Advertisement

तुर्माखाँद गाउँपालिकामा ‘सृजनशील किशोरी सञ्जाल’ गठन, किशोरीमैत्री वातावरण निर्माणमा जोड

Advertisement

अछाम: तुर्माखाँद गाउँपालिका र ईको हिमाल नेपाल को सहकार्यमा सञ्चालित लैङ्गिकमैत्री ‘हिमालयन विद्यालय परियोजना’ अन्तर्गत पालिका स्तरीय किशोरी सञ्जाल गठन गरिएको छ। यस सञ्जालले गाउँपालिकाभित्र किशोरीहरूका हकहित प्रवर्द्धन गर्दै उनीहरूको नेतृत्वदायी क्षमता विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

गाउँपालिकाको उपाध्यक्ष विमला कुमारी शाही को सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथि गाउँपालिका अध्यक्ष डम्बर बहादुर बीसी रहेका थिए। कार्यक्रममा विशेष अतिथिका रूपमा निमित्त प्रमुख प्रशासकीय अधिकृत ऐकेन्द्र बहादुर बयक, कार्यपालिका सदस्य झंकार नेपाली र सुनिता शाही, वडा नं. ४ सदस्य रोशना बी.के., ईको हिमालका कार्यक्रम अधिकृत लक्ष्मी के.सी., तथा ईको हिमाल नेपालका कृषि प्राविधिक बिरेन्द्र चन्द को उपस्थिति थियो। कार्यक्रमको सहजीकरण महिला तथा बालबालिका शाखा तथा सामाजिक परिचालक बसन्ती शाही ले गरेकी थिइन्।

गाउँपालिकाभित्रका १७ विद्यालयबाट १७ किशोरी समूहका प्रतिनिधिहरू सहभागी रहेको कार्यक्रममा किशोरीहरूलाई सशक्त पार्दै उनीहरूको भूमिका प्रभावकारी बनाउन विभिन्न छलफल तथा अन्तरक्रिया गरिएको थियो। यस अवसरमा किशोरीहरूको नेतृत्व क्षमता विकास, उनीहरूका अधिकार र अवसरहरूको सुनिश्चितता तथा सामाजिक सशक्तीकरणका विषयमा विशेष छलफल गरिएको थियो।

पालिका स्तरीय किशोरी सञ्जाल गठन गर्दै गायत्री न्यौपाने लाई अध्यक्ष चयन गरिएको छ। उपाध्यक्षमा जानकी बिष्ट, सचिवमा सुनिता बुढा, सह-सचिवमा जेनिसा नेपाली, कोषाध्यक्षमा जयकला बी.के. तथा अन्य १२ जना सदस्यहरू चयन भएका छन्। यस सञ्जालले किशोरीमैत्री वातावरण निर्माण गर्दै उनीहरूका हक, अधिकार र सुरक्षासँग सम्बन्धित गतिविधिहरू सञ्चालन गर्नेछ। साथै, गाउँपालिका स्तरीय कार्यक्रमहरूको सहजीकरण गर्दै किशोरीहरूलाई आवश्यक सहयोग प्रदान गर्ने तथा लैङ्गिक समानता प्रवर्द्धन गर्ने लक्ष्य राखिएको छ।

यस सञ्जालको माध्यमबाट किशोरीहरूले आफूहरूले भोगेका समस्याहरू पहिचान गर्दै समाधानको पहल गर्ने अवसर पाउनेछन्। साथै, आत्मनिर्भरता, नेतृत्व विकास तथा सामाजिक परिवर्तनका अभियानहरूमा किशोरीहरूको सहभागिता बढाउने लक्ष्य रहेको छ। सहभागीहरूका अनुसार, यस प्रकारका सञ्जालहरूले किशोरीहरूलाई आत्मनिर्भर बनाउँदै समग्र समाजको विकासमा योगदान पुर्‍याउनेछन्।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

केदारस्यूँमा स्वास्थ्य शाखाको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न, उत्कृष्ट कार्यसम्पादन गर्ने संस्था सम्मानित, स्वयंसेविका तथा इन्चार्जले पाए झोला

केदारस्यूँमा स्वास्थ्य शाखाको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न, उत्कृष्ट कार्यसम्पादन गर्ने संस्था सम्मानित, स्वयंसेविका तथा इन्चार्जले पाए झोला

बझाङ- बझाङको केदारस्यूँ गाउँपालिका स्वास्थ्य शाखाको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न भएको छ। मंगलबार स्वास्थ्य शाखाले आयोजना गरे...

ए.सी.जी. ग्रुपकाे CEO मा निशा चौधरी नियुक्त, 

  काठमाडौँ : २०८३ भदौ ६ गते (२२ अगस्ट२०२६) गतेका दिन बसेको बैठकले ए.सी.जी. ग्रुपले आफ्नो संस्थागत विकास, व्यवस्थापन प्रणाल...
जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीमा गेटामा रक्तदान कार्यक्रम आयोजना

जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीमा गेटामा रक्तदान कार्यक्रम आयोजना

धनगढी- राष्ट्रिय विभूति एवम् मानवतावादी चिन्तक जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीको अवसरमा कैलालीको गेटामा विशेष रक्तदान कार्य...
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार पदमा डा. दीर्घराज जोशीको उम्मेदवारी

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार पदमा डा. दीर्घराज जोशीको उम्मेदवारी

जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार (कुलसचिव) पदका लागि १५ जनाले उम्मेदवारी दिएका छन्। प्रतिष्ठानले सार्वजन...
केदारस्युँ-९ मा रास्वपाबाट मल्लको उम्मेदवारी दिने तयारी

केदारस्युँ-९ मा रास्वपाबाट मल्लको उम्मेदवारी दिने तयारी

बझाङ- बझाङको केदारस्युँ गाउँपालिका- ९ को वडाध्यक्ष पदका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट धिरेन्द्र मल्लले उम्मेदवारी ...
जन्मदिनको अवसरमा समाजसेवी थापाद्वारा प्रतिक्षालय निर्माण गरी हस्तान्तरण

जन्मदिनको अवसरमा समाजसेवी थापाद्वारा प्रतिक्षालय निर्माण गरी हस्तान्तरण

अछाम- अछामको चौरपाटी गाउँपालिका-१ सिउँडी खातिवाडा निवासी समाजसेवी तथा सिउँडी माध्यमिक विद्यालयका पूर्व विद्यालय व्यवस्थापन समिति अ...
कैलालीको भजनीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

कैलालीको भजनीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

धनगढी- कैलालीको भजनी नगरपालिका–४ कुडीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। बुधबार राति करिब ९ बजे धनौराबाट भजनीतर्फ...
आज देशभर वर्षाको सम्भावना, तीन प्रदेशमा भारी वर्षाको चेतावनी

आज देशभर वर्षाको सम्भावना, तीन प्रदेशमा भारी वर्षाको चेतावनी

काठमाडौं- देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास रहेको छ।...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज