Advertisement

सीप तथा रोजगार मेलामा २५ जनालाई बेतबाँसको तालिम,,स्वरोजगार बन्ने सहभागिको अपेक्षा

Advertisement

धनगढी- कैलालीको धनगढी उपमहानगरपालिकामा सीप तथा रोजगार मेला जारी छ । स्वदेशी उत्पादनको प्रबद्र्धन गर्ने उद्देश्य सहित धनगढी उपमहानगरपालिकाले आयोजना गरेको सिप तथा रोजगार मेला खुलामञ्चमा चलिरहेको छ

उक्त मेलामा २५ जनालाई बेतबाँसको तालिम दिइदै आएको छ ।
रोजगार ब्यवसायी महासंघ सगंको सहकार्यमा उपमहानगरपालिकाले बिभिन्न २९ बिधामा तालिम दिइरहेको छ । सोही मेलामा उपमहानगरले २२ जना महिला र ३ जना पुरुषलाई बेतबाँसको तालिम दिइरहेको हो । हालसम्म तालिममा सहभागीहरुले मुडा, र्याक लगायतका सामग्री बनाउन सिकिसकेका छन् ।

घर आगन तथा जगंलमा रहेको बेतबाँसको उपयोग नगरी बिभिन्न ठाउँमा काठबाट भनेका कुर्सी टेवल प्रयोग गर्ने प्रचलन बढ्दो छ । आफ्नै ठाउँमा रहेको बेतबाँसको प्रयोग गर्न नजान्दा घरमा आवश्यक पर्ने फर्निचरका लागी महगों शुल्क तिर्नुपर्ने बाध्यता छ । यसै बाध्यतालाई मध्यनजर गर्दै धनगढी उपमहानगरपालिकाले सिप तथा रोजगार मेलामा बेतबाँसको तालिम दिइरहेको छ ।

हामी उत्तिकै घरमा बसिरहेका थियौँ धनगढी उपमहानगरपालिकाले निशुल्क सिप सिक्ने अवशर दियो र सहभागी भएका छौँ धनगढी उपमहानगरपालिका ७ की लक्ष्मी हमालले भनिन् “आफ्नै ठाउामा पनि केही गर्न सकिने रहेछ भन्ने यो १४ दिनको तालिमले आभास भएको छ, एकदमै राम्रा प्रशिक्षकले तालिम दिइरहनुभएको छ, ३० दिनमा हामी बेतबाँसका धेरै सामग्री बनाउन सक्छौँ, त्यसपछि बेतबाँस उपलब्ध भए घरमै ब्यवसाय शुरु गर्ने सोच बनाएकि छु ।”

बेतबाँसमा इच्छा भएका २२ जना महिला र ३ जना पुरुषले यो तालिम लिइरहनुभएको छ प्रशिक्षक ललिता चौधरीले भनिन् “यहाँबाट तालिम लिइसकेपछि उनीहरूको सिप र क्षमता अनुसार मासिक आम्दानी समेत गर्ने छन्, मेलामा ३० दिन तालिम लिएकाहरूले प्रयोगात्मक अभ्यासहरू भने गर्नुपर्ने, स्वरोजगारका लागि अभ्यास चाहिन्छ, निरन्तरता दिन आवश्यक हुन्छ, प्रयोगात्मक अभ्यासका लागि कुनै संस्थासँग अवध हुनुपर्ने हुन्छ। दक्ष भएपछि काम अनुसारको मूल्य पाउने हो, आम्दानी उनीहरूको हातको कुरा हो ।”
फागुन ८ गतेबाट शुरु भएको सिप तथा रोजगार मेला चैत ८ गतेसम्म सञ्चालन हुने छ । मेलामा बिभिन्न २९ बिधाका तालिम सञ्चालन भइरहेका छन् । मेलाको अवलोकनका लागी अन्य स्थानिय तहका जनप्रतिनिधी, सरकारी एवं गैर सरकारी निकायलाई समेत आयोजकले आग्रह गरेको छ ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बझाङको बुङ्गल नगरपालिका–३ तिपधारमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन गरिएको छ। भरत मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले परमा...
अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

धनगढी- अछामको ढकारी गाउँपालिका–३, तालीका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने भएका छन्। बाढीबाट प्रभावित नागरिकको दुःखलाई मध्यनजर...
कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

धनगढी- कैलालीका युवा करन साउदले बाढीपहिरोबाट प्रभावित परिवारको पीडालाई मध्यनजर गर्दै यस वर्ष व्यक्तिगत रूपमा दसैँ नमनाउने निर्णय ग...
दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

बझाङ: दुर्गाथली गाउँपालिकामा आगामी स्थानीय नेतृत्वको चर्चा चलिरहँदा नेकपा एमालेका एक युवा नेता महेश जोशी अध्यक्ष पदका बलिया दाबेदा...
सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

धनगढी- सुदूरपश्चिम प्रदेशमा पहिलोपटक एमबीबीएस अध्यापन हुने भएको छ। कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्या...
सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

धनगढी- सुदूरपश्चिम विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकाय, डडेल्धुराको डीनमा सहप्राध्यापक डा. डबल बहादुर धामी नियुक्त भएका छन्। ब...
अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

काठमाण्डौ- नेपाल टेलिकमको नयाँ सिमकार्ड लिन अब कार्यालयमै पुग्नुपर्ने बाध्यता हट्ने भएको छ। सरकारले अनलाइन आवेदनमार्फत घरमै सिमकार...
भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

काठमाडौँ- भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका ४ हजार १०८ परिवारलाई सरकारले प्रतिपरिवार ४५ हजार रुपैयाँका दरले नगद स...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज