Advertisement

सुदूरपश्चिमका एक लाख भन्दा बढी किशोरीलाई लगाइयो एचपिभी खोप

Advertisement

धनगढी- सुदूरपश्चिम प्रदेशमा पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपिभी (ह्युमन प्यापिलोमा भाइरस) खोप एक लाख बढी किशोरीलाई खोप लगाइएको छ।
गत माघ २२ गतेदेखि देशव्यापी सुरु गरिएको एचपिभी खोप अभियान अन्तर्गत प्रदेशका एक लाख ४३ हजार चार सय ८९ जना किशोरीलाई खोप लगाइएको हो ।

प्रदेशका नौ वटै जिल्लामा एक लाख ५१ हजार ५९ जना किशोरीलाई खोप दिने लक्ष्य राखेको सुदूरपश्चिम स्वास्थ्य निर्देशनालय, दीपायल, डोटीका सूचना अधिकारी धर्मानन्द गिरीले बताए । उनलेे भने यो कुल लक्ष्यको ९५ प्रतिशत प्राप्ति हो।

सूचना अधिकारी गिरीका अनुसार कैलालीका ४५ हजार ८ सय ८८, कञ्चनपुरका २५ हजार ८ सय ४०, डोटीका ११ हजार ३ सय ८८, अछामका १३ हजार ८ सय ९७ र डोटीका ११ हजार ३ सय ८८ जना किशोरीहरुलाई खोप लगाइएको छ ।
यसैगरी, डडेलधुराका ६  हजार ९ सय ४९, बझाङका ११ हजार ८ सय ९७, बाजुराका ७ हजार ६ सय ४९, बैतडीका १२ हजार ८ सय २८ र दार्चुलाका ७ हजार १ सय ५३ किशोरीहरुलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप लगाइएको छ।
गत माघ २२ गतेदेखि सुरु भएको देशव्यापी एचपिभी खोप अभियान फागुन ७ गतेसम्म जारी रहनेछ। यस अभियान अन्तर्गत कक्षा ६ देखि १० सम्म अध्ययनरत छात्राहरूलाई प्राथमिकता दिइएको छ। साथै, विद्यालय बाहिर रहेका १० देखि १४ वर्ष उमेर समूहका किशोरीहरूलाई पनि खोप लगाइएको छ।
यस अभियानबाट पाठेघरको मुखको क्यान्सरको जोखिम घट्ने विश्वास गरिएको छ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बझाङको बुङ्गल नगरपालिका–३ तिपधारमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन गरिएको छ। भरत मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले परमा...
अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

धनगढी- अछामको ढकारी गाउँपालिका–३, तालीका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने भएका छन्। बाढीबाट प्रभावित नागरिकको दुःखलाई मध्यनजर...
कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

धनगढी- कैलालीका युवा करन साउदले बाढीपहिरोबाट प्रभावित परिवारको पीडालाई मध्यनजर गर्दै यस वर्ष व्यक्तिगत रूपमा दसैँ नमनाउने निर्णय ग...
दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

बझाङ: दुर्गाथली गाउँपालिकामा आगामी स्थानीय नेतृत्वको चर्चा चलिरहँदा नेकपा एमालेका एक युवा नेता महेश जोशी अध्यक्ष पदका बलिया दाबेदा...
सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

धनगढी- सुदूरपश्चिम प्रदेशमा पहिलोपटक एमबीबीएस अध्यापन हुने भएको छ। कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्या...
सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

धनगढी- सुदूरपश्चिम विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकाय, डडेल्धुराको डीनमा सहप्राध्यापक डा. डबल बहादुर धामी नियुक्त भएका छन्। ब...
अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

काठमाण्डौ- नेपाल टेलिकमको नयाँ सिमकार्ड लिन अब कार्यालयमै पुग्नुपर्ने बाध्यता हट्ने भएको छ। सरकारले अनलाइन आवेदनमार्फत घरमै सिमकार...
भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

काठमाडौँ- भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका ४ हजार १०८ परिवारलाई सरकारले प्रतिपरिवार ४५ हजार रुपैयाँका दरले नगद स...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज