Advertisement

शुक्लाफाँटाका जङ्गली जनावर प्रभावित क्षेत्रमा तारजाली

Advertisement

धनगढी- कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा जङ्गली जनावर प्रभावित क्षेत्रमा मेसवायर (तारजाली) जडान सुरु गरिएको छ
शुक्लाफाँटाको जङ्गली जनावर प्रभावित वडाका रूपमा रहेका वडा नं ८ र १२ मा मेसवायर (तारजाली) जडान सुरु गरिएको हो ।
पाँच दशमलव ८८ किलोमिटर क्षेत्रमा मेसवायर जडान भइरहेको नगरपालिकाका पूर्वाधार विकास शाखा प्रमुख दीपक धामीले बताए । यसका लागि नगरपालिका र सुदूरपश्चिम प्रदेशले आधा–आधा रकम व्यहोर्ने गरी लागत साझेदारी गरेका छन् । प्रदेश सरकारको समपूरक अनुदान रु ७५ लाख र नगरपालिकाको रु ७५ लाख गरी रु एक करोड ५० हजारमध्ये रु ९५ लाखमा मेसवायर जडानका लागि पशुपति एण्ड भुवनेश्वरी सप्लायर्ससँग ठेक्का सम्झौता भएको शाखा प्रमुख धामीले बताए ।
उनका अनुसार मेसवायर जडानको हालसम्म दुवै वडामा गरी ५१ प्रतिशत कार्य प्रगति भएको छ । वडा नं १२ मा कुण्डा टोलबाट कालागौँडीसम्म दुई हजार नौ सय मिटर र वडा नं ८ मा वडा कार्यालयबाट दक्षिणतर्फ गरी दुई हजार नौ सय मिटर मेसवायर जडान हुने भएको छ । “वडा नं १२ मा मेसवायर जडान ६० प्रतिशत जति सकिएको छ”, उनले भने, “दुई किलोमिटर मेसवायर जडान भइसकेको छ, नौ सय मिटरमात्र जडान गर्न बाँकी छ, वडा नं ८ मा एक किलोमिटर जति मेसवायर जडानको कार्य पूरा भएको छभने एक किलोमिटर नौ सय मिटर मेसवायर जडान हुन बाँकी छ ।” दुई महिनाभित्र मेसवायर जडानको काम पूरा गर्ने लक्ष्य लिइएको छ ।
“हात्ती, निलगाई, चित्तल, बँदेललगायत जङ्गली जनावरले खेतबारीमा पसेर लगाएको बालीनाली सबै सखाप पार्दै आएका छन्”, वडा नं १२ का बासिन्दा गेंदुराम रानाले भने, “मेसवायर जडानकार्यले जङ्गली जनावरको आतङ्क रोकिनेमा विश्वस्त छौँ ।” वडाध्यक्ष नबलसिंह रानाले हात्तीले यस क्षेत्रमा स्थानीय किसानको बालीनालीमा क्षति पुर्याउनुका साथै मानवीय र भौतिक क्षति प्रत्येक वर्ष निम्त्याउँदै आएकाले त्यसलाई रोक्न मेसवायर जडान भइरहेको बताए ।
मेवायर जडानकार्यले हात्ती नियन्त्रण हुनुका साथै शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज छेउका बस्तीमा हिंस्रक बाघ, चितुवालगायत जनावरले किसानले पालेका घरपालुवा जनावरमा पुर्याउँदै आएको क्षति कम गर्नमा सघाउ पुग्ने उनले बताए। वडा नं ८ मा हात्ती र जङ्गली बँदेलले किसानलाई बर्सेनि निकै हैरानी दिँदै आएकामा त्यसलाई रोक्न मेसवायर जडानले सहयोग पुर्याउने वडाध्यक्ष बहादुरसिंह महरा बताउछन् ।
यसअघि जङ्गली जनावरलाई बस्तीमा छिर्नबाट रोक्नका लागि नगरपालिको ठाउँठाउँमा साइरन जडान गर्नुका साथै उज्यालोका लागि बत्ती जडान गरेको छ । नगरपालिकाको वडा नं ७ र ६ मा विभिन्न दातृ निकायको सहयोगमा मेसवायर जडान गरिएको छभने वडा नं ५, ४, ३, २ र १ मा मेसवायर जडानका लागि कार्य अगाडि बढाइने बताइएको छ ।
नगरपालिकाको उत्तर, दक्षिण, पश्चिमतर्फ शुक्लाफाँटा राष्ट्रिय निकुञ्जसँग सिमाना जोडिएको छभने पूर्वतर्फ लालझाडी संरक्षण क्षेत्र र सामुदायिक वनसँग सीमा जोडिएको छ । चारैतिर ठुल्ठूला वनको सीमा जोडिँदा नगरपालिकाका सबै वडा जङ्गली जनावरबाट प्रभावित हुँदै आएका छन् । रासस

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बझाङको बुङ्गल नगरपालिका–३ तिपधारमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन गरिएको छ। भरत मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले परमा...
अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

धनगढी- अछामको ढकारी गाउँपालिका–३, तालीका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने भएका छन्। बाढीबाट प्रभावित नागरिकको दुःखलाई मध्यनजर...
कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

धनगढी- कैलालीका युवा करन साउदले बाढीपहिरोबाट प्रभावित परिवारको पीडालाई मध्यनजर गर्दै यस वर्ष व्यक्तिगत रूपमा दसैँ नमनाउने निर्णय ग...
दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

बझाङ: दुर्गाथली गाउँपालिकामा आगामी स्थानीय नेतृत्वको चर्चा चलिरहँदा नेकपा एमालेका एक युवा नेता महेश जोशी अध्यक्ष पदका बलिया दाबेदा...
सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

धनगढी- सुदूरपश्चिम प्रदेशमा पहिलोपटक एमबीबीएस अध्यापन हुने भएको छ। कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्या...
सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

धनगढी- सुदूरपश्चिम विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकाय, डडेल्धुराको डीनमा सहप्राध्यापक डा. डबल बहादुर धामी नियुक्त भएका छन्। ब...
अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

काठमाण्डौ- नेपाल टेलिकमको नयाँ सिमकार्ड लिन अब कार्यालयमै पुग्नुपर्ने बाध्यता हट्ने भएको छ। सरकारले अनलाइन आवेदनमार्फत घरमै सिमकार...
भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

काठमाडौँ- भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका ४ हजार १०८ परिवारलाई सरकारले प्रतिपरिवार ४५ हजार रुपैयाँका दरले नगद स...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज