धनगढी- बझाङमा १४ वर्षीया बालिकामाथि करणी गरेको आरोपमा एक युवक पक्राउ परेका छन्। जिल्लाको मस्टा गाउँपालिका–४ घर भएका २२ वर्षीय विवेक उपाध्याय बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका हुन् ।
ती बालिकाले जबरजस्ती करणीको घटना बारे प्रहरीमा उजुरी दिएको आधारमा बिहीबार जिल्ला प्रहरी कार्यालय बझाङबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालयका अनुसार विवेक जयपृथ्वी नगरपालिका-१० चैनपुर डेरा गरी बस्दै आएका थिए।घटनाको विषयमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।

