Advertisement

बझाङ र डोटीमा भूकम्प गएको लामो समयपछि पीडित परिवारको क्षति आङ्कलन गर्ने तयारी

Advertisement

धनगढी- बझाङ र डोटीमा भूकम्प गएको लामो समयपछि पीडित परिवारको क्षति आङ्कलन गरिने भएको छ । भूकम्प गएको बझाङमा एक वर्षपछि र डोटीमा दुई वर्षपछि पीडित परिवारको क्षति आङ्कलन गरिन लागेको हो । बिहीबार गृहमन्त्री रमेश लेखकको नेतृत्वमा सिंहदरबारमा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको २९ औँ बैठकले बझाङ, डोटी सहित जाजरकोटमा भूकम्पपछिको क्षति आङ्कलन, पुनर्निर्माण र पुनस्र्थापनालाई तीव्रता दिने निर्णय गरेको छ ।

डोटीमा २०७९ कात्तिक, बझाङमा २०८० असोज र जाजरकोटमा २०८० कार्तिकमा भूकम्प गएको थियो । भूकम्प गएको लामो समय बितिसक्दा पनि यी क्षेत्रमा अहिले सम्म भूकम्पको क्षति आङ्कलन समेत गरिएको छैन ।

बिहीबार गृहमन्त्रीको नेतृत्वमा बसेको बैठकले बझाङ र डोटी र जाजरकोटमा भूकम्पपछिको क्षति आङ्कलन, पुनर्निर्माण र पुनस्र्थापनालाई तीव्रता दिने निर्णय गरेको छ ।
गृहमन्त्री लेखकले भूकम्पपछिको पुनर्निर्माण एवं पुनस्र्थापनाका लागि जाजरकोट, डोटी र बझाङमा पुनर्निर्माण तथा पुनस्र्थापना आयोजना कार्यान्वयन इकाइको कार्यालय उद्घाटन गर्ने तयारी रहेको बताए ।
उनले आगामी फागुन २३ गते बझाङ, २४ गते अछाम र २५ गते जाजरकोट पुगेर पुनर्निर्माण तथा पुनस्र्थापना आयोजना कार्यान्वयन इकाइको कार्यालय उद्घाटन गर्ने बताए ।
‘हामीले बितेको ६ महिनामा विस्तृत क्षति आङ्कलन र निजी घरहरूको पुनर्निर्माण एवं पुनस्र्थापन गर्न लागि आवश्यक मापदण्ड बनाउने, नियमावली बनाउने र बजेट व्यवस्थापन भएको छ’, गृहमन्त्री लेखकले भने, ‘अब जाजरकोट, बझाङ र डोटी केन्द्रबिन्दु भएर गएको भूकम्पबाट निजी घरहरूमा भएको क्षति आङ्कलन गर्ने काम अगाडि बढ्नुका साथै पुनर्निर्माण र पुनस्र्थापनाको काम अगाडि बढाउँछौँ ।’

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बझाङको बुङ्गल नगरपालिका–३ तिपधारमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन गरिएको छ। भरत मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले परमा...
अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

धनगढी- अछामको ढकारी गाउँपालिका–३, तालीका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने भएका छन्। बाढीबाट प्रभावित नागरिकको दुःखलाई मध्यनजर...
कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

धनगढी- कैलालीका युवा करन साउदले बाढीपहिरोबाट प्रभावित परिवारको पीडालाई मध्यनजर गर्दै यस वर्ष व्यक्तिगत रूपमा दसैँ नमनाउने निर्णय ग...
दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

बझाङ: दुर्गाथली गाउँपालिकामा आगामी स्थानीय नेतृत्वको चर्चा चलिरहँदा नेकपा एमालेका एक युवा नेता महेश जोशी अध्यक्ष पदका बलिया दाबेदा...
सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

धनगढी- सुदूरपश्चिम प्रदेशमा पहिलोपटक एमबीबीएस अध्यापन हुने भएको छ। कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्या...
सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

धनगढी- सुदूरपश्चिम विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकाय, डडेल्धुराको डीनमा सहप्राध्यापक डा. डबल बहादुर धामी नियुक्त भएका छन्। ब...
अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

काठमाण्डौ- नेपाल टेलिकमको नयाँ सिमकार्ड लिन अब कार्यालयमै पुग्नुपर्ने बाध्यता हट्ने भएको छ। सरकारले अनलाइन आवेदनमार्फत घरमै सिमकार...
भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

काठमाडौँ- भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका ४ हजार १०८ परिवारलाई सरकारले प्रतिपरिवार ४५ हजार रुपैयाँका दरले नगद स...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज