Advertisement

रघुनाथ आदर्श प्राविधिक माविको ६३ औं वार्षिकोत्सब सम्पन्न,, विद्यार्थीलाई शैक्षिक सामाग्री प्रदान

Advertisement

धनगढी- कैलालीमा रहेको रघुनाथ आदर्श (प्राविधिक) माध्यमिक विद्यालयको वार्षिकोत्सब तथा अभिभावक भेला सम्पन्न भएको छ ।
जिल्लाको जोशीपुर गाउँपालिका-७ बौनियाँमा रहेको रघुनाथ आदर्श (प्राविधिक) माध्यमिक विद्यालयको ६३ औं वार्षिकोत्सब तथा अभिभावक भेला सम्पन्न भएको हो ।
शुक्रबार विद्यालय व्यवस्थापन समिति अध्यक्ष पदम बोहराको अध्यक्षतामा भएको वार्षिकोत्सब तथा अभिभावक भेला कार्यक्रममा प्रमुख अतिथि संविधानसभा सदस्य बुद्धिसागर चौधरी रहनु भएको थियोे ।

वार्षिकोत्सब तथा अभिभावक भेला कार्यक्रममा विभिन्न कला भेषभुषा, सांस्कृतिक प्रदर्शनी ,नृत्य , देउडा आयोजना गरिएको थियोे।

हाम्रो लोक संस्कृति र परम्परागत कलालाई जोगाइ राख्न देउडा खेल र अन्य थारु संस्कृति आयोजना गरिएको विद्यालय व्यवस्थापन समिति अध्यक्ष पदम बोहराले बताए ।
उनलेे भने यी कार्यक्रमले विभिन्न सामाजिक तहका मानिसहरूलाई सामूहिक रूपमा सहभागी हुँदा, समाजमा भाइचारा, सहकार्य र एकताको भावना बढ्छ जसले समुदायलाई अझ मजबुद बनाउँछ।
त्यस्तै नयाँ पुस्तालाई आफ्नो सांस्कृतिक पहिचान र परम्पराको महत्त्व बुझाउन देउडा र थारु संस्कृति झल्काउने कार्यक्रमले ठूलो भूमिका खेलेको अध्यक्ष बोहराको भनाइ छ ।

कार्यक्रममा बालकक्षा देखि १२ सम्म साधारण र प्राविधिक गरि दुवै तर्फका परिक्षामा प्रथम ,द्वितीय र तृतीय स्थान हासिल गरेका विद्यार्थी र अतिरिक्त क्रियाकलाप तर्फका प्रथम द्वितीय र तृतीय भएका विद्यार्थीलाई शैक्षिक सामाग्री प्रदान गरिएको विद्यालयका शिक्षक रामलखन डगौरा थारुले जानकारी दिए ।
।
उनका अनुसार यसैगरी ७ जना कर्तब्यनिष्ट शिक्षकलाई दोसल्ला ओढाएर सम्मान पत्र प्रदान गर्दै सम्मान गरिएको थियोे , भने पत्रकारलाई पनि प्रशंसाा पत्रले सम्मान गरिएको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि संविधानसभा सदस्य चौधरीले शैक्षिक स्तर सुधार गर्नका लागि सर्वपक्षीय एकता आवश्यक रहेको बताए । जब सम्म एकता हुँदैन तब सम्म सार्वजनिक संस्थाको विकास हुँदैन, त्यसैले हामी सबै एक भएर लागे मात्रै अहिलेको आवश्यकता अनुसारको विद्यालय बनाउन सक्छौं र शिक्षा प्रदान गर्न सक्छौं ।
त्यस्तै उनलेे आफूले पढेको विद्यालय भएको स्मरण गराउँदै विद्यालयकाे प्रगतिको निम्ति आफूले आफ्नो ठाउँबाट खेल्नु पर्ने भुमिका निर्वाह गर्ने बताए ।

उक्त कार्यक्रमलाई समापन गर्दै सभा अध्यक्ष बोहराले शैक्षिक आर्थिक भौतिक रुपमा विद्यालयलाई सहयोग गर्नेहरूलाई धन्यवाद व्यक्त गरे ,
उनलेे आफूले हरेक समयमा विद्यालयको स्तरोन्नतिको लागि खटिएको बताए ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बझाङको बुङ्गल नगरपालिका–३ तिपधारमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन गरिएको छ। भरत मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले परमा...
अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

धनगढी- अछामको ढकारी गाउँपालिका–३, तालीका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने भएका छन्। बाढीबाट प्रभावित नागरिकको दुःखलाई मध्यनजर...
कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

धनगढी- कैलालीका युवा करन साउदले बाढीपहिरोबाट प्रभावित परिवारको पीडालाई मध्यनजर गर्दै यस वर्ष व्यक्तिगत रूपमा दसैँ नमनाउने निर्णय ग...
दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

बझाङ: दुर्गाथली गाउँपालिकामा आगामी स्थानीय नेतृत्वको चर्चा चलिरहँदा नेकपा एमालेका एक युवा नेता महेश जोशी अध्यक्ष पदका बलिया दाबेदा...
सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

धनगढी- सुदूरपश्चिम प्रदेशमा पहिलोपटक एमबीबीएस अध्यापन हुने भएको छ। कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्या...
सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

धनगढी- सुदूरपश्चिम विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकाय, डडेल्धुराको डीनमा सहप्राध्यापक डा. डबल बहादुर धामी नियुक्त भएका छन्। ब...
अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

काठमाण्डौ- नेपाल टेलिकमको नयाँ सिमकार्ड लिन अब कार्यालयमै पुग्नुपर्ने बाध्यता हट्ने भएको छ। सरकारले अनलाइन आवेदनमार्फत घरमै सिमकार...
भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

काठमाडौँ- भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका ४ हजार १०८ परिवारलाई सरकारले प्रतिपरिवार ४५ हजार रुपैयाँका दरले नगद स...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज