुको वाक्लो उपस्थिती थियो ।

दिवस हरेक वर्ष यहिँ दिन महिलाहरूको हकहितको रक्षा, उनीहरूका योगदानको कदर, र लैंगिक विभेद अन्त्यका लागि मनाइने गरिएको छ ।
दिवसले महिलामाथि हुने भेदभाव, हिंसा, र असमानताविरुद्ध जागरूकता फैलाउँदै उनीहरूलाई समाजका सबै क्षेत्रमा समान अवसर सुनिश्चित गर्न प्रेरित गर्ने अपेक्षा गरिन्छ ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

दुर्घटनामा छोरा गुमाइन् आमाले, घाइते आमा अस्पतालमा; एम्बुलेन्समा इन्धन नहुँदा उद्धारमा ढिलाइ

दुर्घटनामा छोरा गुमाइन् आमाले, घाइते आमा अस्पतालमा; एम्बुलेन्समा इन्धन नहुँदा उद्धारमा ढिलाइ

रमित ओली कैलारी- कैलालीको कैलारी गाउँपालिका–३ स्थित हुलाकी राजमार्गमा मोटरसाइकल दुर्घटनामा परी भजनी नगरपालिका–१ गौनियाका १८ वर्षीय...
बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बझाङको बुङ्गल नगरपालिका–३ तिपधारमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन गरिएको छ। भरत मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले परमा...
अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

धनगढी- अछामको ढकारी गाउँपालिका–३, तालीका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने भएका छन्। बाढीबाट प्रभावित नागरिकको दुःखलाई मध्यनजर...
कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

धनगढी- कैलालीका युवा करन साउदले बाढीपहिरोबाट प्रभावित परिवारको पीडालाई मध्यनजर गर्दै यस वर्ष व्यक्तिगत रूपमा दसैँ नमनाउने निर्णय ग...
दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

बझाङ: दुर्गाथली गाउँपालिकामा आगामी स्थानीय नेतृत्वको चर्चा चलिरहँदा नेकपा एमालेका एक युवा नेता महेश जोशी अध्यक्ष पदका बलिया दाबेदा...
सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

धनगढी- सुदूरपश्चिम प्रदेशमा पहिलोपटक एमबीबीएस अध्यापन हुने भएको छ। कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्या...
सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

धनगढी- सुदूरपश्चिम विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकाय, डडेल्धुराको डीनमा सहप्राध्यापक डा. डबल बहादुर धामी नियुक्त भएका छन्। ब...
अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

काठमाण्डौ- नेपाल टेलिकमको नयाँ सिमकार्ड लिन अब कार्यालयमै पुग्नुपर्ने बाध्यता हट्ने भएको छ। सरकारले अनलाइन आवेदनमार्फत घरमै सिमकार...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज