Advertisement

कुल्चिएको सडक

Advertisement

दिपेन्द्र धामी- बझाङ ।

यात्राको आधार, सभ्यताको मेरुदण्ड। मानिसहरू गन्तव्य पहिल्याउने बाटो, समय बचत गर्ने माध्यम, सहज आवतजावतको सुविधा! तर कहिलेकाहीं यिनै सडकहरू मौन चिच्याउँछन्, बोल्न नसकेर आफ्नो व्यथा समेट्छन्।

म कुल्चिएको सडक! मेरो कुनै निश्चित गन्तव्य छैन। मानिसहरू जति हतारिन्छन्, म त्यति नै थिचिन्छु। ममाथि गाडी गुड्छन्, नेता आउँछन्, जनता ओहोरदोहोर गर्छन्, तर मेरो अवस्था उस्तै छ। जबसम्म म उपयोगी छु, तबसम्म मलाई हेरिन्छ, सुधार गरिन्छ। तर, जब म जीर्ण बन्छु, भत्किन्छु, तब मलाई बेवास्ता गरिन्छ।
हिजो यहाँ बाक्लो चहलपहल थियो, ठूला नेताहरू भाषण दिन आए, स्थानीयबासीले सडक कालोपत्रे हुन्छ कि भन्ने आशा गरे। तर दिन बित्यो, महिना बित्यो, वर्ष बित्यो, अवस्था फेरिएन। बर्खामा म हिलाम्मे हुन्छु, हिउँदमा धुलाम्मे। म कुल्चिहेकाे
सडक।

राजनीतिक दलहरू चुनाव आउनु अगाडि मेरा बारेमा कुरा गर्छन्। “यो सडक छिट्टै स्तरोन्नति हुन्छ, यहाँ कालोपत्रे बिछ्याइनेछ, अब धुलो, हिलो र खाल्डाखुल्डीको समस्या रहँदैन।” तर, चुनाव सकिएपछि ती आवाजहरू सेलाउँछन्। म उस्तै रहन्छु। भत्किएको, बिर्सिएको र कतिपय स्थानमा मेरो अस्तित्व नै संकटमा छ। विकासका ठूल्ठूला आश्वासन आउँछन्, तर बजेट कटौती हुन्छ। ठेकेदारहरूले गुणस्तरहीन काम गर्छन्। के म कहिल्यै बलियो बन्ने छैन? के मेरो पीडा कसैले देख्ने छैन?

ममाथि हिँड्ने हरकोही आफ्नो गुनासो पोख्छ। पैदलयात्री थकाइ मार्दै भन्छन्, “यो सडक कहिले मर्मत होला?” मोटरसाइकल चालक खाल्डो छल्दै भन्छन्, “हरे, झन् जोखिम बढ्दै छ!” तर, म केही भन्न सक्दिनँ।म मूकदर्शी भएर सबै सहन्छु,दुर्घटनाको पीडा, पैदल यात्रुको कष्ट, रोगी बोकेर अस्पताल दौडिएको एम्बुलेन्सको हतार, उबडखाबड यात्रा गर्दै आक्रोशित गाडीचालक।
के म सधैँ कुल्चिइरहने हो? के मेरो हालत यस्तै रहने हो? कहिलेकाहीं, स्थानीय युवाहरूले मेरो पक्षमा आवाज उठाउँछन्। केही ठाउँमा तत्कालीन मर्मत गरिन्छ, तर टिक्दैन।

सरकार, नीति निर्माताहरू, जनप्रतिनिधिहरू! तपाईंहरूले मलाई सुधार्नुहुन्छ कि यसरी नै कुल्चाइरहन दिनुहुन्छ? म पनि मजबुत बन्न चाहन्छु, विकासको आधार बन्न चाहन्छु। म सुरक्षित सडक बन्न चाहन्छु, जहाँ मानिसहरूले सहज यात्रा गर्न सकून्।

म कुल्चिएको सडक! मेरो आशा अझै मरेको छैन। शायद एक दिन म पनि गौरव गर्न लायक बनूँला।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

दुर्घटनामा छोरा गुमाइन् आमाले, घाइते आमा अस्पतालमा; एम्बुलेन्समा इन्धन नहुँदा उद्धारमा ढिलाइ

दुर्घटनामा छोरा गुमाइन् आमाले, घाइते आमा अस्पतालमा; एम्बुलेन्समा इन्धन नहुँदा उद्धारमा ढिलाइ

रमित ओली कैलारी- कैलालीको कैलारी गाउँपालिका–३ स्थित हुलाकी राजमार्गमा मोटरसाइकल दुर्घटनामा परी भजनी नगरपालिका–१ गौनियाका १८ वर्षीय...
बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बझाङको बुङ्गल नगरपालिका–३ तिपधारमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन गरिएको छ। भरत मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले परमा...
अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

धनगढी- अछामको ढकारी गाउँपालिका–३, तालीका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने भएका छन्। बाढीबाट प्रभावित नागरिकको दुःखलाई मध्यनजर...
कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

धनगढी- कैलालीका युवा करन साउदले बाढीपहिरोबाट प्रभावित परिवारको पीडालाई मध्यनजर गर्दै यस वर्ष व्यक्तिगत रूपमा दसैँ नमनाउने निर्णय ग...
दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

बझाङ: दुर्गाथली गाउँपालिकामा आगामी स्थानीय नेतृत्वको चर्चा चलिरहँदा नेकपा एमालेका एक युवा नेता महेश जोशी अध्यक्ष पदका बलिया दाबेदा...
सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

धनगढी- सुदूरपश्चिम प्रदेशमा पहिलोपटक एमबीबीएस अध्यापन हुने भएको छ। कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्या...
सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

धनगढी- सुदूरपश्चिम विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकाय, डडेल्धुराको डीनमा सहप्राध्यापक डा. डबल बहादुर धामी नियुक्त भएका छन्। ब...
अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

काठमाण्डौ- नेपाल टेलिकमको नयाँ सिमकार्ड लिन अब कार्यालयमै पुग्नुपर्ने बाध्यता हट्ने भएको छ। सरकारले अनलाइन आवेदनमार्फत घरमै सिमकार...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज