Advertisement

स्कूल हेल्थ नर्सलाई किशोर स्वास्थ्य र महिनावारी सम्बन्धि तालिम,,व्यावसायिक तथा व्यक्तिगत विकासमा योगदान

Advertisement

धनगढी- काठमाडौंमा स्कूल हेल्थ नर्सहरूलाई “किशोर स्वास्थ्य र महिनावारी” सम्बन्धी ३ दिने प्रशिक्षक तालिम सम्पन्न भएको छ ।

पाँचौँ समूहको कार्यक्रम राष्ट्रिय स्वास्थ्य तालिम केन्द्र , टेकु काठमाडौं मा भव्य रूपमा सम्पन्न भएको हो । हियर नेपालको आर्थिक सहयोग तथा बागमती प्रदेश स्वास्थ्य तालिम केन्द्र संगको सहकार्यमा आयोजित तालिममा बुढानिलकण्ठ ,गोकर्ण , चन्दागिरी र कागेश्वरी मनहरा नगरपालिकाका विद्यालयमा कार्यरत स्कूल नर्सहरू सहभागी भएका थिए ।

तालिमको उद्घाटन समारोहमा बागमती प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. नरेंद्र कुमार झा प्रमुख अतिथिका रूपमा उपस्थिती थियो । उहाँले तालिमलाई प्रभावकारी बनाउन महत्त्वपूर्ण निर्देशन तथा सुझाव प्रदान गरे। उनलेे  किशोर स्वास्थ्य प्रवर्द्धन र महिनावारी व्यवस्थापन शिक्षाका लागि स्कूल नर्सहरूको भूमिकालाई सशक्त बनाउनु आवश्यक रहेको बताए।

तालिमका प्रशिक्षक कुञ्जप्रसाद जोशी र कृष्णबहादुर चन्द ले किशोर स्वास्थ्य, शिक्षण विधि र पुनरुत्थानमुखी स्वास्थ्य शिक्षा जस्ता विषयमा महत्वपूर्ण जानकारी प्रदान गरे।

कार्यक्रममा सहभागी स्कूल नर्सहरूले आफ्नो अनुभव बाँड्दै, भविष्यमा स्कूल नर्सको रूपमा कसरी कार्य गर्ने भन्ने विषयमा आफ्ना विचार प्रस्तुत गरे। उनीहरूले यस्तो तालिमले आफ्नो व्यावसायिक तथा व्यक्तिगत विकासमा ठूलो योगदान पुर्याउने बताए।
तालिमको उद्घाटन सत्रमा हियर नेपाल का अध्यक्ष माधव जोशी ले स्कूल नर्स कार्यक्रम किशोर स्वास्थ्य र महिनावारी व्यवस्थापन शिक्षालाई प्रभावकारी रूपमा प्रवर्द्धन गर्ने उत्कृष्ट माध्यम भएको उल्लेख गरे। उनले किशोर-किशोरीलाई उचित स्वास्थ्य शिक्षा प्रदान गर्न स्कूल नर्सहरूको भूमिका अझ महत्वपूर्ण हुने बताए। अन्तमा, यो तीन दिने तालिम सफल, सुखद, र उपलब्धिमूलक रहोस् भन्ने शुभकामना व्यक्त गर्नुभयो।

यस तालिमको उद्देश्य स्कूल नर्सहरूलाई किशोर स्वास्थ्य तथा महिनावारी व्यवस्थापनसम्बन्धी दक्ष बनाउनु हो। यो कार्यक्रम ८ समूह मा सञ्चालन गरिँदै छ, जसअन्तर्गत २ सय जना स्कूल नर्सहरूलाई प्रशिक्षण दिने लक्ष्य राखिएको छ।

पाँचौँ समूहको तालिम सुरु भएसँगै, हामीहरू आशावादी छन् कि यसले,नेपालभर किशोर स्वास्थ्य, लैंगिक समानता, तथा महिनावारी व्यवस्थापन सम्बन्धि सकारात्मक पभाव पार्ने छ ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बझाङको बुङ्गल नगरपालिका–३ तिपधारमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन गरिएको छ। भरत मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले परमा...
अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

धनगढी- अछामको ढकारी गाउँपालिका–३, तालीका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने भएका छन्। बाढीबाट प्रभावित नागरिकको दुःखलाई मध्यनजर...
कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

धनगढी- कैलालीका युवा करन साउदले बाढीपहिरोबाट प्रभावित परिवारको पीडालाई मध्यनजर गर्दै यस वर्ष व्यक्तिगत रूपमा दसैँ नमनाउने निर्णय ग...
दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

बझाङ: दुर्गाथली गाउँपालिकामा आगामी स्थानीय नेतृत्वको चर्चा चलिरहँदा नेकपा एमालेका एक युवा नेता महेश जोशी अध्यक्ष पदका बलिया दाबेदा...
सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

धनगढी- सुदूरपश्चिम प्रदेशमा पहिलोपटक एमबीबीएस अध्यापन हुने भएको छ। कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्या...
सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

धनगढी- सुदूरपश्चिम विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकाय, डडेल्धुराको डीनमा सहप्राध्यापक डा. डबल बहादुर धामी नियुक्त भएका छन्। ब...
अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

काठमाण्डौ- नेपाल टेलिकमको नयाँ सिमकार्ड लिन अब कार्यालयमै पुग्नुपर्ने बाध्यता हट्ने भएको छ। सरकारले अनलाइन आवेदनमार्फत घरमै सिमकार...
भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

काठमाडौँ- भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका ४ हजार १०८ परिवारलाई सरकारले प्रतिपरिवार ४५ हजार रुपैयाँका दरले नगद स...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज