Advertisement

बिर्सिएको बाटो

Advertisement

दिपेन्द्र धामी – बझाङ ।
जीवन अनगिन्ती मोडहरूबाट अघि बढ्छ। कतिपय बाटाहरू यस्ता हुन्छन्, जसलाई हामी कहिले बिर्सन चाहँदैनौँ, तर समयको आँधीबेहरीले ती स्मृतिहरू मेटाउँदै लग्छ। मेरो आफ्नै यात्रामा म स्वयंलाई कतै हराएको महसुस गर्छु।

धेरैपटक ऐनामा हेरेर सोच्छु, “म वास्तवमै को हुँ?” याे नाम, पहिचान, पेसा, पारिवारिक सम्बन्ध—यी सबै कुनै परिचयका आधार हुन सक्छन्, तर वास्तविक म को हुँ भन्ने प्रश्नको उत्तर मसँग छैन। जब बाल्यकालमा पहिलोपटक नाम लेख्न सिकियो, आफूलाई चिन्न बिर्सिएछु, तर जति समय बित्दै गयो, त्यो खोज अलपत्र पर्‍यो।

जीवनको यात्रामा अनेक सम्बन्ध बननेछन्, तर ती सम्बन्धहरू साँचो भए कि झुट, मैले कहिल्यै बुझ्न सकिनँ। आफन्त भन्नेहरूले मप्रति देखाएको रिस, डाहा, ईर्ष्या, घमण्ड र अनावश्यक प्रतिस्पर्धा देख्दा म झस्कन्छु। उनीहरू वास्तवमै मप्रति इमानदार थिए कि केवल आफ्नै स्वार्थका लागि मेरो वरिपरि थिए? यही अन्योलले गर्दा म आफन्तहरूको वास्तविकता चिन्न बिर्सिएँ छु।

शिशु अवस्थामा टेकेको पहिलो पाइला, आमाकाे कोखबाट पृथ्वीमा राखिएको पहिलो अनुभूति सबै बिस्तारै ओझेल परिरहेका छन्। बाल्यकालमा सिकेका पहिलो पाठ, आमा-बुबाले दिएको पहिलो शिक्षा, ती दिनहरूको सम्झना धमिलो हुँदै गइरहेको छ। समयले ती क्षणहरूलाई विस्तारै विस्मृतिको गर्तमा पुर्‍याइरहेको छ।दुर्गम गाउँको धुलोमाटोमा हुर्केको म, आज प्रविधिको समयमा हराउँदै छु। जहाँ खेल्दै हुर्किएँ, जहाँ जीवनको पहिलो शब्द उच्चारण गरें, जहाँ बालपनका सपनाहरू बुनेँ, त्यो जन्मभूमि आज ओझेलमा परेको छ। शहरको चहलपहलमा रमाउँदा आफ्नो असली पहिचान बिर्सिएको महसुस हुन्छ।

पहिलेका दिनमा छिमेकीहरू परिवारसरह हुन्थे। घरको आँगनमा रमाउने साथीहरू, बाटोमा हिँड्दा हात समाउने हातहरू, दुःख पर्दा दौडेर आउने आत्मीयहरू तर आज ती सम्बन्धहरू कता हराए? मेरो घरको आँगन नछोड्न भन्ने छिमेकीहरूसमेत समयसँगै टाढिए। के समयको गतिले हाम्रो सम्बन्धलाई पनि मेटाइदियो?

शिशु अवस्थाको पहिलो तोते बोली सुन्ने मेरा आमा-बुबा, जसले हात समाएर हिँड्न सिकाए, जसले जीवनका महत्त्वपूर्ण पाठ पढाए आज तिनै अभिभावकलाई म चिन्न सकिरहेको छैन। हुर्किएर ठूल्दाइ हुँदाको यो घमण्ड हो कि परिस्थितिले ल्याएको परिवर्तन? उनीहरूसँगको आत्मीयता र ममता किन पुरानै सम्झनाहरूमा सीमित हुन पुग्यो?

जीवनमा मानिसहरूले साथ दिन्छन् भन्ने विश्वास थियो, तर जब सहयोगको अपेक्षा गरें, तब ती सम्बन्धहरू केवल नाम मात्रका रहेछन् भन्ने महसुस भयो। जसलाई आफन्त ठानेर भरोसा गरियो, उनीहरू नै अडिग भएनन्। सम्बन्धहरू स्वार्थमा आधारित रहेछन्। जब साथ चाहिन्थ्यो, तब टाढिनु पर्ने नियति हुदाेहाे त सबैभन्दा ठूलो कुरा त म स्वयंलाई चिन्न बिर्सिएँ। समयको दौडमा दौडिरहँदा, समाजको परिभाषामा आफूलाई स्थापित गर्न खोज्दा, अरूको अपेक्षाहरू पूरा गर्न लाग्दा म आफैंलाई हराउँदै गएँ। के म वास्तवमै खुशी छु? के म जे गरिरहेको छु, त्यो मेरो आफ्नै रोजाइ हो? कि केवल समाजको ढाँचामा फिट हुन खोज्दैछु?

दिन बर्ष महिना समय फेरिन सक्छ, परिस्थिति बदलिन सक्छ, तर हराएका बाटाहरू फेरी खोज्ने प्रयास गर्न आवस्यक छ। आफूलाई भेट्न समय दिन आवस्यक छ, आफ्ना वास्तविक जरा खोज्न महत्त्वपूर्ण छ, सम्बन्धहरूलाई स्वार्थभन्दा पर हेर्नुपर्छ। जन्मभूमि, परिवार, आत्मीयहरू र आफूलाई चिन्न सक्नु नै जीवनको सबैभन्दा ठूलो उपलब्धि रहेछ। आखिर, आत्मपहिचान गुमाउनु भनेको जीवनको वास्तविक बाटो हराउनु जस्तै रहेछ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बझाङको बुङ्गल नगरपालिका–३ तिपधारमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन गरिएको छ। भरत मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले परमा...
अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

धनगढी- अछामको ढकारी गाउँपालिका–३, तालीका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने भएका छन्। बाढीबाट प्रभावित नागरिकको दुःखलाई मध्यनजर...
कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

धनगढी- कैलालीका युवा करन साउदले बाढीपहिरोबाट प्रभावित परिवारको पीडालाई मध्यनजर गर्दै यस वर्ष व्यक्तिगत रूपमा दसैँ नमनाउने निर्णय ग...
दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

बझाङ: दुर्गाथली गाउँपालिकामा आगामी स्थानीय नेतृत्वको चर्चा चलिरहँदा नेकपा एमालेका एक युवा नेता महेश जोशी अध्यक्ष पदका बलिया दाबेदा...
सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

धनगढी- सुदूरपश्चिम प्रदेशमा पहिलोपटक एमबीबीएस अध्यापन हुने भएको छ। कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्या...
सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

धनगढी- सुदूरपश्चिम विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकाय, डडेल्धुराको डीनमा सहप्राध्यापक डा. डबल बहादुर धामी नियुक्त भएका छन्। ब...
अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

काठमाण्डौ- नेपाल टेलिकमको नयाँ सिमकार्ड लिन अब कार्यालयमै पुग्नुपर्ने बाध्यता हट्ने भएको छ। सरकारले अनलाइन आवेदनमार्फत घरमै सिमकार...
भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

काठमाडौँ- भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका ४ हजार १०८ परिवारलाई सरकारले प्रतिपरिवार ४५ हजार रुपैयाँका दरले नगद स...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज